back
NMB ad

निजगढ विमानस्थलको काम सेनालाई दिन क्याविनेट निर्णय गराउँछु : पर्यटन मन्त्री

Kumari bank ad

अर्थतन्त्र संवाददाता
माघ ४, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द पोखरेलले वैकल्पिक अन्तराष्ट्रिय विमानस्थलको रुपमा निर्माण गर्न लागिएको निजगढ विमानस्थल निर्माणको जिम्मा नेपाली सेनालाई दिइने खुलासा गरेका छन् ।

सोमबार काठमाडौंमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनद्वारा आयोजित नाट्टाका नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन कार्यक्रममा सो कुरा बताएका हुन् । मन्त्री पोखरेलले भने ‘नेपालको राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको विमानस्थलको निर्माण नेपाल सरकारले नै गर्ने र सोको जिम्मा नेपाली सेनालाई दिने तयारी भएको छ’ ।

‘आजै मात्र आयोजनाको विषयमा प्रधानमन्त्रीलाई पुर्व प्रधानमन्त्री माधव नेपाल साथमा राखेर मनाएको छु,’ मन्त्री पोखरेलले भने ‘आउँदो क्याविनेट बैठकमा निर्णयार्थ पेश गर्न आवश्यक कागज पत्र तयार भइरहेको छ ।’ करोडौं खर्चेर बनाइएको आयोजना सम्बन्धी प्रतिवेदनले सात खर्व रकम लाग्ने र नेपाल सरकारले बनाउन नसक्ने देखाएको बताउँदै मन्त्री पोखरेलले भने ‘नेपाली सेनाले दुई खर्व मै सम्पन्न गर्न सक्छ ।’ फाष्ट ट्रयाक र विमानस्थल एक साथ निर्माण हुने मन्त्री पोखरेलले बताए ।

कार्यक्रममा ढिला आएका कारण विशेष अतिथिको रुपमा मन्तव्य राखेका मन्त्री पोखरेलले लुम्बिनी विकास कोषको कार्यालय लुम्विनीमै सार्न सात दिनको समय दिएको बताउँदै समयमै नसारिए ट्रकमा राखेर आफँै पु¥याउने पनि बताए । पोखरा क्षेत्रिय विमानस्थल निर्माणको शिलान्यास दुई महिना भित्र गर्ने कुरा पोखरामै आफुले बोले पनि चीनका कारण तोकिएको समय भन्दा ढिला हुने खुलासा गरे । प्रधानमन्त्रीको भ्रमणमा हस्ताक्षर गराउने भन्दै तत्कालको लागी रोक्न दवाव परेको पोखरेलको भनाइ थियो ।

नेपालको पर्यटन विकासका लागी आफु जस्तो सुकै कुर्वानी गर्न पनि तयार रहेको बताउँदै मन्त्री पोखरेलले प्रचार र सामाजिक सुरक्षा भए जस्तो सुकै मुल्य तिरेर पनि पर्यटक नेपाल भित्रिने बताए । नेपालमा धार्मिक र पर्यावरणीय पर्यटन प्रवद्र्धन गरे मात्र पनि वार्षिक एक करोड भन्दा बढी पर्यटक नेपाल भित्रिन सक्ने बताए । मन्त्री पोखरेलले आगामी जेठ १९ र २० गते बुद्ध नेपालमा जन्मिएका हुन भन्ने सन्देश फैलाउन अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको बताए । ‘नेपालको ओरिजिनल भनेकै बौद्ध धर्म हो’ उनले संसार भर यो सन्देश पु¥याएर लुम्विनीदेखि काठमाडौं लगायतमा बौद्ध सर्किट निर्माण गरी २९ मिनेट मात्र नेपाली भूमिमा विताउने बौद्ध धर्मावलम्वीलाई १३ दिनसम्म नेपाल घुम्ने वातावरण सिर्जना गर्न आफु लागिपरेको बताए । सबै संघसंस्थाले लेटरप्याडको सिरानमा बुद्ध नेपालमा जन्मिएका हुन् भनेर लेख्न र प्रचार गर्न पनि अनुरोध गरे ।

नतिजा मुखी काम गर्नुस : थापा 

कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रिय सदस्य एवं पर्यटन प्रवद्र्धन विभागका प्रमुख सूर्य थापाले मन्त्रीलाई पपुलिष्ट भाषण धेरै र नतिजामुखी काम कमी भएको प्रति सचेत गराए । थापाले विभागको नेतृत्व लिए पछि टुरिष्ट बस एसोसियसन, टान र नाट्टाको निर्वाचन एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनको नेतृत्वमा जित हासिल गरेको छ ।

12570901_10153825959442605_983189218_n

सरकारी ढिलासुस्ति र बेवास्ताका कारण निर्वाचनमा गरेका प्रतिबद्धता कार्यान्वयनमा समस्या उत्पन्न भएको इञ्चार्ज थापाले मन्त्रीलाई अवगत गराए । डेढ वर्ष अघि हुदहुद आँधीमा ज्यान गुमाएका मजदुरका परिवारले अझै क्षेति पुर्ति नपाउँदा जिफण्ट र टान घेरिएको छ थापाले भने ‘यो लज्जाको विषय हो’ अविलम्व समस्या समाधानका निम्ति पहल कदमी लिन पनि मन्त्रीलाई आग्रह गरे । थापाले टूरिजम बोर्डको अघिल्लो वर्षको बजेट हालसम्म नआउँदा काम गर्न अप्ठ्यारो परेको, तारा गाउँ विकास समितिको अमुल्य सम्पत्ती हिनामिना भएको प्रति सरकारको ध्यान नपुगेको पनि गुनासो गरे ।

नाट्टामा नव निर्वाचित कार्यसमितिलाई टीका र माला लगाएर बधाई दिँदै थापाले भने ‘मैले समर्थन गरेको टीमले जित्नै पर्छ भन्ने मान्यता राख्छु’ यसमा सुझबुझका साथ योजना बनाएर समग्र टीम परिचालित भएकाले उपव्धी हासिल भएको बताए । निर्वाचित पदाधिकारीलाई २४ बुँदे प्रतिबद्धतामा लेखिए अनुरुपका काम गर्न अनुरोध गरे ।

निर्वाचन परिचालन कमिटीका संयोजक नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका उपाध्यक्ष कृष्णकुमार अर्यालले टीम जिताउन संगठने जसरी खट्यो त्यसलाई सम्झिएर व्यवसायीका काममा यो कार्यसमितिले ध्यान पु¥याओस, दैनिक कार्यसञ्चालन र व्यवसायीको हितमा काम गर्दा संगठनले कुनै हस्तक्षेप नगर्ने बताउँदै बरु समस्या परे पुनः सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष मधुसुदन आचार्य, महासचिव भीम पन्त, सहकोषाध्यक्ष सविता केसी भट्टराई र निवर्तमान अध्यक्ष डिबी लिम्बुले प्रतिबद्धता सहितका मन्तव्य व्यक्त गरेका थिए । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्रप्रसाद रिजालको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । आइतबार भएको मतदान प्रकृयाद्वारा संगठनले समर्थन गरेका १५ मा १५ पदाधिकारी तथा सदस्य नाट्टामा निर्वाचित भएका हुन् ।

वि.सं.२०७२ माघ ५ मंगलवार ०२:०३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...