बाजुरालाई केन्द्र बनाएर ५.५ रेक्टरको भूकम्प

काठमाडौ । बाजुरालाई केन्द्रविन्दु बनाएर शनिबार बिहान ५.५ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्प गएको छ ।
बिहान चार बजेर दूई मीनट जाँदा बाजुराको जगननाथ नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो भूकम्प नयाँ भूकम्प रहेको जनाउँदै मापन केन्द्रले भूकम्पको सुदुरपश्चिम र मध्यपश्चिमसहित कास्की, गुल्मी, पाल्पालगायतका जिल्लामा महशुस गरिएको थियो ।

 

भूकम्पले हल्लाएपछि बिहानै सुतिरहेका सर्वसाधारण घर बाहिर निस्किएका थिए । यता भूकम्पबाट के कति क्षति भयो भन्ने क्षतिको विवरण आउन भने बाँकी छ ।

२०७२ पौष ४ गते ०७:२३ मा प्रकाशित

You can share this post!

चीनसँग यातायात तथा पारवहन सम्झौता तयारी

उपत्यकाको घडेरी र जमिनले १३ वर्षलाई मात्र पुग्ने !

Related posts