back
NMB ad

मिथिला चित्रकलाको सहाराले महोत्तरीकी सुनैनाले जितिन् अमेरिकाको अवार्ड

Kumari bank ad

महोत्तरी । वर्षौंसम्म घुम्टोभित्रै सीमित भएर जीवन जिउने मधेसी महिलाका लागि महोत्तरीकी सुनैना ठाकुर एक उदाहरणीय पात्र बनेकी छिन्।

मिथिला चित्रकलाको सहाराले अमेरिकाको न्युयोर्कमा ‘२०१६ कमन ग्राउन्ड अवार्डस् द फेस अफ पिस’को उपाधिबाट सम्मानित भएपछि उनी मधेसी महिलाका लागि उदाहरणीय नामका चिनिएकी हुन्।

जिल्लाकै सुगाभवानीपट्टिकी ३२ वर्षीया गृहिणी सुनैनालाई मधेसी महिलाका लागि चिनारीका रुपमा परिचित हुनका लागि भने सहज थिएन। उनी वर्षौंसम्म सङ्घर्ष गरेर आफ्नो कलालाई विश्व बजारमा प्रदर्शन गरेर यो सम्मानको हकदार बनेकी हुन्। दृढ अठोट र निरन्तरको लगनशीलताको कारणले मिथिला चित्रकलाको व्यवसायीकरणको माध्यमबाट सानो गाउँबाट अमेरिकासम्मको यात्रा गर्न आफू सफल भएको सुनैनाले प्रतिक्रिया दिइन्।

ठाकुरले भनिन्, ‘परिवार र साथीभाइको सहयोग र आफ्नो लगनले गाउँको मात्रै होइन देशकै नाम चिनाउन आफू सफल भएकी हुँ। यसमा आफूलाई गर्व छ।’

मिथिला चित्रकलालाई व्यावसायीकरण गर्नुका साथसाथै यस क्षेत्रका महिलालाई पनि यस क्षेत्रमा लाग्न प्रेरणा र हौसला दिएको कारणले सुनैना केही दिनअगाडि न्युयोर्कमा ‘२०१६ कमन ग्राउन्ड अवार्डस द फेस अफ पिस’बाट सम्मानित भएकी हुन्।

आफूले सानैदेखि अरूको पर्खालमा चित्रहरु बनाउँदा कतिपयको खप्की र परिवारको गाली खानु परेको स्मरण गर्दै उनले भनिन्, ‘अन्ततः आफूले सोही चित्रको माध्यमले अन्तर्राष्ट्रियस्तरमा अवार्ड हासिल गर्न सफल भएकी हुँ।‘ गाउँकै विद्यालयमा कक्षा ८ मा पढिरहेको बेला चित्रकला प्रतियोगितामा प्रथम भएपछि आफूले भविष्यमा यसलाई नै व्यवसायीकरण गर्ने सोच बनाए पनि विवाहको केही वर्षसम्म यसमा अवरोध सृजना भएको बताइन्। एक दशकअगाडि जलेश्वर नगरपालिका–१५ सुगाका शम्भु ठाकुरसँग विवाह भएपछि मैथिल समुदायमा नवविवाहिता बुहारीलाई घर बाहिर निस्कनु र काम गर्नुलाई नकारात्मक दृष्टिकोणले हेर्दा उनलाई कला देखाउन निकै नै गाह्रो भएको थियो।

घुम्टो ओढेर मात्रै मधेसका महिला बस्छन् भन्ने सोच्नु गलत रहेको बताउँदै सुनैनाले भनिन्, ‘अवसर पाउने हो भने मधेसका महिला पनि सक्षम छन्।‘

२८ मंसिर २०७३, धनवीर महतो, रासस, ११।००

वि.सं.२०७३ मंसिर २८ मंगलवार १९:१० मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...