back
NMB ad

धुर्मुस सुन्तलीको प्रस्ताव; पुनर्निर्माण प्राधिकरणको जिम्मा हामीलार्इ दिनुस्

Kumari bank ad

dhurmusकाठमाडौं । चर्चित कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले हामी सकैजना फाहोरी भएकाले हामी बस्ने ठाउँ शरीर र मनभित्र समेत सफाइको जरुरी भएको बताएका छन् ।dhurmus2
हाले काभ्रे, रामेछाप र सिन्धुपाल्चोकमा सफाइ अभियान चलाएर फर्केका धुर्मुस र सुन्तलीले विद्यालयमा पुगेर दिसासमेत सोहोरेको अनुभव सुनाउँदै भने,हामीले देशमा केही गरेर देखाउन सकिन्छ भन्ने अनुभव हासिल गरेका छौं ।’dhurmus1
सरकारले भूकम्पपीडितका लागि केही गर्न नसकेको तर, आफूहरुले एकीकृत वस्ती बनाएर देखाएको बताउँदै कट्टेलले भने(‘सरकारले हामीलाई पुनर्निर्माण प्राधिकरणको जिम्मा देओस्, हामी गरेर देखाइदिन्छौं ।’

सोमबार केही पत्रकारका सामु घुर्मुस÷सुन्तलीले यसरी आफ्ना अनुभव सेयर गरे
सीताराम कट्टेल (धुर्मुस)
हामी कलाकार मात्र होइन, यो देशका जिम्मेवार नागरिक पनि हौं । देशमा जब भूकम्प गयो, हामी दुईजना श्रीमान–श्रीमती देश दुखेका बेला अमेरिकाबाट नेपाल आयौं । सुरक्षाको हिसाबले अमेरिकामा हामी निकै सुरक्षित थियौं । पारिश्रमिक पनि निकै राम्रो हुन्थ्यो दुबै जनाको । तर, जिम्मेवार नागरिक भएको हैसियतले यो माटोमा बसेर यो माटोका लागि केही गर्नुपर्छ भन्ने अभिप्रायले हामी आयौं ।
स्वदेशमा आइसकेपछि राहत वितरणसँगसँगै चर्पी निर्माणको कामलाई तिव्रता दियौं । २९ गतेको दोस्रो पराकम्पनको भोलिपल्ट नै हामी सिन्धुपाल्चोकको पिपलडाँडामा १६ जनाको टिम लिएर चर्पि बनाउन गयौं ।
हामीलाई के लाग्यो भने यो बेला महामारी फैलिन सक्छ । मानिसहरु टहरामुनि बसेका छन् । बुढाबुढी छन्, बालबच्चा छन्, तरुना तरुनी छन् । उनीहरुलाई लाज पनि छ, घीन पनि छ । त्यसैले यो पनि अभियान चलाउनुपर्छ भनेर हामीले सिन्धुपाल्चोकमा १० वटा र नुवाकोटमा ४० वटा चर्पी निर्माण गरेका थियौं ।
नुवाकोटमै हामीले श्री महाकाली निम्न माध्यमिक विद्यालय निर्माण गरेका हौं । त्यो स्थायी विद्यालय हो । त्यो अस्थायी हिसाबले काम गरेका थिएनौं । त्यसपछि हामी एकीकृत नमूना बस्तीमा गयौं । राहत पनि भयो, विद्यालय पनि भयो, चर्पी पनि भयो र एकीकृत नमूना बस्ती निर्माण गरेर हस्तान्तरण गरेको आज साढे ३ महिना जति बितिसक्यो । भूकम्प गएको पनि ७÷८ महिना बितिसक्यो ।
राज्यको तर्फबाट पुननिर्माण प्राधिकरण गठन भए पनि त्यो खारेज भएर अब के हुने भनि अन्योल भैरहेको छ । पीडितहरु झन् बढी पीडित भएका छन् । सञ्चार माध्यममा आएका सबै कुरा सत्य हुन् भने सुनि नसक्नुको हल्ला सुनि सकियो । भूकम्प पीडितको कोटामा आफ्ना मान्छेहरु विदेश पठाउने, बिभिन्न वेबसाइट बनाएर फलनालाई यति घर बनाइदियौं भनेर खानेहरुको जमात देखिएको छ । दशालाई दसैंको रुपमा प्रयोग गरिदिए ।
