back
NMB ad

साउदीमा एक नेपालीको ओछ्यानमै मृत्यु

Kumari bank ad

saudi-arabiaसाउदी अरब । रोजगारीको सिलसिलामा साउदी अरब आएका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ । इलाम जितपुर–६ बरडमाका २७ वर्षीय चित्रबहादुर मगरको हृदयघातका कारण शनिबार सुतेकै अवस्थामा मृत्यु भएको हो ।

मगर साउदीको रविकस्थित प्रोजेक्ट सिस्टम गु्रपमा हेल्परका रुपमा कार्यरत थिए । ड्युटीबाट फर्केर राति खाना खाएर सुतेका मगर बिहान ओछ्यानमै मृत भेटिएको सोही कम्पनीमा कार्यरत मोहन बिएसकेले जानकारी दिए ।

मगर ३१ महिना अघि रोजगारीका लागि साउदी अरब आएका थिए । उनको शव रविकस्थित सेन्ट्रल अस्पतालको शव गृहमा राखिएको छ । मगरको मृत्युको विषयमा दूतावासलाई जानकारी गराइएकोे र उनको शव जतिसक्दो छिटो स्वदेश पठाउनका लागि कम्पनीमा पहल भइरहेको बिएसकेले बताए। रासस

वि.सं.२०७२ मंसिर २८ सोमवार १३:५० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...