back
NMB ad

मलेखुमा माछा महोत्सव सुरु (९ देखि १९ पुस सम्म)

Kumari bank ad

धादिङ  । माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा बिहिबारदेखि माछा महोत्सव सुरु भएको छ । धादिङको मलेखु रिचोकटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार औपचारिक उद्घाटन गरेपश्चात महोत्सव सुरुवात हुनेछ ।
नेपाल राष्ट्रिय वाणिज्य आयोजनामा हुने महोत्सव लाई राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सव–२०७२ नाम दिईएको छ । पुस ९ देखि १९ गतेसम्म आयोजना हुने महोत्सवमा कृषि, घरेलु उद्योग, जलस्रोत र पर्यटनको प्रवद्र्धन गराउने लक्ष्य आयोजकको छ । त्यसैले आयोजकले घरेलु उद्योग कृषि, जलस्रोत पर्यटन आर्थिक हाम्रो अभियान को नारा दिएको छ ।
दश दिने मेलामा २ लाख अवलोकनकर्ताको सहभागीता रहने र १० करोडभन्दा बढिको कारोबार हुने अनुमान गरिएको संघका अध्यक्ष लोकनाथ डल्लाकोटीले जानकारी दिए ।
बिहान १० बजेदेखि खुल्ला रहने महोत्सव प्रवेश गर्नेले ५० रुपैया शुल्क लाग्नेछ भने विद्यार्थी र वृद्धवृद्धाका लागि ३० प्रतिशत सहुलियतको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

वि.सं.२०७२ पुस ९ बिहीवार ०८:०० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...