मानव सांग्लोमा सहभागी एकको बेहाेस भएर मृत्यु

तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना भएको मानव सांग्लोमा सहभागी एक जनाको मृत्यु भएको छ।
महोत्तरीमा मानव सांग्लोमा सहभागी हुँदा उमेश कापरको बेहोस भएपछि  मृत्यु भएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सेतोपाटीलाई जानकारी दिए।
मृतकको उमेर, गाउँ लगायतका विवरण अझै आफूलाई थाहा नभएको उनले बताए।
मोर्चाले बिहीबार दिउँसो पूर्वमेची देखि पश्चिम महाकाली सम्म तराईको हुलाकी मार्गमा मानवसांग्लो निर्माण गरेको थियो।
२०७२ असोज १४ गते १७:५४ मा प्रकाशित

You can share this post!

मोर्चाहरुको आव्हानमा सबैभन्दा ठूलो मानव सांग्लो

मधेसवादी दलहरुलाई कमल थापाको सुझाव

Related posts