back
NMB ad

विश्वभर हरेक आठ शिशुमा एक जनाको जन्म युद्ध क्षेत्रमा

Kumari bank ad

काठमाडौ । सन् २०१५ मा एक करोड ६० लाख भन्दा धेरै बालबालिका युद्ध क्षेत्रमा जन्मिएका छन् ।child संयुक्त राष्ट्रसंघीय बालकोषले गरेको एक अध्ययनले सन् २०१५ मा विश्वभर गरी युद्ध क्षेत्रमा एक करोड ६० लाख भन्दा धेरै बालबालिकाको जन्म भएको देखाएको छ ।
विश्वमा जन्मिने हरेक आठ शिशुमा एक जना युद्ध क्षेत्रमा जन्मिने गरेको युनिसेफले जनाएको छ । यसले विश्वमा बालबालिकोको अवस्था कस्तो छ भन्ने कुरा प्रष्ट हुने युनिसेफका कार्यकारी निर्देशक एन्थनी लेकले बताएका छन् । यता युनिसेफले पनि विश्वमा जन्मिने धेरै बालबालिकाको अवस्था सामान्य नरहने गरेको जनाएको छ ।
युद्धक्षेत्रमा जन्मिएका धेरै बालबालिका पाँच वर्षसम्म जीवित रहनेमा नै आशंका रहेको भन्दै युनिसेफले चिन्ता व्यक्त गरेको छ । जीवित रहने पनि अभाव र तनावको जीवन बिताउन बाध्य हुने अवस्था रहेको भन्दै यसतर्फ चासो व्यक्त गरिएको छ ।
द्वन्द्वग्रस्त इराक, दक्षिणी सुडान, सिरिया, यमन सहितका देशमा नवजात शिशु र आमाको अवस्था भयानक रहेको युनिसेफले जनाएको छ । धेरै गर्भवतीले स्वास्थ्य सुविधा पनि नपाउने गरेको भन्दै युनिसेफले सबैको ध्यानाकर्षण पनि गराएको छ ।

यस्तै यो वर्षको पहिलो ९ महिनामा दुई लाख भन्दा धेरै बालबालिकाले युरोपियन युनियनका देशमा शरण मागेका छन् । यसअघि सन् २०१४ मा झण्डै तीन करोड बालबालिकोले युद्धबाट बच्नका लागि घर छोडेका थिए ।
– एजेन्सीको सहयोगमा

वि.सं.२०७२ पुस २ बिहीवार १६:२६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...