back
NMB ad

अन्तर्राष्ट्रिय समुदाय गुहार्दै चिकित्सक

Kumari bank ad

काठमाडौं: भारतले गरेको नाकाबन्दीका कारण अत्यावश्यक औषधि अभाव हुँदा मानवीय संकट उत्पन्न भएको जनाउँदै नेपाल चिकित्सक संघले अन्तर्राष्ट्रिय चिकित्सा समुदायसँग सहयोग माग्ने भएको छ ।

नाकाबन्दीका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न समस्याबारे छलफल गर्न संघले सोमबार राजधानीमा गरेको चिकित्सक भेलाले मानवीय संकट निकासका लागि अन्तर्राष्ट्रिय सहयोग माग्ने निष्कर्ष निकालेको हो ।

सरकारले सलाइन, मुटु उपचारमा चाहिने लगायतका औषधि हाहाकार हु”दासमेत सरकारले वैकल्पिक व्यवस्था गर्न नसक्दा र अवरोधकर्ता निकाय संवेदनशील नहु”दा मानवीय संकट आएको भेलामा चिकित्सकहरूले बताएका थिए ।

संघका अध्यक्ष डा. अन्जनीकुमार झाका अनुसार संघले केही दिनभित्रै आकस्मिक बैठक बोलाएर औपचारिक निर्णयसहित ती संस्थालाई अत्यावश्यक औषधि सहयोगका लागि आह्वान गर्नेछ । संघ आबद्ध रहेका संस्थाहरू विश्व चिकित्सक संघ, साउथ एसिया मेडिकल एसोसिएसन र कन्फेडेरेसन अफ मेडिकल एसोसिएसन इन एसिया एन्ड ओसियानमार्फत विश्वभरका चिकित्सक संघहरूसँग सहयोग माग्नेछ ।

संघले यी संस्थाहरूलाई अत्यावश्यक औषधिको सूचीसहित सहयोग गर्न र कुनै पनि बहानामा औषधि र स्वास्थ्य उपकरण नरोक्नलाई अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न आह्वान गर्नेछ । संघले आन्दोलनकारी दलहरूलाई समेत औषधि अभावका कारण बिरामीको ज्यानै जाने अवस्था आएको भन्दै संवेदनशील बन्न आग्रह गर्ने भएको छ ।

‘सरकार राष्ट्रवादको नारा मात्रै लगाएर बसेको छ । मानवीय संकट हल गर्न सरकार असंवेदनशील भएकाले संघले बिरामीको जीवनरक्षाका लागि बाध्य भएर यस्तो कदम चाल्नुपर्ने अवस्था आएको हो,’ संघका अध्यक्ष डा. झाले भने ।

संघका अध्यक्ष डा. झाले एक महिनाअघि नै विभिन्न अस्पतालका निर्देशकले नेपाल सरकारको सम्बन्धित निकायमा पुगेरै औषधिको सूचीसहित ध्यानाकर्षण गराए पनि सरकार संवेदनहीन देखिएको बताए ।

‘सरकार, आन्दोलनकारी, छिमेकी कोही पनि संवेदनशील देखिएनन्,’ उनले भने, ‘आकस्मिक कक्ष र आइसियुमा पुगेका बिरामीको जीवनरक्षाका लागि अत्यावश्यक औषधि नपाएर मृत्यु हुनेसम्मको अवस्था आइसक्दा पनि कुनै चासो छैन ।’

यसैगरी, वरिष्ठ चिकित्सकहरूले समेत सरकारले नाकाबन्दीको बहाना बनाएर अत्यावश्यक औषधिको आपूर्तिका लागि सरकारले बैठक गरे पनि काम नगरेको बताए । यस्तै अवस्था रहे दिन सक्ने सेवा प्रभावित नहुने गरी सडकमै ओर्लिएर दबाब सिर्जना गर्नुपर्ने उनीहरूको ठहर छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले नाकाबन्दीका कारण हजारांै मान्छेको ज्यान जोखिममा परेको बताए । ‘मान्छेको जीवनको मूल्य नहेर्ने हो भने केही छैन, होइन भने अहिले हजारौं मान्छेको ज्यान जोखिममा छ, जसको लेखाजोखै हुन्न,’ उनले नागरिकस”ग भने, ‘यो राजनीतिक एजेन्डा नै होइन, यो मानवीय संकटको अवस्था हो ।’

डा. कोइरालाले डाक्टरले औषधि नपाएर म¥यो नभनिदिँदासम्म बिरामीले थाहा नपाउने जनाउँदै यकिन रेकर्ड नभए पनि अब गम्भीर अवस्था आइसकेको बताए । पछाडि सार्न मिल्ने शत्यक्रियालाई सार्दै केही अत्यावश्यक औषधि मागी खल्तीमा राखेर हिँडेको जनाउँदै उनले यसरी धेरै दिन धान्न सक्ने अवस्था नरहेको बताए ।

वरिष्ठ चिकित्सक डा. अर्जुन कार्की धेरैले मानवीय संकट उत्पन्न भएको भन्दै आए पनि अहिले मूर्त रूपमै मानवीय संकट आएको बताए । ‘अत्यावश्यक औषधि उपचार कार्यमा सरसामान, रगत संकलन गर्ने भाँडोसमेतको अभाव गहिरिँदै गएको छ,’ उनले थपे, ‘यही कारणले मान्छेको मृत्यु हुने अवस्था आइरहेको छ ।’