हामीले एकीकृत नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरेको साढे ३ महिना बितिसक्दा पनि राज्यको तर्फबाट केही पनि वातावरण भएको छैन । यदि राज्यले हामीलाई योग्य ठहराउँछ भने पुनर्निर्माण प्राधिकरणको जिम्मा पनि हामीलाई दिओस् । हामीले त गरेर देखाइ पनि सकेका छौं र अझै देखाउँछौं पनि ।
यो पुनर्निर्माण भन्ने चिज अथवा देश बनाउँछु भन्ने चिज गफ गरेर भाषणले हुने होइन । यो एउटा खटेर बन्ने चिज हो । दिलोज्यान दिएर र देश सम्झेर बन्ने चिज हो । हाम्रो अभियान यही सचेतना जगाउने अभियान पनि हो ।
धुर्मुस सुन्तली सरसफाइ अभियान भनेको कसैले पनि गफ मात्र नदिऔं, भाषण मात्र नदिऔं, देशलाई सम्झौं, देशलाई बचाउनुपर्ने अवस्था आएको छ भन्ने हो ।
सबैतिर राजनीतिक उकुस मुकस भएकाबेला, राजनीतिक फोहोरी खेल भैरहेका बेला हाम्रो अभियान भनेको दिमागी सफाइको अभियान हो । अहिले दिमागी सफाइको अभियान रामेछापबाट सुरु भएको छ ।
झट्ट हेर्दा बाटो घाटोको फोहोर उठाए, विद्यालयमा गए, सचेतना जगाएको जस्तो मात्रै देखिन्छ । तर त्योभित्रको प्याकेज भनेको सबैले बाहिरि शरिर नुहाएर मात्रै भएन भित्रि शरिर सफा राख्नुपर्‍यो भन्ने हो । राजनीतिक दलका प्रतिनिधिहरुले पनि अब राजनीतिक आन्दोलन मात्रै नगर्नुस् । राजनीतिक आन्दोलन धेरै भए देशमा । अब एउटा मात्रै आन्दोलन गर्दिनुस्, त्यो हो सफाइ आन्दोलन । सफाइ आन्दोलनभित्र टायर बाल्ने पनि परेन । नेपाल बन्द पनि परे । ढुंगा हान्ने पनि परेन । सफाइ आन्दोलनभित्र शीर निहुराएर फोहोर टिप्नुपर्‍यो र फोहोरलाई उचित ठाउँमा व्यवस्थापन गरेर शीर ठाडो पारेर नेपालीको परिचय दिएर हिँडौं ।
ब्रेन सफा गरेर पहिला आफू घरदेखि सच्चिउँ । आफू सच्चिएपछि समाज सचिन्छ, त्यसपछि जिल्ला सच्चिन्छ । सबै जिल्ला सच्चिन्छ । जिल्ला सबैतिरबाट सफा सुघ्घर भएपछि देश सफासुघ्घर हुन्छ । त्यसपछि मान्छेको भावना सोच बिचार सबै सफा हुन्छ । धुर्मुस सुन्तली सफाइ अभियान पनि यही हो ।
हामीले सरसफाइ अभियान रामेछापबाट अगाडि बढायौं । हाम्रो एउटा प्याकेज छ । पहिला हामीले एउटा अन्तरक्रिया गर्छौं । त्यसपछि हामी बस्तीमा जान्छौं । बस्तीमा सबैभन्दा बढी विद्यार्थीको चाप हुने सरकारी र निजी विद्यार्थीहरुको चाप भएको विद्यालयमा जान्छौं । त्यसपछि हामी नगर सफाइमा आउने हाम्रो अभियान हो । चार÷पाँचवटा काम गर्ने हाम्रो अभियानका बुँदाहरु छन् ।
