back
NMB ad

नाट्टा चुनावमा धाख्वा र पाठकको प्यानल सार्वजनिक

Kumari bank ad

काठमाडौं । नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को आगामी जनवरी १७ मा हुने चुनावी साधरण सभाका दुई प्रत्यासी समूह मिहिका धाख्वा र शम्भुराज पाठकले प्यानल सहति टीम सार्वजनिक गरेका छन् ।

IMG_7608
मिहिका धाख्वा

मंगलबार लाजिम्पाटको दुई छुट्टा छुट्टै होटेलमा आयोजित पत्रकार सम्मेलनमा प्यानल सहितको टीम सार्वजनिक गरिएको हो । वर्तमान कार्यसमितिका महासचिव धाख्वाले होटेल सांग्रिलामा पत्रकार सम्मेलन गर्दै प्रथम उपाध्यक्षमा केदारनाथ दुवाडी, द्वितिय उपाध्यक्षमा सुनिल शर्मा, महासचिवमा ठाकुरप्रसाद ढुंगाना, सचिवमा कमल गुरुङ, कोषाध्यक्षमा तिलक थापा मगर, सहकोषाध्यक्षमा फुदुमा शेर्पालाई समावेश गरेकी छन् । धाख्वाले सदस्यहरुमा सुरेश अमगाई, अमृतकुमार ढकाल, विनोद कार्की, गोविन्द दाहाल, सुरेश केसी, सुरेन्द्र भट्टराई, यज्ञमुर्ति आचार्य, अनिक कुमार थापालाई प्यानलमा समावे गरेकी छिन् । आफ्नो व्यक्तित्व र विगतमा गरेको कामका आधारमा आफुलाई सदस्य कम्पनीहरुले मतदान गर्नेमा विश्वस्त रहेको बताउँदै धाख्वाले विगतका अपुरा काम पुरा गर्न आफुले उम्मेद्वारी दिएको बताइन् ।

IMG_7645
शम्भुराज पाठक

त्यस्तै लाजिम्पाटकै होटेल मनाशलुमा हालका प्रथम उपाध्यक्ष शम्भुराज पाठक समुहले पत्रकार सम्मेलनको आयोजना गरी स्वतन्त्र र व्यवसायीक टीम सार्वजनिक गरेको छ । पाठकले प्रथम उपाध्यक्ष नाराणप्रसाद गुरुङ (कोने), द्वितिय उपाध्यक्ष कृष्णबहादुर मगर, महासचिव रमेश थापा, सचिवमा दिव्यप्रभा शाही, कोषाध्यक्षमा रामबहादुर घले, सहकोषाध्यक्ष विजय रिजाललाई मैदानमा उतारेका छन् ।  सदस्यहरुमा बाबुराम रसाईली, राजु व्यञ्जनकार, सञ्जय बजिमय, इन्दु थापा, रमेशमान मलखु, महेन्द्रराज पाण्डेय, जयहरी गोइत, सागर अधिकारी रहेका छन् । पाठकले आफु कुनै राजनीतिक दलको आडमा नभई विशुद्ध व्यवसायी र अग्रज पुर्व अध्यक्षहरुको सहयोगमा चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए । उनले नाट्टामा हालसम्म राजनीतिले स्थान नपाएको बताउँदै यस पटक आफ्नो प्यानलले नै चुनाव जित्नेमा विश्वस्त रहेको बताए ।

तीन वटा टीमले एकसाथ प्यानल निर्माण गरेर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस अघि पुर्व महासचिव मधुसुदन आचार्यले आफ्नो टीम सार्वजनिक गरेर प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।

वि.सं.२०७२ पुस २९ बुधवार १८:२७ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...