back
NMB ad

नाट्टा महासचिवको हैसियतमा धाख्वाले गरेका अलोकप्रिय कामको पर्दाफास

Kumari bank ad

काठमाडौं, माघ ३ । नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को दुई वर्षे कार्यकालमा वर्तमान महासचिव र हाल अध्यक्षका उम्मेद्वार बनेकी मिहिका धाख्वाले ट्राभल व्यवसायीको हीत विपरित केही निर्णय गरेको पर्दाफास भएको छ । धाख्वाले बढी महात्वाकांक्षा राख्दै अध्यक्षमा उम्मेद्वारी दिइरहँदा उनले दुई वर्षे कार्यकालमा गरेका केही अलोकप्रिय घटनाहरु बाहिर आएको छ । जुन घटनाहरु ट्राभल व्यवसायी, नाट्टा र समग्र पर्यटन क्षेत्रकै विकासको लागि बाधकको रुपमा हेरिएको छ ।

आयटा पेमेन्ट साइकल साप्ताहिक बनाउन मुख्य भूमिका

आयटाले यही जनवरी एकदेखि पाक्षिक रुपमा रहेको पेमेन्ट साइकललाई साप्ताहिक रुपमा लागू गराएको छ । अहिले ट्राभल व्यवसायीका लागि सबैभन्दा ठूलो पीडाको विषय यही नै बनेको छ ।

विनासकारी भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण थिलथिलो बनेको पर्यटन क्षेत्र र ट्राभल व्यवसायीहरुलाई अझ मर्कामा पार्ने गरि आयटा पेमेन्ट साइकल साप्ताहिक रुपमा गराउन धाख्वाको मुख्य भूमिका रहेको तथ्य फेला परेको छ । धाख्वाले आयटा/बान जस्ता निकायसँग प्रत्यक्ष संलग्न रहने गरि बनाइएको नाट्टाको एभिएशन तथा एजेन्ट प्यासेन्जर जोइन्ट कमिटि (एपीजेसी) उपसमितिको संयोजक रहेर पनि साप्ताहिक रुपमा गर्न लागिएको पेमेन्ट साइकल रोक्नको लागि कुनैपनि भूमिका नखेलेको नाट्टा श्रोतको भनाइ छ ।

आयटाले यही जनवरी एकदेखि पाक्षिक रुपमा रहेको पेमेन्ट साइकललाई साप्ताहिक रुपमा लागू गराएको छ । अहिले ट्राभल व्यवसायीका लागि सबैभन्दा ठूलो पीडाको विषय यही नै बनेको छ । नाट्टा कार्यसमिति निकट एक सदस्यको स्रोत उल्लेख नगर्ने सर्तमा भने ‘धाख्वाले चाहेको भए साप्ताहिक पेमेन्ट साइकल केही समय पर धकेल्न सकिन्थ्यो । तर, उनले व्यवासायीको हीत चाहेनन् ।’ ती सदस्यले भने– ‘सयौं व्यवसायीको एउटै माग पेमेन्ट साइकल पाक्षिक गराउनु प¥यो भन्ने गुनासो आउँदा पनि उनको चुनावी एजेन्डाको प्राथमिक विषय यो पर्न नसक्नुको रहस्य पनि यही नै हो ।’ तसर्थ, धेरै ट्राभल व्यवसायीलाई मारेर केहीले मोज गर्ने योजनामा आयटाले गरेको निर्णयलाई मौन बसेर समर्थन गरेको आरोप महासचिव धाख्वालाई छ ।

आयटा तालिम आफ्नै कम्पनीबाट

नाट्टाले हरेक वर्ष गर्दै आएको आयटा ट्रेनिङ हिजोआज धाख्वाको प्राइभेट कम्पनी जेनिथ एक्सपेरियन्स प्रालिबाट हुन थालेको छ ।

एभिएशन तथा एपीजेसीको संयोजक रहेर धाख्वाले संस्थालाई मारेर व्यक्तिगत स्वार्थमा काम गरेको प्रमाण सहितको अर्को तथ्य पनि बाहिर आएको छ ।

नाट्टाले हरेक वर्ष गर्दै आएको आयटा ट्रेनिङ हिजोआज धाख्वाको प्राइभेट कम्पनी जेनिथ एक्सपेरियन्स प्रालिबाट हुन थालेको छ । यस अघि पवित्रकुमार कार्की अध्यक्ष रहँदासम्म हरेक वर्ष नाट्टाले गर्दै आएको आयटा टे«निङ गत दुई वर्ष पूरै समय जेनिथ एक्सपेरियन्स प्रालिबाटै गराइयो । यो दुई वर्षको कार्यकालमा नाट्टाबाट एउटा ट्रेनिङपनि हुन सकेन । बर्षमा एक वा दुई पटकसम्म गरिने सो ट्रेनिङ नाट्टाले गर्नु पर्नेमा एपीजेसीको संयोजक भएको नाताले उनले प्राइभेट कम्पनीबाट गर्न थालेको तथ्य खुलेको हो ।

