back
NMB ad

एक हजार वर्ष पुरानो खाना पस्कँदै सांग्रीला होटेल

Kumari bank ad

काठमाडौं । पाँचतारे सांग्रिला होटलले जाडो मौषमलाई ख्याल गर्दै ग्याकोक तिब्तीयन खाना ल्याएको छ । यो खानाको इतिहास एक हजार वर्षभन्दा पुरानो रहेको पाइन्छ ।

विशेषत यो खानालाई पारिवारिक खानाको रुपमा हेर्ने गरिन्छ । जाडोको बेला चीनमा डिनर नै ग्याकोक हुने गर्छ, सांग्रीला होटेलका सेल्स एण्ड मार्केटिङ ग्रुपका म्यानेजर फुर्वा शेर्पाले भने, ‘नेपालमा हामीले गत वर्षदेखि ग्याकोकको शुरुवात गरेका हौँ । विदेशी मात्र होइन स्वदेशी पनि ग्याकोकप्रति निकै लोभिएका छन् ।’ ग्याकोक खानामा विशेषत माछा, चिकेन, मटन र सुप रहेका हुन्छन् । त्यस्तै, क्याबेज, स्पिन्च, हरियो प्याज, बोक्चे, मसरुप, काउली रहन्छन्, जसले ग्याकोकलाई निकै स्वादिलो बनाउँछ । ग्याकोक भनेकै एक खालको सुप हो । यी सबैलाई उमालिएको हुन्छ । जसको सुप निकै स्वादिलो हुन्छ ।

जापानीजहरू ग्याकोक फ्यान भएको शेर्पाको भनाई छ । उनका अनुसार ग्याकोक भएन भने जापानीजहरुलाई सांग्रीलाको बसाई शून्य लाग्दोरहेछ, उनीहरु यस्तै बताउँछन् ।
ग्याकोक भेज र ननभेज दुवै परिकारमा उपलब्ध रहेको सांग्रीलाले जनाएको छ । सांग्रीलाले ग्याकोकका लागि ग्राहकले करिव दुई घण्टा अगाडि अर्डर गर्नुपर्ने बताएको छ ।
खुल्ला चौरमा आगो ताप्दै ग्याकोकको मजा लिन सक्ने व्यवस्था पनि छ । शुक्रबार र शनिबार बाहेकको दिनमा ग्याकोक उपलब्ध गराउने सांग्रिलाले जनाएको छ ।

नेपालीहरू चाईनिज खानाका निकै पारखी छन् । पछिल्लो समय ग्याकोक प्रति पनि नेपालीहरुको रुची बढ्दै जान थालेको छ । यसैले सांग्रिला होटलदेखि अन्य केही रेष्टूरेण्टहरुले पनि ग्याकोक तयार गर्न शुरू गरिसकेका छन् ।

वि.सं.२०७२ मंसिर १७ बिहीवार १८:०० मा प्रकाशित

You can share this post!

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...