back
NMB ad

पृथ्वीनारायणसँग विद्या भण्डारीको भेट होस्

Kumari bank ad

देवप्रकाश त्रिपाठी

हरेक सन्तानका निम्ति मातापिता सर्वाधिक प्रिय, पूजनीय, माननीय र मननीय हुन्छन्, अपवादका घटना सन्दर्भबाट प्रभावित नभईकन बन्ने–बनाइने मान्यता यही नै हो । यदाकदा कुनै पुत्र या पुत्रीले आफ्ना मातापितालाई सताएको या हत्यासम्म गरे–गराएको पीडादायी समाचार सुनिन्छ । यस्ता दुर्लभ घटनालाई आधार बनाएर सन्तानसँग आमाबाबुको सधैँ वैरभाव रहन्छ भन्ने निष्कर्षमा पुग्न सकिँदैन । स्वस्थ र सन्तुलित दिमागले आफ्ना पितामाताप्रतिको प्ेरम र सम्मानभावमा कहिल्यै कञ्जुस्याइँ गर्दैन । हो, कुनै पनि व्यक्तिको प्रगतिमा धेरैबाट अनेकौँ प्रकारको सहयोग रहनसक्छ र सहयोगको मात्राका आधारमा कोही कसैका निम्ति विशेष महत्त्वका व्यक्ति बन्न सक्छन् । तर, प्रगति मानिस जन्मिएपछि मात्र हुने कुरा हो, जन्मचाहिँ आमाबाबुले मात्र दिन सक्छन् । त्यसैले व्यक्तिको जीवनमा जो, जसले, जस्तो प्रकारले योगदान पुर्‍याएका भए पनि मातापिताबराबर कसैको कुनै योगदानलाई मानिँदैन ।

देशको सन्दर्भमा पनि यस्तै मान्यता रहन्छ, देशको स्थापना गर्ने व्यक्ति मातापिताबराबर सम्मानति र प्रिय हुन्छन् । बिस्मार्क, नेपालियन र चङ्गेज खाँदेखि पृथ्वीनारायणसम्मले प्राप्त गरेको सम्मान उनीहरू योद्धा भएकोले मात्र नभई देशको एकीकरणमा विशेष योगदान पुर्‍याएकोले पनि हो भन्ने बुझ्नुपर्छ । देश भएकोले यहाँ प्रजातन्त्र प्राप्तिका आन्दोलन भए, विभिन्न आकार–प्रकारका मानिसले मन्त्री, प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिसम्म बन्ने अवसर प्राप्त गरे । संयुक्त राज्य अमेरिकाको स्थापनामा जर्ज वासिङटनको भूमिका र योगदान सर्वाधिक महत्त्वपूर्ण भएकोले उनको नाम बेग्लै ढङ्गले स्मरणीय बन्न पुगेको छ । एघारौँ शताब्दीका योद्धा चङ्गेज खाँले आफ्नो जीवनकालमा जुनस्तरको हिंसात्मक क्रियाकलाप गरेका थिए त्यसनिम्ति उनी हजार वर्षसम्म सर्वाधिक घृणाको पात्र बनिरहे । तर, २१औँ शताब्दीको प्रारम्भमा आएर मंगोलियाले चङ्गेज खाँलाई राष्ट्रिय एकीकरणमा महान् योगदान पुर्‍याएको भन्दै राष्ट्रिय विभूतिको रूपमा सम्मान दियो । व्यक्ति जस्तोसुकै भए पनि निजको भूमिकाले देशलाई उच्चतम् लाभ पुर्‍याएको हुन्छ भने त्यस्ता मानिसलाई देशले सम्मान दिन कञ्जुस्याइँ गर्दैन, गर्नुहुँदैन ।

विदेशीको इसारा, लगानी र निर्देशनमा स्वधर्म नाश गर्ने, सामाजिक सद्भाव खलबल्याउने, राष्ट्रिय एकता क्षतविक्षत बनाउने, सार्वभौमसत्ता कमजोर र खण्डित गर्नेजस्ता कार्य पनि पृथ्वीनारायण शाहबाट भएको पाइन्न । एकातर्फको छिमेकीसँग मिलेर अर्कोतर्फको छिमेकीलाई भड्काउने, तर्साउने, राष्ट्रिय स्वार्थलाई चटक्कै भुलेर आत्मकेन्द्रित सोच–व्यवहार प्रस्तुत गर्ने र डलरसँग देश साट्नेजस्ता काम पनि पृथ्वीनारायणबाट भएको इतिहासमा पढ्न पाइन्न ।

