back
NMB ad

अब लाइनै नबसी इन्धन पाइने

Kumari bank ad

काठमाडौं । उपभोक्तालाई सजिलोको लागि नेपाल आयल निगमले अब एसएमएसबाटै इन्धन बिक्रीबारे जानकारी दिने भएको छ । अर्को हप्तादेखि सञ्चालनमा ल्याउने गरी एसएमएस सेवा सुरु गर्न लागिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।
उनका अनुसार अहिले यो एसएमएस सेवाको परीक्षण भइरहेको छ । एसएमएस सेवा लागु भएपछि उपभोक्ताले लाइनमा नबसकिनै तेल पाउने प्रवक्ता घिमिरेले बताए । उपभोक्ताले आफ्नै मोबाइलमार्फत एसएमएस गरेर तेल बिक्री हुने पम्प र पालोबारेमा जानकारी पाउन सक्नेछन् ।
मोबाइलमा ११ ११ डायल गरी ब्लु बुकको नम्बर र गाडी नम्बर टाईप गरी नजिकको पेट्रो पम्पको नाम र आफूलाई चाहिएको डिजेल वा पेट्रोलका बारेमा निगमलाई एसएमएस गरे निगमले त्यो पम्पमा तेलको अवस्था र विरतण गर्ने दिनका बारेमा जानकारी गराउने छ ।

 

तर अहिले भने यो सेवा परीक्षणकालमा नै रहेको प्रवक्ता घिमिरेले जानकारी दिए । यसमा केही फेरबदल आवश्यक परेकाले अर्को हप्तादेखि भने एसएमएस सेवा दिने तयारी भइरहेको छ, उनले भने ।

 

निगमले आयात भएका इन्धन व्यवस्थित रुपमा बाँड्न यस्तो तयारी गरेको उनले बताए ।

वि.सं.२०७२ मंसिर २८ सोमवार १२:२८ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....