हामीले अन्तरक्रिया गर्‍यौं । जिल्लाका प्रजिअ, स्थानीय विकस अधिकारी, नागरिक समाजका अगुवा, सरकारी निकायका अधिकारीहरु, नागरिक अगुवा, महिला समूह, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवाला सबैलाई सपथ खुवायौं ।
हामीले देशलाई सम्झिऔं । हामीले जिम्मेवारी कति पुरा गर्‍यौं, हामी एउटा पदमा बसेर फाइलमा साइन मात्रै गर्‍ैौ कि साँच्चिकै काम गर्‍यौं । देशका लागि के गर्‍यौं । सन् २०१७ सम्म देशलाई खुला दिशामुक्त बनाउने राज्यको नीति छ । यो अभियानका लागि हामीले के गर्‍यौ । तर, हामीले त्यहाँ दुईवटा चिज देख्यौं । एउटा भुकम्पले गर्दा काम गर्न पाइन भन्ने र अर्को नाकाबन्दी छ भन्ने । बाहानाबाजी छ । आफ्नो काम नगर्ने तर, बाहनाबाजी गर्ने परिपाटी देखियो । त्यसैले हामीले सबैलाई सबैं सच्चिऔं र सन् २०१७ सम्म जिल्लालाई खुला दिशामुक्त बनाऔं भनेर छातिमा हात राखेर सबैलाई सपथ खुवायौं । त्यो सबै हामीले खिचेर पनि ल्याएका छौं । उहाँहरुले बोलेको पूरा गर्नुहुन्छ कि हुन्न भनेर भोलि अनुगमन पनि गछौं ।
हामी बस्तीहरुमा पनि गयौं । बस्तीका चर्पी(चर्पीमा पुग्यौं र सफा पनि गर्‍यौं । चर्पी बनाउन नसक्नेहरुलाई पनि पहिचान गर्‍यौं । उनीहरुलाई चर्पी बनाउन राज्यका निकायमा भन्छौं । तर, राज्यले गरेन भने हामी आफैं पनि बनाउँछौं, जसरी हामीले भूकम्पपछि बस्ती बनायौं । स्वदेश विदेशमा रहनेहरुलाई सहयोगका लागि हामी अपिल गर्छौं।
त्यसपछि हामी विद्यालयका चर्पीहरुमा गयौंं । त्यहाँ विद्यार्थी र शिक्षकले प्रयोग गर्ने चर्पी फरक(फरक पायौं ।
विद्यालयका प्राङ्गण र चर्पी सफा छैनन् । शिक्षकको अलि सफा देखियो भने विद्यार्थीको चर्पी हेरिनसक्नु । चर्पीका ताजा दिशा पनि हामीले सफा गर्‍यौं । प्रधानाध्यापकहरुलाई बोलाएर देखाउँदै सफा गर्‍यौं र सचत गरायौं । कतिपय प्रधानाध्यापक विद्यार्थीको चर्पी बनेपछि छिरेकै रहेनछन् ।
त्यहाँ सचेतना जगाउन आवश्यक देख्यौं । हामीले लाइन लगाएर नङ काट्ने अभियान पनि गर्‍यौं । यस्तै विद्यार्थीलाई आफ्नो घरमा चर्पी नभए विद्यालय नै जान्न भन्न सिकायौं ।
सिन्धुपाल्चोकको जिल्ला प्रशासन कार्यालय अघि नै देखिएको फोहोरको डंगुरले हामी कहाँ रहेछौं भन्ने प्रतिबिम्ब पनि देखियो । हामी आएको सुनेपछि अघिल्लो दिन देखेको फोहोरको डम्पिङ सिडिओ साहेबले रातारात हटाएछन् । प्रशासन कार्यालयको जाम भएको भनिएको चर्पी पनि सफा गरिएछ ।
हामीले गरेको बजारको सफाइ फलदायी भयो । हामीले त घर–घरबाट मान्छे ल्याएर ढल सफाइ गर्‍यौं । हामी टाढादेखि फोर सोहोर्न आउँदा तपाईंको आगनको फोहोर किन सफा नगर्ने भन्यौं । सबैलाई आग्रह गरेपछि फोहोर टिप्दा(टिप्दै रामेछाप र सिन्धुपाल्चोकमा त हजार भन्दा बढी मान्छे बजार सफाइमा आए । ०६२÷६३को आन्दोलनपछि यति धेरै मान्छे देखियो भनेर पनि केहीले प्रतिक्रिया पनि दिए ।