मंगोलियामा राष्ट्र एकीकरण गरेबापत चङ्गेज खाँलाई हजार वर्षपछि राष्ट्रिय सम्मान मिलिरहँदा यही दशकभित्र नेपाल एकीकरणका मूल अभियन्ता एवम् आधुनिक नेपालका संस्थापक श्री ५ बडामहाराज पृथ्वीनारायण शाह लाञ्छित र अपमानित भए, उनको सालिक ढालियो र राष्ट्रिय एकता दिवससँगै पृथ्वीजयन्ती मनाउने परम्परा पनि अन्त्य गरियो । पृथ्वीनारायण शाहले आफू राजा, महाराजा या प्रधानमन्त्री बन्नकै लागि भनेर सत्र हजार नागरिकको हत्या गरेका थिएनन्, उनले सत्तास्वार्थका लागि संसद् विघटन गरेका थिएनन् र मोजमस्तीका लागि राज्यशक्तिको दुरुपयोग गरी निजी दरबार या बंगला खडा गरेका पनि थिएनन् । देशको धन सिङ्गापुर, अस्ट्ेरलिया, अमेरिका, स्विटजरल्यान्ड या ब्रिटेनसम्म पुर्‍याएर राष्ट्र कङ्गाल बनाउने काम पनि उनले गरेका होइनन् । विदेशीको इसारा, लगानी र निर्देशनमा स्वधर्म नाश गर्ने, सामाजिक सद्भाव खलबल्याउने, राष्ट्रिय एकता क्षतविक्षत बनाउने, सार्वभौमसत्ता कमजोर र खण्डित गर्नेजस्ता कार्य पनि पृथ्वीनारायण शाहबाट भएको पाइन्न । एकातर्फको छिमेकीसँग मिलेर अर्कोतर्फको छिमेकीलाई भड्काउने, तर्साउने, राष्ट्रिय स्वार्थलाई चटक्कै भुलेर आत्मकेन्द्रित सोच–व्यवहार प्रस्तुत गर्ने र डलरसँग देश साट्नेजस्ता काम पनि पृथ्वीनारायणबाट भएको इतिहासमा पढ्न पाइन्न । स्वदेशमा स्थापित कल–कारखाना बिक्री गर्ने र स्वदेशी उत्पादन तथा स्वदेशमा रोजगारीलाई निरुत्साहित गर्ने काम पनि पृथ्वीनारायणबाट भएको होइन ।

लोकतन्त्र भन्दै पाँच दर्जन आफ्नै नागरिकलाई गोलीको सिकार बनाउने कार्य उनले गरेका थिएनन्, तथापि २०६३ सालमा लोकतन्त्र स्थापना हुनेबित्तिकै पृथ्वीनारायण शाहको सालिक गल्र्यामगुर्लुम्म ढालियो । रसियामा कुनै दिन लेनिनको र रुमेनियामा चाउचेस्कुको सालिक ढालिएकै शैलीमा यहाँ पृथ्वीनारायणको सालिक ढालियो । पोखराको पृथ्वीचोकमा ठिङ्ग उभ्याइएका पृथ्वीनारायण शाहलाई ढालेर त्यस स्थानमा लखन थापा नामक व्यक्तिको सालिक खडा गरिएको छ । लखन थापा जसले सपनामा कुनै देवीबाट जंगबहादुरसँग लड्न र राज्यसत्ताको मालिक बन्न आशीर्वाद प्राप्त गरेको आधारमा गोरखादेखि राजधानीसम्म पुगेर जंगबहादुर राणालाई ललकारेका थिए । थापाको एक मात्र उद्देश्य सत्ताबाट जंगबहादुरलाई हटाएर सत्ताको अधिपति आफैँ बन्नु थियो । नमारिएका र आफ्नो उद्देश्यमा सफल हुन सकेका भए लखन थापा जंगबहादुुरझैँ एक शासक अवश्य बन्ने थिए, जंगबहादुर राणाकै जस्तो कूटनीतिक चातुर्य र कौशल थापाले प्रस्तुत गर्न सक्थे या सक्दैनथे त्यो बेग्लै पक्ष हो । जंगबहादुरले झैँ नेपाललाई ‘इन्टरनेसनल एक्स्पोजर’ दिन र गुमेको भूभाग फिर्ता लिन थापाले सक्ने थिए वा थिएनन् त्यो पनि अनुमान या कल्पनाकै विषय मात्र रह्यो ।