नाट्टाले ट्रेनिङ सञ्चालन गर्दा १० देखि १५ हजार नेपाली रुपैयाँमा हुने गरेकोमा जेनिथ एक्सपेरियन्सले प्रतिव्यक्ति १२ देखि १५ हजार डलरसम्म लिने गरेको बताइएको छ । सोही प्रकृतिको तालिम नाट्टाले एक साताको गराउने गथ्र्यो भने जेनिथले ६ महिना लामो गराउने गरेको छ । यसरी नाट्टाको आयश्रोत खोसेर जेनिथ एक्सपेरियन्स मोटाइरहेको तथ्य बाहिर आएको हो ।

वनकालीको जग्गा कोषलाई फिर्ता

नाट्टाको स्वामित्वमा आइसकेको जग्गा नाट्टालाई आवश्यक नरहेको भन्दै विकास कोषका केही व्यक्तिलाई पोसेर नाट्टा कार्यसमितिका व्यक्तिलाई समेत प्रभावमा पारि सो जग्गा समेत खोस्न लगाएको आरोप उनलाई छ ।

महासचिव धाख्वाले नाट्टालाई हानी हुनेगरि अर्को ठूलो गल्ति गरेको समाचार पनि बाहिर आएको छ । सन् २०१० मा अर्जुन शर्मा अध्यक्ष रहँदा नाट्टाका लागि पर्यटकीय पार्क बनाउन पशुपति विकास कोषले वनकाली क्षेत्रमा दिएको साँढे तीन रोपनीको जग्गा पनि धाख्वाकै ग्रान्ड डिजाइनमा खोसिएको छ ।

नाट्टाको स्वामित्वमा आइसकेको जग्गा नाट्टालाई आवश्यक नरहेको भन्दै विकास कोषका केही व्यक्तिलाई पोसेर नाट्टा कार्यसमितिका व्यक्तिलाई समेत प्रभावमा पारि सो जग्गा समेत खोस्न लगाएको आरोप उनलाई छ । यस सम्बन्धमा संयोजकको जिम्मा कार्यसमिति सदस्य चित्रबहादुर गुरुङलाई दिइए पनि उनलाई काम गर्न नदिइएको र संस्थाबाटै निलम्बन गरि राखिएको तथ्य बाहिर आएको छ ।

निट नेपालमा पुनः फर्कने सहमति

अध्यक्षका उम्मेद्वार बनेकी मिहिका धाख्वा नेपाली कांग्रेस निकट रहेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनकी उपाध्यक्ष हुन् । पछिल्लो समयमा पदमै बार्गेनिङ नमिलेपछि उनले निट नेपालबाट राजिनामा दिएर बसेकी छन् । चुनावी प्रचारको क्रममा आफू कुनै पनि पार्टीको सदस्य नरहेको र विशुद्ध व्यवसायिक रहेको बताइरहेकी उनले चुनाव जितेपछि पुनः निट नेपालमा फर्कने गोप्य सहमति भएको समाचार बाहिर आएको छ । निट नेपालले शम्भू पाठकलाई उम्मेद्वार बनाउने हल्ला चलेपछि अध्यक्ष हत्याउनकै लागि उनले यस्तो सहमति गरेको निट नेपाल निकट श्रोतकै भनाइ छ ।

नाट्टामा नेतृत्व लिने र निट नेपालमा पुनः उपाध्यक्ष पदमै फर्कने गोप्य सहमति भइसकेको बताइएको छ । सोही कारणपनि निट नेपाल छाडेर नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघमा प्रवेश गरेकी धाख्वालाई निट नेपालले समर्थन गरेको श्रोतको भनाइ छ । यस्तो सहमति नभएको भए पानी बारबारको अवस्थामा रहेको धाख्वालाई कुनै पनि हालतमा निट नेपालले समर्थन गर्न नसक्ने श्रोत कै भनाइ छ । तसर्थ, उनी अध्यक्ष बने पनि व्यवसायिक हीतभन्दा पार्टी हीतमा काम गर्न सक्ने अनुमान व्यवसायीको छ ।

यसरी विभिन्न काण्डहरुलाई लुकाउन र संस्थाको श्रोत साधनको दुरुपयोग गरि व्यक्तिगत फाइदा लिन पनि धाख्वा हतारिएर अध्यक्ष बन्न आएको बुझाई आम ट्राभल व्यवसायीको छ । उनले आफ्नो कार्यकालमा गरेका अझै केही त्रुटी र स्वार्थपूर्ण काम बाहिर आउन बाँकी रहेको बुझिएको छ ।

वि.सं.२०७२ माघ ३ आइतवार १०:०५ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...