हाम्रो अभियान राजनीतिक दलका प्रतिनिधिलाई ढ्यांग्रो ठोक्ने पनि हो । आफूले के गरेँ नदेख्ने र अरुलाई मात्र दोष दिने र जिम्मेवारी पन्छाउने गरेको भेटियो । कतिसम्म गैह्रजिम्मेवार भने कतिपय जिल्लाका प्रमुखहरुबाटै पनि जिल्लाका खुला दिशामुक्त नभएको थाहा नभएको सम्म भने ।
यही कारणले गर्दा मुलुका अस्थिरता आयो । देश दुख्दा पनि सबैले देश नसम्झी आफ्नो फाइदाका लागि अगाडि बढेका छन् । हरेकले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने सचेतनाका लागि हाम्रो अभियान हो । हामी यसलाई देशब्यापी रुपमा लान्छौं । हामी धुर्मुस÷सुन्तली फाउण्डेशन मार्फत सामाजिक काम गर्छौं ।
हामीले त्यसैमार्फत हामीले भूकम्पपीडितका लागि बस्ती पनि बसायौं । तर, जिल्लामा हामीले कतिपयले यीनिहरुले टन्न रकम ल्याएर कति खाएसम्म भने । धुर्मुस सुन्तली भनेपछि हुरुरु आउँछ भन्ने रहेछ । करोड रुपैयाँ नै ल्याएर खाए होलान् भन्ने पनि जिल्लामा रहेछ ।
हामीले त्यो बस्ती बनाउन ७७ दिन खट्यौं । बिहान ३ बजेदेखि राति १० बजेसम्म खटेर बनाएका हौं । कसैलाई अह्राएर देश बन्छ भन्ने हामी मान्दैनौं । भाषण ठोकेरमात्र बन्दैन फिल्डैमै जानुपर्छ भन्ने उदाहरण हाम्रो नमूना बस्ती हो ।
साढे ६७ लाख रुपैयाँ खर्चिएर त्यो त्यो वस्ती बनाएको हो । त्यसमा साढे ४७ लाख रुपैयाँ सहयोगी हातबाट जुटेको हो । पछि फेरि १३ लाख रुपैयाँ फेरि विभिन्न संस्थाहरुले हाम्रो कामको सम्मानमा दिनुभएको छ । अपुग पैसा हामीले नै खर्चिएका छौं । हामी नखटेको भए र सरकारी हिसाव भएको भए १० करोडको प्रोजेक्ट हो । त्यो यदि सरकारी तवरबाट बनाउने हो भने वर्षौं लाग्थ्यो ।
हामी देश दौडाहामा निस्कियौं, साथ दिनोस्
कुञ्जना घिमिरे (सुन्तली)
जब हामीले रामेछाप, सिन्धुपाल्चोक, काभ्रेमा छलफल र गोष्ठी गर्‍यौं । त्यहाँबाट तपाईहरु गाउँ गाउँसम्म छिर्नुहोस् भन्ने सुझावहरु आए । केन्द्रमा त छलफल जसले पनि गरिरहेको हुन्छ नि ।
मैले भनें, गाउँ त पछि छिर्ने हो, पहिला फोहोर कहाँ छ भन्दा केन्द्रमा छ । केन्द्र नै फोहोरी छ भने केन्द्र सफा गर्नुपरेन ?
हामीले दुईघण्टा छलफल र गोष्टी केन्द्रमा गर्‍यौं । तपाईहरु पहिला आफू सच्चिनुहोस, तपाईहरु सच्चिएपछि तपाई हामी साथमा मिलेर फेरि हामी गाउँगाउँ छिर्छौं ।
हामीले सडक(सडकमा फोहोर टिप्दै पनि हिँड्यौं । चिच्याउँदै पनि हिँड्यौं । आन्दोलनमा आउनुपर्‍यो भने एकैछिनमा मान्छेहरु सडकमा उत्रिन्छन्, जिन्दावाद र मूर्दावादका नारा लगाउँछन् । जिन्दाबाद मूर्दावाद भन्दै ठ्याउने ती हातहरुले फोहोर टिप्न भने कोही पनि सडकमा आउँदैनन् । हाम्रो घर अगाडिको फोहोर सरकारले आएर टिपिदिने हो र ?