जे होस्, सफल हुँदा पनि उनी एक शासकसम्म बन्ने थिए, शासक बन्दैमा सालिकमा अनुवाद भएर सार्वजनिक स्थानमा उभिने अधिकार हरकोहीलाई पनि हुन सक्दैन । तर, शासक बन्ने सपना देखेर बिनातयारी जंगबहादुरसँग निहुँ खोजेकै कारण मारिएका व्यक्तिलाई उभ्याउन देशका संस्थापक पृथ्वीनारायण शाह सालिक बनेर उभिएकै ठाउँ रोजियो र ढालियो, यो आफैँमा एक विडम्बनायुक्त र लज्जास्पद कार्य थियो । पृथ्वीनारायण शाहको सालिक ढालेर सुरु गरिएको लोकतन्त्र सुदृढीकरण अभियान अहिले जुन अवस्थामा आइपुगेको छ, यसले उक्त (सालिक ढाल्ने) घटना नियोजित र साङ्केतिक भएको पुष्टि गरिरहेको छ । देश यतिबेला आफ्नो अस्तित्व र अस्मिता रक्षाको दुन्दुभीमा फसेको छ, शान्ति, स्वतन्त्रता, सुरक्षा र समृद्धिभन्दा सत्ता र सत्ता मात्र राजनीतिकर्मीहरूको अभीष्ट बनेको छ । समृद्धि बाँड्नेतर्फको गन्तव्य तय गर्ने क्षमता नरहेपछि उनीहरू सत्ता बाँडेर धेरैभन्दा धेरैलाई खुसी पार्ने अभियानमा छन् । रोजगारी पाउन राजनीतिमा लाग्नैपर्ने अवस्था जुन राजनीतिकर्मीले पैदा गरेका छन् वर्तमानले क्षमा दिइरहेको भए पनि इतिहासले यिनलाई माफी दिने विश्वास गर्न सकिन्न । राजनीतिकै बेइज्जत हुने स्तरको भूमिका निर्वाह गर्नेहरूले दुई दशकयता के गरिरहेका छन् हामीले देखिरहेका छौँ । अरू जेसुकै गरे पनि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको अपमान र उपेक्षा गरिनुलाई चाहिँ शोभनीय मानिएको छैन ।

लोकतन्त्र भन्दै पाँच दर्जन आफ्नै नागरिकलाई गोलीको सिकार बनाउने कार्य उनले गरेका थिएनन्, तथापि २०६३ सालमा लोकतन्त्र स्थापना हुनेबित्तिकै पृथ्वीनारायण शाहको सालिक गल्र्यामगुर्लुम्म ढालियो । रसियामा कुनै दिन लेनिनको र रुमेनियामा चाउचेस्कुको सालिक ढालिएकै शैलीमा यहाँ पृथ्वीनारायणको सालिक ढालियो । पोखराको पृथ्वीचोकमा ठिङ्ग उभ्याइएका पृथ्वीनारायण शाहलाई ढालेर त्यस स्थानमा लखन थापा नामक व्यक्तिको सालिक खडा गरिएको छ ।

पृथ्वीनारायणले एकीकरण गरी आधुनिक नेपालको स्थापना गर्नु नै उनको जीवनको सबैभन्दा ठूलो गल्ती या भूल भएको अभिव्यक्ति राजनीतिकर्मीहरूले दिइरहेका छैनन्, तर पृथ्वीनारायणप्रति त्यही स्तरको अपमान र उपेक्षापूर्ण व्यवहार गरिएको छ, जुन सबैभन्दा ठूलो गल्ती गर्नेहरूसँग गरिन्छ । बीस वर्षको उमेरदेखि बाउन्नसम्म निरन्तर एकीकरण अभियानमा संलग्न भई युद्धमैदानमा खट्नु र हिमालयको काखमा एउटा बलियो सार्वभौम देश स्थापना गर्नु नै पृथ्वीनारायणको अक्षम्य गल्ती हो भन्ने ती सोच्दै छन्, जो सिद्धान्तत: अन्तर्राष्ट्रवादमा विश्वास गर्छन् र केवल विदेशीलाई आफ्नो नेता, अगुवा र पथप्रदर्शक मान्दछन् । नेपाल बनाउनु नै महानतम् गल्ती थियो भने पनि पृथ्वीनारायणले त्यस्तो गल्ती गरिसकेका छन्, नेपालीका रूपमा हामीलाई विश्वले चिनिसकेको छ, हाम्रा राजनीतिकर्मीहरूले परायाको इसारामा भैरव नृत्य गरिरहेका भए पनि विदेशीले हामीलाई अझै सार्वभौम नागरिक ठानिरहेका छन् ।

