back
NMB ad

सहासिक पदयात्रामा ८६ हजार पर्यटक भित्रिए

Kumari bank ad
काठमाडौं । मुलुकको असहज अवस्थामा पदयात्रा पर्यटनले समग्र पर्यटन क्षेत्रलाई जोगाएको छ।
गत वैशाखको विनाशकारी भूकम्प, संविधान जारी भएपछिको तराई आन्दोलन र आपूर्तिको असहजतामा पनि सन् २०१५ मा पदयात्रामा जाने पर्यटकको संख्या उल्लेख्य छ । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डको तथ्यांकले सन् २०१५ मा पदयात्रा पर्यटनमा जाने विदेशी पर्यटकको संख्या ८६ हजार सात सय १० जना रहेको देखाएको छ । यो संख्या अघिल्लो वर्ष सन् २०१४ को तुलनामा ६ प्रतिशतले कम हो।
तर, मुलुकको अवस्थालाई हेर्दा यो संख्या उल्लेख्य हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी देशको असहज अवस्था र व्यवसायिक अपेक्षा अनुसार यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँछन्।
पर्यटकका लागि सन् २०१५ निकै चुनौतीपूर्ण भए पनि अपेक्षा गरिएको भन्दा बढी पर्यटक आउनुले साहसिक पर्यटनप्रतिको आकर्षणलाई जोगाइरहन सकेको जोशीको बुझाइ छ। पर्यटन बोर्डका अनुसार सन् २०१५ मा बोर्डबाट पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड लिएर जाने एकल पदायात्रीको संख्या १५ हजार चार सय १० जना छ ।
यो सख्ंया अघिल्लो वर्ष सन् २०१४ मा १४ हजार आठ सय ५२ जना थियो । सन् २०१५ मा नै टानबाट सामुहिकरूपमा टिम्सकार्ड लिएर जाने पदायात्रीको संख्या भने ७१ हजार तीन सय जना छ । सन् २०१४ मा टानबाट अनुमति लिने यस्ता पदयात्रीको संख्या ७७ हजार एक ७४ जना थियो।
 Tourist in nepal
टानका अध्यक्ष चन्द्र रिजालका अनुसार गत वर्षको तुलनामा सामुहिक पदयात्री ७ दसमलव ६१ प्रतिशत घटेको देखिएको छ। पछिल्लो अवस्थालाई हेर्ने हो भने तथ्यांकमा पाँच हजार आठ सय जना पदयात्री एक वर्षको अवधिमा घटेको छ ।
पर्यटन क्षेत्र तहसनहस नै भएको भनेर रोइकराई गरेको अवस्थामा पनि अघिल्लो वर्षकै हाराहारीमा पदयात्रामा जाने पर्यटक आउनुलाई भने निकै सकारात्मक रूपमा लिनुपर्ने रिजालको बताउँछन् । उनका अनुसार नेपालमा साहसिक पर्यटक जोखिम बहन गरेरै आउने भएकोले पनि सकारात्मक तथ्यांक देखिएको छ।
पर्यटन बोर्डका अनुसार समग्र पर्यटकको आगमन र पर्यटकीय गतिविधिमा भने कम्तीमा पनि ३० प्रतिशतले गिरावट आएको अनुमान छ । एक वर्षको पर्यटक आगमनको तथ्यांक संकलनको काम जारी रहेकोले बोर्डले बताएको छ ।
पदयात्राका लागि सबैभन्दा आकर्षक गन्तव्य अन्नपूर्ण क्षेत्र हो । यो गन्तव्यमा सन् २०१५ मा ४५ हजार पर्यटक पुगेका छन् । सगरमाथा आधार शिविरको पदयात्रामा १९ हजार र पदयात्राको तेस्रो गन्तव्य मानिएको लाङटाङमा पाँच हजार पर्यटक पुगेका छन्।
नेपालका सबै गन्तव्यको पदयात्रामा जाँदा अनिवार्य टिम्सकार्ड लिनुपर्ने व्यवस्था सरकारले एक वर्षअघि गरेपछि अन्य गन्तव्यमा जानेले पनि टिम्सकार्ड लिन थालेका छन्। व्यावसायीका अनुसार अन्नपूर्ण, सगरमाथा र लाङटाङ बाहेकका गन्तव्यको प्रवद्र्धन हुन नसकेको र पर्यटक आकर्षण गर्ने कुनै कार्यक्रम आउन नसक्दा यी तीनवटा बाहेकका गन्तव्यमा जाने पर्यटकको संख्या न्यून हुने गरेको छ।
सरकार र व्यवसायीबीच समन्वयको कमी र आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा अन्य पर्यटकीय गन्तव्यमा साहसिक पर्यटन पुग्न नसकेको टानको बुझाइ छ। टिम्सकार्ड रकमको उचित सदुपयोग गर्ने र सरकारी प्राथमिकतामा पनि साहसिक पर्यटनलाई राखिएको अवस्थामा अझै पर्यटक बढ्न सक्ने टानका अध्यक्ष रिजालले बताए ।
Tourist in nepal 2
नेपालको साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न नपुगेको बोर्डका सीईओ जोशीले बताए । उनका अनुसार स्थानीय स्रोत र साधनको भरमा मात्रै अहिले पर्यटक साहिसक गन्तव्यमा पुगेका छन्।
आवश्यक पूर्वाधार निर्माण तथा अन्तर्राष्ट्रिय बजारीकरण हुने हो भने नेपाललाई साहसिक पर्यटनको गन्तव्यका रूपमा सहज ढंगबाटै परिचित गराउन सकिन्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले गरिदिएको प्रचारले पनि थप सहजता प्रदान गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र ट्राभल गाइड, ट्रिप एड्भाइजरले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा राख्नुले पनि करोडौं रकम खर्च गरेर प्राप्त गर्न नसकिने उपलब्धि मिल्ने गरेको बोर्डको बुझाइ छ।
राजु बास्कोटा / अन्नपुर्ण पोस्ट

वि.सं.२०७२ माघ ११ सोमवार ०७:०६ मा प्रकाशित

You can share this post!

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...