back
NMB ad

जलवायु सम्मेलनमा सम्झौता

Kumari bank ad

काठमाडौ । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधानका लागि फ्रान्सको राजधानी पेरिसमा भएको सम्मेलनमा एक सय ९५ देशबीच सम्झौता भएको छ ।

jalabayuलामो छलफल र विवादपछि सम्झौता भएको हो । र्कार्बन उत्सर्जन कटौती गर्न जलवायु परिवर्तन सम्मेलनमा सहभागी सबै देश सहमत भएका छन् ।

सम्झौताका मुख्य विषय

सबै देशले कार्बन उत्सर्जनमा छिटो भन्दा छिटो कमी ल्याउने ।
ग्रीन हाउस ग्यास तथा त्यसको स्रोचका बीच सन् २०२० सम्ममा सन्तुलन कायम गर्ने ।
विश्वको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्न प्रयास गर्ने ।
हरेक पाँच वर्षमा जलवायु परिवर्तनको असर कम गर्न भएका प्रयासको समिक्षा गर्ने
सन् २०२० सम्ममा कार्बन उत्सर्जन कम गराउनका लागि विकासशील देशलाई हरेक वर्ष एक खर्ब अमेरिकी डलर सहयोग गर्ने । जसलाई बढाउन पनि सकिने छ ।
जलवायु परिवर्तन सम्झौतामा सबै देशले आउँदो वर्षको अप्रिल २२ मा औपचारिक रुपमा हस्ताक्षर गर्ने ।

विश्वका धेरै नेताले यो सम्झौतालाई ऐतिहासिक सम्झौता भनेका छन् । अमेरिकाका राष्ट्रपति बाराक ओबामले सम्झौता मानिसको आफ्नै ग्रह पृथ्वी जोगाउने राम्रो अवसर रहेको बताएका छन् । उनले यो सम्झौता कार्बन उत्सर्जन कम गर्नका लागि महत्वपूर्ण विन्दु बन्ने बताए ।

चीनले पनि सम्झौताको स्वागत गरेको छ । चीन विश्वको सबै भन्दा प्रदुषित मुलुक हो । तर वातावरण संरक्षकर्मीले भने यो सम्झौता महत्वपूर्ण रहेपनि पृथ्वीको सुरक्षाका लागि पर्याप्त भने नरहेको बताएका छन् ।climate_change_fallbacks-04

पेरिसमा दुई हप्ता लामो सम्मेलनपछि सम्झौता तयार भएको हो ।

वि.सं.२०७२ मंसिर २८ सोमवार १२:५० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...