back
NMB ad

कुलेखानी जलाधार क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा व्यवस्थापन गर्न अन्तक्रिया

Kumari bank ad

रुपक कालिराज

पालुङ / कुलेखानी जलाधार क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा व्यवस्थापन गर्ने सम्बन्धमा एक दिने अन्तक्रिया कार्याक्रम सम्पन्न भएको छ ।

थाहा नगरपालिकाको सभाहल विकास घरमा सोमबार थाहा जिल्ला भु संरक्षण कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कुलेखानी जलाधार क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा व्यवस्थापन गर्ने गरि संरक्षित क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई अनुरोध गर्ने र जलाधार क्षेत्रलाई व्यवस्थापन गर्न नौ वटा उप जलाधार क्षेत्रहरु विभाजन गरि जलाधार व्यवस्थापन योजना निर्माणको लागि सम्पर्क व्यक्तिहरु छनौट गरिएको थियो ।

प्रमुख अतिथिको रुपमा रहेका क्षेत्र नं. २ का सभाषद सुवासचन्द्र ठकुरीले तल्लो उत्पादन क्षेत्र, प्रभावित क्षेत्र र उपल्लो क्षेत्र गरि तीन क्षेत्रमा विभाजन गरि व्यवस्थापन गर्न सुझाव दिए । कुलेखानीलाई संरक्षित क्षेत्रको रुपमा लान जिल्ला र संसदमा आवश्यक पहल गर्ने प्रतिवद्धता जाहेर समेत साँसद ठकुरीले गरे । कार्यक्रममा कुलेखानी जलाधार क्षेत्रको विगत र बर्तमान अवस्था तथा भावी योजनाको बारेमा जिल्ला भु संरक्षण अधिकृत पुष्पराम थापा र सहायक भु संरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा सरोकारवालाहरु बिचमा जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले सहजिकरण गरेका थिए ।

कार्यक्रममा थाहा नगरपालिकाका १५ वडाका नागरिक मञ्चका संयोजकहरु, टिष्टुङ, मार्खु, कुलेखानी र फाखेलका गाविस सचिव तथा पुर्व अध्यक्षहरु, सर्वदलिय समितिका पदाधिकारीहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापति समेत रहेकाका थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले नगर विकास योजना र जलाधार संरक्षणलाई संयोजन गरेर लानको लागि सुझाव दिएका थिए ।

वि.सं.२०७२ पुस ७ मंगलवार ००:३२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...