back
NMB ad

निर्माण व्यवसायीको सरकारसँग माग, ‘भूकम्प र नाकाबन्दीका कारण काम गर्न पाइएन, क्षपिपूर्ति पाउँ’

Kumari bank ad

nirmanकाठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भूकम्प र नाकाबन्दीका कारण व्यवसायमा भएको क्षतिको क्षतिपूर्ति माग गरेको छ । भूकम्प र भारतीय नाकाबन्दीका कारण व्यवसायीले ठुलो क्षति भोगेको भन्दै महासंघले सरकारसँग क्षतिपूर्ति माग गरेको हो ।

महासंघले मधेश आन्दोलन, नाकाबन्दी र भूकम्पका कारण निर्माण क्षेत्रमा १५ अर्ब रुपैयाँ भन्दा धेरैको नोक्सान भएको भन्दै क्षतिपूर्ति माग गरेको हो । विभिन्न समस्याका कारण निर्माणका आयोजनाका काम बन्द भएको भन्दै महासंघले तीन आयोजनामा लाग्ने लागत इष्टिमेटसमेत बढ्ने भएकाले इष्टिमेट बराबरको मूल्यवृद्धि रकम उपलब्ध गराउन माग गरेको हो ।

महासंघले विभिन्न आयोजना निर्माणका लागि व्यवसायीले बैंकबाट कर्जा लिएको भन्दै काम गर्न नपाएको अवधिको ब्याज मिनाहा र किस्ता रकम बुझाउने समयावधि थप्न पनि आग्रह गरेको छ ।

गत वर्ष निर्वाचित भएको महासंघको कार्यसमितिको एक वर्षे समीक्षा गर्दै अध्यक्ष शरदकुमार गौचनले समस्या समाधानका लागि गम्भीर हुन आग्रह गरे । ‘महासंघले संस्थापक अध्यक्ष स्व वनवारीलाल मित्तलको पहिले राष्ट्र, पछि नीति भन्ने सिद्धान्तलाई अवलम्बन गरेको छ,’ उनले भने, ‘विगतमा तयार पारेका विभिन्न योजनाहरु इन्धन अभावले ठप्प भइरहेको छ ।’

वि.सं.२०७२ पुस २ बिहीवार ०७:४० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...