back
NMB ad

एक्ला किसानको तरकारी खेतीमा करोड लगानी

Kumari bank ad

धादिङ । व्यवसायीक तरकारी खेतीमा धादिङ जिल्लामै गनिएका ३८ वर्षिय कृष्णकुमार रेग्मी करोड लगानी गरेर तरकारी खेती गर्ने नमुना कृषक हुन् । १५ वर्ष यता सामान्य खेतीपाती गर्दै आम्दानी बढाउँदै गरेका जीवनपुर ९ सतासीका गत वर्ष राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भए पछि झनै हौसिएर कृषि कर्ममा लागेका छन् ।

सामान्य परिवारमा जन्मिएका रेग्मी यतिबेला प्लाष्टिक टनेल भित्र गोलभेंडा खेती गरेर मनग्गे आम्दानी गर्दै छन् । उनी खेतीबाट दाम मात्रै हैन नाम पनि कमाइरहेका छन् । जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा राष्ट्रपती उत्कृष्ट कृषक पुरस्कार पाए पछि उनको कृषि मोह अझै बढेर गएको छ ।

Krishnakumar regmi 7

कुनै पनि काममा सफलता पाउन दृढ इच्छा शक्ती चाहिन्छ । निरन्तरता र मेहनत झनै महत्वपुर्ण ‘रेग्मी भन्छन् यो मेरो खेतीपातीमा लागेको १५ वर्षको उपलव्धि हो ।’ उनी पहिल्यैदेखी जे काम गरे पनि व्यवसायीक सोच राखेर गर्ने गर्थे । ०५६ देखि भेंडे खुर्सानी खेतीबाट व्यवसायीक तरकारीमा होमिएका उनलाई खेतीबाट कहिल्यै निराश हुनु परेन । आफ्नो १५÷२० रोपनी खेतमा भेंडे खुर्सानी लगाउँदा उबेलामा पनि तीन खाल बढी आम्दानी गरेको थिएँ रेग्मी भन्छन् साथमा ‘ब्रोइलर कुखुरा पनि पालें । तर कुखुरामा आउने उतार चढावले किसानलाई उँभो लाग्न दिँदैन । तनाव धेरै दिने भएकाले कुखुरा पाल्न छाडें ।’

तरकारी खेतीमा लाग्नु अघि उनले व्यवसायीक रुपमा खरायो पालेर ऊन कातेर बेच्ने गर्थे । ‘खरायोसंगै बँदेल पनि पालें । आम्दानी धेरथोर भएकै थियो । पाँच वर्ष मेवा खेती पनि गरें तर कम्पोष्ट मल पुरा गर्न नसक्दा मेवा छाडेर फेरी तरकारीमै लागेँ’ रेग्मीले भने ।

Krishnakumar regmi 1
पहिल्यैदेखी व्यवसायीक सोच भएका उनी पछिल्लो समय काठमाडौं आसपासमा प्लाष्टिक टनेलभित्र गोलभेंडा खेती देखेर लोभिएका रहेछन् । ०६४÷०६५ तिर टनेलमा खेती गर्ने किसान र कृषि सेवा केन्द्रको परामर्शमा १० वटा टनेल हालेर सुरु गरेको गोलभेंडा खेती थालेका हुन् । पाँच रोपनी जग्गामा परिक्षण गर्दा राम्रो आम्दानी देखेर खेती विस्तार गरेका रेग्मीको अहिले ७० वटा टनेलमा बेमौसमी गोलभेंडा लटरम्म फलिरहेको छ । रेग्मीको मनमोहक फार्म देखेर फार्म नजिकैबाट हिँड्ने मानिस समेत रोकिएर खेतीका बारेमा बुझेर जाने गरेका छन् ।

आफ्नो र दाजुभाईको समेत गरी करिव ८० रोपनी जग्गामा उनले नियमित खेती गर्दै आएका छन् । उनले थप झण्डै एक सय रोपनी जग्गा भाडामा लिएर गत वर्षदेखी एक सय ७० रोपनीमा टनेल निर्माण गर्न थालेका छन् । उनी भन्छन् ‘अहिले मेरो तरकारी र पशुपालनमा ७० लाख लगानी भएको छ । यो वर्ष भित्रै टनेल थपेर दुई सय पु¥याउने लक्ष्य लिएको छु ।’ यति ठुलो काम गर्ने जनशक्ती भनेको रेग्मी दम्पती मात्र हुन । गाउँकै १२ जनालाई दैनिक ज्यालादारीमा काम दिएका छन् ।

Krishnakumar regmi 4
रेग्मीले पहिलो वर्ष १३ सय विरुवा गोलभेंडा लगाएर १२ महिना सम्म फल लिए । पहिलो वर्षमै चार लाख आम्दानी गरेका उनले टनेल भित्र खेती गर्न सुरु गरेको पाँच वर्षमै ७० टनेलमा १४ हजार विरुवा लगाएका छन् । आजभोली मध्य आम्दानी लिन सुरु भएको गोलभेंडाबाट उनले मासिक चार लाख लिन थालेका छन् । १२ जना मजदुरलाई काम दिएका उनले २ सय टनेल पुगेपछि वर्षिक आम्दानी एक करोड पु¥याउने लक्ष्य लिएका छन् । ‘मेरो वार्षिक खर्च मात्रै ३० लाख बढी हुन्छ ।’ उनी भन्छन् ‘आफ्नो ज्याला, लागत उठाउन ७० लाख भन्दा बढी उत्पादन लिनै पर्छ ।’