उनले यो अवस्थालाई गम्भीर रूपमा लिएर सरकारले आन्तरिक रूपमा आन्दोलनकारी दल र भारतसँग कूटनीतिक पहल गर्नुपर्ने र नभए वैकल्पिक उपाय खोज्न ढिला गर्न नहुने बताए । ‘स्वास्थ्य सेवामा पहँुच बाहिरको अवस्था आउँदा सरकार पूरै अकर्मण्य देखिएको छ, भाषण गरेर र मुखले मात्रै ठिक्क पारेर भएन,’ उनले थपे, ‘गम्भीर अवस्थाका बिरामीलाई अपरेसन गर्न हिच्किचाउने अवस्था आउँदा पनि भाषणले मात्रै हुन्छ ?’

त्रिवि शिक्षण अस्पतालका आइसियु विभाग प्रमुख डा. सुवास आचार्यले आइसियु र इमर्जेन्सीमा चाहिने तथा तत्काल मेडिकल इन्टरभेन्सनमा प्रयोग गर्नुपर्ने औषधिको हाहाकार भएको बताए । ‘अहिले गम्भीर मानवीय संकटको अवस्था हो,’ डा. आचार्यले भने, ‘धेरै मानिसको मृत्युको कारण औषधि अभाव बन्ने अवस्था आइसकेको छ ।’

सरकारले कात्तिक दोस्रो साता नै अत्यावश्यक औषधि हवाई मार्गबाट ढुवानी गर्ने भने पनि कुनै पनि पहल गरेको छैन । यसबीचमा सरकारी अधिकारीले अर्थमा प्रस्ताव गएको बताए पनि फेरि पछिल्लोपटक भएकै च्यानललाई सक्रिय पार्ने भन्दै सरकार पछाडि हटेको छ ।

चिकित्सकहरूका अनुसार पछिल्ला दिनमा अकस्मात मुटु चल्न बन्द भए नभई नहुने औषधि ‘एड्रिनालिन’ लगायत ७० प्रकारका जीवनदायी औषधि, इन्जेक्सन र सलाइनको अभाव भएको छ ।

गम्भीर अवस्थाका बिरामीलाई आवश्यक पर्ने भासोप्रेसिन, मुटुले काम गर्न छाडेको अवस्थामा रक्तचाप बढाउन प्रयोग गरिने नन–रेड्रेनलाइन र रक्तचाप घटाउन प्रयोग गरिने एस्मोलोलको पनि अभाव छ । त्यसै गरी भेन्टिलेटरमै राख्नुपर्ने बिरामीका लागि ट्युब, पाइप लगायत शल्यक्रियामा प्रयोग हुने एनेस्थेसियाका औषधिको समेत अभाव भएको छ ।

नाकाबन्दी लम्बिँदै जाँदा महŒवपूर्ण औषधि अभाव भएपछि दसंै अगाडि नै ठूला ९ सरकारी अस्पतालका निर्देशकले सयुक्त रूपमा स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । दसंैपछि आपूर्ति मन्त्रीलाई भेटेर इन्धन जोहो गरे पनि स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था गर्न ध्यान नदिएको उनीहरूको भनाइ छ । स्वास्थ्य मन्त्रालयले भने गत शुक्रबार आपूर्तिकर्ता, बिक्रेता र उत्पादकहरूको बैठक बोलाएर अत्यावश्यक औषधिको अभाव हुन नदिने र आवश्यक परे हवाईमार्गबाटै ढुवानी गर्ने प्रतिबद्धता गरेको थियो । तर पनि प्रतिबद्धता अनुसार औषधि आउन सकेको छैन ।

औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले सरकार संवेदनशील अवस्थामा चुप लागेर नबसेको बताए । उनले सोमबार पनि आपूर्तिकर्ता, उत्पादनसहितको बैठक स्वास्थ्यमन्त्रीकै उपस्थितिमा बसेको जानकारी दिए । उनले अहिलेको अवस्थामा प्लेन चार्टर गरे भटाभट औषधि किनी बोकेर फर्किन सम्भव नहुने भन्दै सबैले नियमित प्रणालीलाई नै सक्रिय गराउनुपर्ने बताए ।

खकुरेलले आपूर्तिकर्ता, स्टकिस्टहरूलाई आग्रह गरेर औषधिको नियमित आपूर्तिका लागि प्रयास गर्न आह्वान गर्ने जनाउँदै ती संस्थालाई परेका समस्या हल गर्न कुनै पनि किसिमको सहयोग गर्न सरकार तयार भएको बताए । ‘अस्पतालहरूले समेत आफूले नियमित औषधि ल्याउने मान्छेलाई बोलाएर किन नल्याएको, के समस्या छ भन्नुप¥यो, नल्याए कालो सूचीमा राख्नुपर्छ,’ उनले भने, ‘यो अप्ठेरो र विशेष परिस्थिति हो भनेर नेपालका निर्यातकर्ताहरूले पनि विशेष पहल गर्नुपर्छ ।’

वि.सं.२०७२ मंसिर ९ बुधवार ११:४२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...