बेग्लै देश बनेकैले यहाँ रूपचन्द्र विष्टका शब्दमा मानिसको आकारका पशुका प्रकारका मानिसले समेत राज्यका विभिन्न महत्त्वपूर्ण ओहोदामा पुग्न पाएका छन् । गल्तीले कहिलेकाहीँ सन्तान पैदा भएझैँ देशको निर्माण हुन पुगेको मान्ने हो भने पनि देशको मन्त्री, प्रधानमन्त्री, सेनापति, सचिव आदि पद धारण गर्न पाएकोमा त ‘यिनले’ गौरव महसुस गरेकै होलान् । हो, पृथ्वीनारायणले जातपिच्छे राज्य दिनुपर्ने भनेनन्, बरु यो देश चार वर्ण छत्तसी जातको फूलबारी भएको स्मरण गराउँदै सामाजिक सद्भावमा मात्र नेपालको अस्तित्व जोगिन सक्ने स्पष्ट गरेका हुन् । पृथ्वीले देश रक्षाका निम्ति अवलम्बन गर्नुपर्ने यस्ता उक्ति सुझाएका छन् जसको वर्णन यो. सङ्क्षिप्त लेखमा हुन कठिन छ । उनले देशरक्षाका निम्ति अवलम्बन गर्नुपर्ने परराष्ट्र नीति, सुरक्षानीति, शासकले गर्नुपर्ने व्यवहार तथा जनता स्वयम्ले ध्यान दिनुपर्ने यावत् पक्षहरूमा दूरदर्शितापूर्ण मार्गदर्शन हामीलाई दिएका छन् । जातपिच्छे राज्य खोज्ने ‘राजनीति’ चम्काइएको यो समयमा पृथ्वीनारायण शाहको नीति अप्रासङ्गिक कसैलाई लागेको छ भने त्यस्तो सोच राख्नेहरू आफैँ कति प्रासङ्गिक छन् त्यसको पुष्टि समयले गर्ने नै छ ।

डा. रामवरण यादव नेपालको प्रथम राष्ट्रपति भए, यो उनको जीवनकै सर्वाधिक महत्त्वपूर्ण कालखण्ड थियो । यिनले राष्ट्र निर्माताको सम्मान निम्ति केही विशेष कार्य–व्यवहार प्रस्तुत गरिदिएका भए पृथ्वीनारायणमाथि न्याय हुन सक्थ्यो र रामवरण यादव स्वयम्को उचाइ पनि वृद्धि हुन सक्थ्यो । यादवले काँधमा गम्छा राखेरै साढे ६ वर्ष बिताए, कसले बनाइदिएको राष्ट्रमा आफू राष्ट्रप्रमुख बन्न पाएको हो भन्ने हेक्का राख्न उनले सम्भवत: सकेनन् । अर्कोपटक पुन: राष्ट्रप्रमुख बन्न पाएमा डा. राममरण यादवबाट भूल सच्याइने आशा गर्न सकिन्छ । तर, प्रथम महिला राष्ट्रपति विद्या भण्डारीलाई विगतको भूल सच्याउने सुवर्ण अवसर प्राप्त छ । पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस र पृथ्वीजयन्तीका रूपमा राज्यले स्मरण नगरे पनि आमदेशवासीले गरेका छन् । त्यस दिनलाई स्मरणीय बनाउनु भनेकै देश स्थापना भएकोप्रति गौरव गर्नु हो ।

पुस २७ गते सम्माननीय राष्ट्रपति विद्या भण्डारीको भेट पृथ्वीनारायणसँग हुन सक्यो भने त्यसले एउटा बेग्लै सन्देश प्रवाह गर्नेछ । त्यसैले सिंहदरबार अघिल्तिर उभिएको पृथ्वीनारायणको सालिकमा पुस २७ गते माल्यार्पण गरेर राष्ट्रियता र राष्ट्रिय एकताको भावना जागृत गर्न राष्ट्रपति विद्या भण्डारीलाई सुझाव गरिन्छ । राष्ट्रपतिको यो पुनीत कार्यको मुलुकमा बहुआयामिक प्रभाव पर्नेछ र जन्मदिनेहरू सधैँ महान् हुन्छन् भन्ने सन्देश देशवासीमा अवश्य पुग्नेछ । राष्ट्रपति भण्डारीले रामजानकी मन्दिर तथा पशुपतिनाथमा पूजा गर्दा सङ्कटमा पर्दै गरेको सनातन संस्कृतिले जुन ऊर्जा प्राप्त गरेको छ, पृथ्वीनारायण शाहसँगको भेटले देशमा अर्को एउटा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गर्न सकिन्छ ।

स्रोत : रातोपाटी

वि.सं.२०७२ पुस २३ बिहीवार १०:२१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...