उनी कहिल्यै हानिकारक विषादी प्रयोग नगरेको बताउँछन् । ‘आइपिएम मापदण्ड भित्र रहेर उत्पादन गर्छु । कृषि सेवा केन्द्रको परामर्शमा मात्र काम गर्छु । उत्पादन गरेर बजारबाट फर्कनुप¥यो भने धेरै नोक्सानी हुन्छ त्यसैले सचेत छु’ रेग्मीले भने ।

व्यवसायीक गोलभेंडा खेतमा लागेका उनले एकीकृत एग्रो केयर फार्म दर्ता गरेर कम्पनी मार्फत काम गर्न थालेका छन् । हालसम्म कुनै सरकारी अनुदान नलिएका रेग्मीले गत वर्ष जिल्ला कृषि विकास कार्यालयबाट पचास प्रतिशत अनुदानमा ट्याक्टर बाहेक कुनै अनुदान नलिएको बताउँछन् । उनी भन्छन ‘यो अनुदानको भरमा पर्ने भनेको व्यवसायीक छाडेर सजिलो गरी कमाउन लाग्नेले गर्ने हो ।’ ‘मलाई कागज मिलाएर देखाएर खानु छैन । आफु श्रम गर्छु यहीँबाट आल्दानी गर्न सक्छु ।’ गोलभेंडा खेतीमा ठुलो लगानी गरेका उनले साना किसान कृषि सहकारी र कृषि विकास बैंकबाट वित्तिय सहयोग लिएको बताए । ‘आधा लगानी सहकारी र बैंकबाठ लिएको छु, आधा आफ्नै हो ।’

Krishnakumar regmi 6
फाँटभरी सेताम्मे टनेलमा लटरम्म गोलभेंडा फलाईरहेका रेग्मीले घर अगाडी पाँच रोपनी जग्गामा जाली हालेर व्यासायीक बाख्रा पनि पालेका छन् । पचास वटा बाख्रा अटाउने आधुनिक खोरमा बाख्रा पालन गरिएको छ । एक हजार वटा लोकल कुखुराका निम्ति पाँच रोपनी जग्गामा तारबार गरेका छन् । टर्की चराको परिक्षण गरिरहेका उनले दुई सय टर्की छिट्टैनै ल्याउन लागेको बताए । १५ वटा गाई अटाउने आधुनिक गोठ बनाएर गाइ पालन थालेका छन् । उनले दुध व्यवसाय र तरकारी खेतीका लागि मलको जोहो गर्न लागेको बताए । दुई दर्जन बढी राजहाँस पालेका उनले अष्ट्रिच मोह पनि सुनाए । आउने वर्ष चार÷पाँच वटा मात्रै भए पनि अष्ट्रिच पाल्ने योजना रहेको उनी बताउँछन् ।

Krishnakumar regmi 5
पहिल्यै देखि जे गरे पनि व्यवसायीक गर्ने रेग्मी यो क्षेत्रकै नमुना कृषक भएको सानाकिसान कृषि सहकारी संस्था लि जीवनपुरका व्यवस्थापक अच्युतराज सेढाँई बताउँछन् । सामान्य परिवारका रेग्मी तरकारी खेतीबाटै करोड पति बनेको बताउँदै व्यवस्थापक सेढाँई भन्छन् ‘उनीबाट अन्य किसानले पनि सिक्न जरुरी छ ।’ पछिल्लो समय अन्य किसान पनि टनेल भित्र तरकारी खेतीमा आकर्षित भएको उनी बताउँछन् । खुल्ला रुपमा गरिने खेतीमा लगानी कम आम्दानी पनि कम हुन्छ । टनेलमा लगानी पनि गर्नु पर्छ आमदानी पनि राम्रै हुने सेढाँई बताउँछन् ।

Krishnakumar regmi
गत वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पाएका उनी आफ्नो जीवनमा कमाएका सबै पैसा कृषि र पशुपालनमा खर्चेको बताउँछन् । ‘हालसम्म कमाएको पैसाले अन्यत्र लगानी गरेको छैन । करोडको हाराहारीमा लगानी गरेको छु,’ अव १५ वर्ष सक्रिय कृषिमा लाग्ने बताउँदै उनी भन्छन् ‘कृषिमा राज्यको ध्यान नपुग्दा समस्या परेको छ ।’

राज्यले लगानी गर्न अनुदान दिने प्रवृत्ति गलत भएको भन्दै उनी भन्छन् ‘आवश्यक ज्ञान, सिपका तालिम, मल, विउ, विषादी समयमै उपलव्ध गराउनु प¥यो ।’ मल विउमा अनुदान दिए सबै किसानलाई हुन्छ । राज्यले विषादी नहाल भन्नु भन्दा पहिले विषादी बेच्न दिनु भएन । कृषि सेवा केन्द्र पनि कृषकको पहुँचमा नभएको उनले बताए । समयमै परामर्श लिन सकिन्न । टाढा र थोरै जनशक्ती भएकाले सेवा लिन असजिलो भयो ।

रामेश्वर कार्की/प्रकाशित मिति २०७२ माघ १० गते आइतबार

वि.सं.२०७२ माघ १० आइतवार १८:४६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...