back
NMB ad

सशस्त्र प्रहरी प्रमुख वन्तलाई निलम्बन गर्न अख्तियारले गर्यो सिफारिस

Kumari bank ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सिफारिस गरेको छ ।Koshraj-OntaAPF

सशस्त्र प्रहरीको सामान ढुवानीमा नक्कली बिल बनाएर करोडौं भ्रष्टाचार गरेको देखिन आएको अख्तियारले जनाएको छ । आर्थिक वर्ष २०६९०७० र ०७०र०७१ का लागि खरिद गरिएको सामान भन्दा बढी देखाएर झुटो बिल तथा पत्रहरु तयार गरेको र ढुवानीकर्ता सदाज्योती सप्लायर्ससँग मिलेमतो गरी आर्थिक अनियमिता गरेको अभिययोग छ ।
यसमा वन्तको प्रत्यक्ष संलग्नता देखिएको अख्तियारले बताएको छ । उसले सशस्त्र प्रहरी महानिरीक्षक वन्तलाई आजकै मितिदेखि लागू हुने गरी निलम्बन गर्न प्रधानमन्त्री कार्यालयलाई लेखी पठाएको छ ।
अख्तियारले नाायब उपरीक्षक सुमनजंग थापा र रामकृष्ण महर्जन, प्रहरी निरीक्षक विनबहादुर थापालाई पनि निलम्बन गर्न गृह मन्त्रालय र सशस्त्र प्रहरी मुख्यालय हलचोकलाई सिफारिस गरेको छ ।
उनीहरु पदमा बहाल रहँदा आफ्नोविरुद्धको प्रमाण नष्ट गर्न सक्ने र अनुसन्धानमा बाधा पुग्ने अख्तियारले बताएको छ ।

अख्तियारको प्रेश विज्ञप्ती
(२०७२।०९।०२ गते ।
…………………………
सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त लगायतलाई निलम्बनको लागि लेखि पठाईएको सम्बन्धमा ।
…………………………………
सशस्त्र प्रहरी बल हलचोकले आ।व। ०६९।०७० र ०७०।०७१ मा खरीद भएका सामान ढुवानी गरी अधिराज्यभर आफ्नो युनिटमा पठाउन टेण्डर आव्हान गरी सदाज्योती सप्लायर्स संग सम्झौता गरेकोमा सो सम्झौता बमोजिम ढुवानी नगरी नक्‍कली बिल बनाई करोडौ भ्रष्टाचार गरेको भन्‍ने लगायतका आयोग समक्ष पर्न आएका उजुरी निवेदनहरु मध्ये ढुवानीमा व्यापक आर्थिक अनियमितता भएको भन्‍ने उजुरी उपर विस्तृत अनुसन्धान तहकिकातको क्रममा हाल सम्म संकलित सबुत प्रमाणहरुबाट निवेदनमा उल्लेखित जिकिर अनुरुप उल्लेखित आ।व।हरुमा खरिद गरिएका सामानहरु भन्दा अस्वभाविक बढि सामानहरु ढुवानी गरेको देखाई झुठ्ठा बिल तथा पत्रहरु तयारी गरी सम्झौता विपरित ढुवानीकर्ता संग मिलेमतो गरी ब्यापक आर्थिक अनियमितता गरेको पाइएकोले यसमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त समेतको प्रत्यक्ष संलग्नता रहे भएको देखिन आएकोले ततसम्बन्धमा अझै थप प्रमाण कागजातहरु संकलन गर्नुपर्ने भएको हुँदा आर्थिक अनियमितता तथा भ्रष्टाचारजण्य कार्यमा प्रतक्ष्य संलग्न रहेका देखीएका सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त¸ सशस्त्र प्रहरी नायब उपरीक्षक द्वय सुमनजंग थापा र रामकृष्ण महर्जन तथा सशस्त्र प्रहरी निरीक्षक विन बहादुर थापा समेतका प्रहरी कर्मचारीहरु पदमा बहाल रहि रहँदा आफ्‍नो विरुद्धको प्रमाण लोप वा नास गर्न सक्ने र अनुसन्धान तहकिकातको कार्यमा समेत बाँधा व्यवधान पुर्‍याउन सक्ने मनासिव कारण देखिएकोले निज सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त¸ सशस्त्र प्रहरी नायब उपरीक्षक द्वय सुमनजंग थापा र रामकृष्ण महर्जन तथा सशस्त्र प्रहरी निरीक्षक विन बहादुर थापा समेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को खण्ड ९३० बमोजिम आजैका मितिवाट निलम्बन गर्न सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको हकमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार तथा सशस्त्र प्रहरी नायब उपरीक्षक द्वय र सशस्त्र प्रहरी निरीक्षकको हकमा गृह मन्त्रालय, सिंहदरवार र सशस्त्र प्रहरी बल प्रधान कार्यालय, स्वयंम्भु, काठमाण्डौलाई आयोगको मिति २०७२।०९।०२ को निर्णयअनुसार लेखी पठाइएको छ ।)

वि.सं.२०७२ पुस २ बिहीवार १६:४८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...