हामी जे चीजमा पनि सरकारलाई मात्रै आरोप लगाउँछौं । तर, हाम्रो घर अगाडिको फोहोर भनेको त हामीले नै टिप्ने हो । हामीले आफूलाई सभ्य नागरिक बनाउनुछ भने आफ्नो घर अगाडिको फोहोर आफैं टिप्नुहोस । जिन्दावाद र मूर्दावाद भन्दै हात हल्लाएर हिँड्नु परेन ।
कुनैपनि राजनीतिक दलले आफ्ना कार्यकर्ता ल्याएर फोहोर टिपाउनुहोस, ठाउँ सफा राख्नुहोस् । ठाउँ सफा रखेपछि मन सफा हुन्छ । मन सफा भएपछि दिमाग सफा हुन्छ । दिमाग सफा भयो भने हामी रिफे्रस हुन्छौं ।
हामी रिफ्रेस हुनका लागि काठमाडौं बाहिर जान्छौं । हामी किन काठमाडौंमा रिफ्रेस हुन सक्दैनौं ? भूकम्पपीडितका लागि टहरा बनाउन हामी दुई महिना काभ्रेमा बस्दाखेरि उहाँ (धुर्मुस)को ग्यास्ट्रिक पनि छैन । जब काठमाडौं छिर्‍यो स्ट्रेस । हामीलाई मात्रै होइन, सम्पूर्णलाई हुन्छ । किन भन्दा फोहोरि खेल, फोहोर र हरेक चिज अव्यवस्थित छ । अनि हामी धुलिखेल, ककनी, पोखरा, धरान घुम्न जाने सफा भएर त हो नि ।
त्यो सफा हामीले यहाँ किन नगर्ने ? दुई दिन सफा ठाउँमा गएर आउँदैमा हामी सफा हुने त होइन । त्यो चीज हामीले थाल्नुपर्छ । विदेश किन विकास भएको छ भन्दाखेरि चिल्ला बाटाहरु, सफा गाउँ, रिफ्रेस सेन्टर, मान्छे हिँड्ने एउटा लाइन, सभ्य मान्छेहरु, त्यही भएर त्यो चिज चै अब हाम्रो देशमा पनि आवश्यक छ ।
देश विकास गर्ने हो भने सरसफाइ भनेको सबैभन्दा महत्वपूर्ण छ भन्ने हिसाबले हामीले मनदेखि नै रियलाइज गरेर हामी हिँडेका छौं । र, यो हाम्रो मात्रै अभियान होइन, सम्पूर्ण नेपाली जगतकै अभियान हो । हजुरहरुले जसरी सपोर्ट गरिरहनुभएको छ, आगामी दिनमा पनि धुर्मुस सुन्तली साँच्चै नै यसरी जानुभएको रहेछ, यो अभियान उहाँहरुको मात्रै होइन हाम्रो पनि हो भन्ने ठानेर हजुरहरुको साथ र सपोर्ट चाहिन्छ । अब चाहिँ हामी देशदौडाहमा निस्किएकै हौं ।
आफ्नो ठाउँ सफा राख्नुपर्छ भन्नेमा तपाई हामी सक्षम छौं, सचेतनाको आवश्यकता छैन नि शहरमा । कसलाई थाहा छैन, खाना खानुअघि साबुन पानीले हात धुनुपर्छ, दिसा गरिसकेपछि साबुन पानीले हात धुनुपर्छ । चर्पीमै दिसा पिसाब गर्नुपर्छ भन्ने कुरा केन्द्रमा थाहा छ नि । त्यो सफाइ केन्द्रमा चाहिएन, त्यो हेपाहा प्रवृत्ति आफूले खाएर छिमेकीका अघि फोहोर फाल्दिने । त्यो फोहोरले आफूलाई पनि असर गर्छ भन्ने चाहीँ छैन ।
होटलवालाले झिँगा भन्किनेगरी फोहोर गर्छ, तर साइडकोलाई पनि त्यसले असर गर्छ । त्यो चीज मान्छेलाई थाहा पनि छ, तर बेवास्ता गरिन्छ । उसको घरको अगाडि फोहोर भएको त हो नि मेरो अगाडि होइन भन्ने चीजहरु केन्द्रमा छन् । यिनीहरुलाई जबसम्म सफा गरिँदैन गाउँमा त के हुन्छ र ।
जहाँ घनाबस्ती हुन्छ, जहाँ बढी जनसंख्या हुन्छ, फोहोर हुने त्यहाँ हो नि । गाउँमा त, पहाडमा त एउटा घर यहाँ भयो भने अर्को घर पर हुन्छ । कति नै फोहोर हुन्छ र ? गाउँमा भनेको चर्पी बनाउ, चर्पीमै दिसा पिसाब गर भन्ने अभियान लानुपर्छ । तर केन्द्रमा चाहीँ पहिला हामीले दिमाग नै फोहोर, राजनीति फोहोर, यी चिज हटाउनुपर्छ भनेर हामी हार्टली मनैदेखि लागेका छौं ।dhurmus3

वि.सं.२०७२ मंसिर २८ सोमवार १४:२१ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...