back
NMB ad

विमान बङ्गलादेश एयरलाइन्समा चरम श्रमशोषण

Kumari bank ad

biman bangaladesh airlinesकाठमाडौ । बिगत २५ बर्ष देखि काम गर्दैै आएका कर्मचारीको मासिक जम्मा तलब सेवा सुबिधा कति छ होला त ? सुन्दाखेरि तपाईलाई आस्चर्य लाग्नसक्छ, २५ वर्षदेखि निरन्तर काम गर्दै आएका श्रमिक÷कर्मचारीको तलब जम्मा ८, ५०० मात्रै छ ।

नेपालमा उडान भर्दै आएका केहि अन्तर्राष्ट्रिय एयरलाइन्सले चरम श्रमशोषण गर्दै आएको खुल्न आएको छ । पछिल्लो उदाहणको रुपमा काठमाडौको नागपोखरी गैरिधारामा अबस्थित विमान बङ्गलादेश एयरलाइन्सले २५ बर्ष सेवा गरेका कर्मचारीहरुलाई महिनाको जम्मा ८,५०० रुपैंया मात्रै तलब दिदै आएको छ ।
पछिल्लो समय एयरलाईन्समा कार्यरत श्रमिकहरुले श्रमशोषणविरुद्ध आवाज बुलन्द पार्न थालेपछि विमान बङ्ग्लादेश एयरलाइन्सले विगत २५ वर्षदेखि श्रमिकहरुमाथि चरम श्रम शोषण गर्दै आएको खुल्न आएको हो ।
“तलब त छ, तर लेखा होस् या टिकटिङ जुनसुकै स्थानमा काम गर्ने कर्मचारीको हालत उस्तै छ । अरु त के आफ्ना घरका कोहि व्यक्ति दिवंगत भएर किरिया बिदा बस्दा समेत तलब काट्ने गरेको छ, एयरलाईन्सले ।” एयरलाईन्समा कार्यरत कृष्ण भण्डारीले भने “कर्मचारीको सञ्चयकोष, उपदान, सामाजिक सुरक्षा, मेडिकल बिमा, दुर्घटना बिमा केही पनि छैन,”उनले भने ।
बिगतमा साताको ३ दिन काठमाडौबाट उडान भर्दै आएको एयरलाइन्सले अहिले सातामा ७ दिन नै उडान भर्दै आएको छ ।logo biman bangaladesh airlines

एयरलाइन्सले कतिसम्म शोषण गरेको छ भने दुई बर्ष अगाडि केही प्रतिसत बेतनवृद्धि गरेकोमा एयरलाईन्सको मुख्य कार्यालय ढाकाको लेखा शाखाले बढेको तलब पनि कट्टा गरिदिएको कर्मचारीहरुले दुखेसो पोखेका छन् । एयरलाईन्सले नेपाल सरकार श्रम ऐन अनुसार सेवासुबिधा वृद्धि हुनु पर्नेमा विगत दुई दशक बढि समयदेखि कुनै सेवा सुबिधा परिमार्जन नगरेको कर्मचारीहरुले बताएका छन् ।
कर्माचारीले तलब बढाइयोस भनि माग गर्दा पनि ढाका अफिस सिफारिस पठाएको छ भन्दै यहाँको व्यवस्थापन पक्ष पन्छिने गरेको कर्मचारीहरुले बताएका छन् ।
यता हाल नेपाल राष्ट्र बैकको पछिल्लो महंगी रेकर्ड अनुसार ३० प्रतिशतले बजार भाउ बढेको आँकडा बाहिर आएको भन्दै कर्मचारीहरुले व्यवस्थापन समक्ष मागपत्र प्रस्तुत गरेका छन् । श्रम ऐनको दफा ७३ (१) अनुसार कर्मचारीको जाहेज माग २१ दिन भित्र पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी कर्मचारीको रहेको छ । नेपाल ट्रेकिङ–ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर युनियन युनिट्राभले कर्मचारीका जाहेज माग पूरा गराउन भन्दै कर्मचारीलाई साथ दिएको छ । “यदि तोकेको समय भित्र माग पूरा नभएमा एयरलाईन्समा कडा आन्दोलन गर्न बाध्य हुनेछौ,” युनिट्राभका महासचिव सुमन पराजुलीले भने ।

कर्मचारीहरुले निम्न ५ बुँदामा समेटेर व्यवस्थापनसमक्ष आफ्ना मागपत्र राखेका छन् ।
१. नेपाल सरकार श्रम ऐन अनुसार कर्मचारीहरुलाई स्थाइ गरियोस् ।
२. सम्पुर्ण कर्मचारीको सञ्चयकोष, उपदानको नेपालको कानुन अनुसार उपलब्ध गराइयोस् ।
३. सम्पुर्ण कर्मचारीको न्यूनत्तम ३०० डलर बराबरको तलबको ब्यवस्था गरियोस् । साथै बार्सिक तलबवृद्धि, गे्रडको ब्यबस्था, बोनसको सहित श्रम ऐन अनुसार बिदाको व्यवस्था गरियोस् ।
४. दुर्घटना बिमा र मेडिकल बिमा उपलब्ध गराइयोस् ।
५. किरिया बिदा, सञ्चिती बिदा र बिरामी बिदाको रकम उपलब्ध गराइयोस् ।

वि.सं.२०७२ पुस १ बुधवार ११:५४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...