back
NMB ad

पूर्वीय दर्शनबारे बुटवलमा बहस पुजा हैन प्रयोग गरौं : वीज्ञ

Kumari bank ad

बुटवल ९ माघ । पूर्वीय दर्शन र साहित्यका ज्ञाताहरुले पूर्बीय दर्शनका धेरै कुराहरु वैज्ञानिक र अझै पनि काम लाग्दा भएको बताएका छन् । उनीहरुले पूर्वीय दर्शनका मौलिक र बैज्ञानिक पक्षको संरक्षण गर्दै निरन्तरता दिईनुपर्नेमा जोड दिए ।

बुटवल साहित्य कला संस्कृृति प्रतिष्ठानले शनिबार बुटवलमा आयोजना गरेको “पूबीय दर्शन ः बहस ” बिषयक कार्यक्रममा सहभागि बीज्ञ तथा ज्ञाताहरुले दर्शन र साहित्यमा संस्कृत शिक्षा लोप हुंदै र बैज्ञानिक पक्ष हराउदै गएकामा चिन्ता गरे । कार्यक्रमका प्रमुख बक्ता शुभकर्म सांस्कृतिक पुनर्जागरण अभियानका अभियान्ता घनश्याम कोईरालाले त्यसबारे अबधारणापत्र प्रस्तुत गर्दै नयां नेपाल बनाउनका लागि सांस्कृतिक पुनर्जागरण अनिबार्य भएको बताए । “पूर्बीय दर्शनका धेरै कुरा बैज्ञानिक र काम लाग्दा छन् ।” उनले भने —“तर त्यसलाई पूजा हैन मनन र प्रयोग गरौं । ”

उनले पूर्बीय दर्शनका नराम्रा पक्षहरु फेर्न र राम्रा पक्षहरुको उपयोग गर्न आग्रह गरे । भने —“पूर्बीय दर्शन र साहित्यमा धेरै कुरा उपयोगी छन् । त्यो केही होईन भन्ने भ्रम त्यागौं । तर जस्ताको त्यस्तै होईन त्यसका मौलिक र बैज्ञानिक पक्षहरुलाई निरन्तरता दिऔं । ” प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवालीको अध्यक्षता र साहित्यीक उपाध्यक्ष ऋषि आजादको संचालनमा भएको कार्यक्रममा सहभागीहरुले पूर्वीय साहित्यका विकृति भए छोट्याउन तर वैज्ञानीक पक्षलाई नबिर्सन आग्रह गरे ।

उनीहरुले भने “अन्ध रुढीग्रस्त कुराहरुलाई स्वीकार त नगरौं । तर त्यसका व्यवहारिक पक्षलाई अटल बनाऔं।” साहित्यकार ऋृषिराम भुसालले पुर्वीय दर्शनमा कतिपय कमजोरी पनि रहेका तर राम्रा पक्षलाई छाड्न नहुने बताए । सस्कृतिकर्मी राजेन्द्रकुमार आचार्यले पुर्वीय सस्कृतिमा सवलता भएपनि प्रयोग र पुर्नव्याख्या गर्न कठीन भएको बताए । उनले पुर्वीय दर्शन मास्न पश्चिमाहरुले फैलाएको अभियानप्रति सचेत हुनुपर्ने बताए । अगुवा पत्रकार बालकृष्ण चापागाईले सास्कृतिक पुर्नजागरणमा पत्रकारिताको ठूलो योगदान हुने बताउदै यसमा आफूहरु लागेको बताए ।

साहित्यकार नारद गौतमले सस्कृत शिक्षा लोप हुदै गएकोमा र त्यसको वैञानीक पक्ष हराउदै गएकोमा सबै चिन्तीत हुनुपर्ने बताए । यसैगरी साहित्यकार देवेन्द्र घिमिरेले पूर्वीय सस्कृतिलाई उपयोग गर्नुपर्ने तर अन्ध सस्कृतिलाई परिमार्जन गर्नुपर्ने बताए । कार्यक्रममा सास्कृतिक अभियन्ताहरु लक्ष्मण रायमाझी, बलबहादुर आचार्य, केवी पुन साहित्यकार तथा कलाकारहरु दीपक विश्वकर्मा, शारदा पौडेल, आरसी चापागाई, कृष्णप्रसाद कोइराला, गुरुदत्त ज्ञवाली, नारायण ज्ञवाली, पुरुषोत्तम पाण्डे,मनिष पन्थ, प्रकाश अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा रुपन्देही, पाल्पा, नवलपरासी लगायतका अगुवा साहित्यकारको सहभागीता रहेको थियो ।

वि.सं.२०७२ माघ १० आइतवार ०१:४३ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...