back
NMB ad

प्रभु र ग्राण्ड बैंक मर्जर गर्न राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

Kumari bank ad

माघ ४, काठमाडौं । प्रभु बैंक र ग्राण्ड बैंक एक अर्काबीच मर्जर हुन दिएको निवेदनलाई कार्यान्वयन गर्दै नेपाल राष्ट्र बैंकले मर्जरका निम्ति अन्तिम स्वीकृति दिएको छ । यी दुई बैंकले गत कात्तिकमा मर्जको सम्झौता गरेका थिए ।

राष्ट्र बैंकको सोमबार बसेको बोर्ड बैठकले यी दुई बाणिज्य बैंकलाई मर्जको अन्तिम स्वीकृति दिएको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए । गत कात्तिकमा बसेको दुबै बैंकलको विशेष साधारण सभाले एक आपसमा गाभिने निर्णय गरेका थिए । यी दुई वटा बै‌क गाभिए पछि बाणिज्य बै‌कको सं‌ख्या २९ मा झर्नेछ ।
प्रभु बैंकले ग्राण्ड किन्न राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिइसकेको थियो । प्रभुले अन्तिम स्वीकृति लिन लाग्दा एविक्वजिसनको प्रक्रिया रद्द गरेर मर्जमा जान राष्ट्र बैंकले निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार दुबै सस्थाले मर्जको प्रक्रिया पुरा गरेपछि सोमबार अन्तिम स्वीकृति पाएका हुन् ।

ग्राण्ड बैंकको स्वाप रेसियो प्रतिकित्ता ६५।५८ रुपैयाँ कायम गरि प्रभुमा गाभ्न लागिएको हो । त्यस्तै प्रभुको प्रतिकित्ता १२१।४५ रुपैयाँ तोकिएको छ । दुबै संस्थाको सम्पत्ति तथा दायित्वको मुल्याङ्कनको आधारमा यो मुल्य कायम गरिएको जानकारी यस अघिको साधारण सभामा दिइएको थियो । मर्जपछि बैंकको चुक्ता पुँजी पाँच अर्ब ८८ करोड १४ लाख दुई हजार रुपैयाँ पुग्नेछ ।

मर्जर पश्चात संस्थाको नाम ̒ प्रभु बैंक लिमिटेड ̓ रहनेछ र संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय हालको प्रभु बैंकको केन्द्रिय कार्यालय रहने छ । सञ्चालक समितिमा प्रभु बैंकको संचालक समितिले नै निरन्तरता पाउने, व्यवस्थापन तर्फ प्रमुख कार्यकारी अधिकृत प्रभु बैंकका अशोक शेरचन नै रहने जानकारी पनि दिइएको थियो ।

मर्जपछि बैंकको शाखा र काउण्टर संख्या १ सय ३६, एटिएम संख्या १ सय २३ र कर्मचारीहरुको संख्या करिव एक हजार तीन सय ५० पुग्नेछ । शाखा सन्जाल, एटिएम संख्याका आधारमा यस बैंक निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक हुनेछ ।

वि.सं.२०७२ माघ ४ सोमवार २०:०५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...