back
NMB ad

भूकम्प प्रभावित गोरखा, सिन्धुपाल्चोक, रसुवा, दोलखा र मुस्ताङलाई चीनको छुट्टै सहयोग

Kumari bank ad
काठमाडौं । चीनले सिमाना जोडिएका भूकम्प प्रभावित पाँच जिल्लामा राहत स्वरुप छुट्टै सहयोग उपलब्ध गराउने भएको छ । भूकम्प प्रभावितका लागि  अत्यावस्यक सामाग्रीहरु सोलार, जस्तापातालगायत सामुदायिक पूर्वाधार विकासका सामग्री पठाउन थालेको छ ।
नेपालका उत्तरवर्ती १५ जिल्लासँग चीनले सुरु गरेको पूर्वाधार विकास र खाद्यान्नका आयोजनाअन्तर्गत गोरखा, सिन्धुपाल्चोक, रसुवा, दोलखा र मुस्ताङलाई ती सामग्री सीमामा पठाएको हो ।
नेपालले दोस्रो वर्षका लागि भूकम्प प्रभावित जिल्लालाई प्राथमिकता दिन आग्रह गरेपछि सबैभन्दा बढी आवश्यकता भएका सामग्रीको सूची पठाउन भनेको थियो ।
पाँचै जिल्लाले भूकम्प पीडितका लागि जस्तापाताको माग सबैभन्दा बढी गरेका थिए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वैदेशिक सहयोग समन्वय शाखाका प्रमुख प्रकाश दाहालले पाँचमध्ये गोरखा र मुस्ताङका लागि जस्तापाता, सोलारलगायत सामग्री सीमामा ल्याइपुर्‍याइएको जानकारी दिए ।
दाहालका अनुसार गोरखाले जस्तापाताका अतिरिक्त सोलार सेट र मुस्ताङले जस्तापाताका अतिरिक्त सिमेन्ट, सोलार, रड, केराउ र चिनी माग गरेका थिए ।
मन्त्रालयले ल्हासामा रहेको नेपाली महावाणिज्य दूतावासमार्फत गरेको पत्राचारपछि चीन सरकारले तिब्बतमार्फत मुस्ताङलाई सीमानाकासम्म सामग्री पठाइसकेको छ ।
गोरखाका स्थानीय विकास अधिकारी प्रेम गिरीले भने, जस्तापाता, सोलारका साथै खानेपानीका लागि जीआई पाइपसमेत माग गरिएको जानकारी दिए । मुस्ताङका स्थानीय विकास अधिकारी हरि बास्तोलाले सामुदायिक कबर्ड हल, सोलार आदिको माग बढी भएकाले सोहीअनुसार काम भइरहेको जानकारी दिए ।
चीनले नेपालका सीमासँग जोडिएका उत्तरी १५ जिल्लामा गत वर्षदेखि पूर्वाधार विकास र खाद्यान्न प्रदान गर्ने आयोजना सञ्चालन गरेको छ ।
सन् २०१४ देखि २०१८ सम्म पाँच वर्षका लागि चीन सरकारले ती आयोजना सञ्चालन गर्न बर्सेनि १६ करोड रुपैयाँ खर्च गर्दैछ । यसमा खासगरी सामुदायिक प्रकृतिका पूर्वाधार विकासका काम गर्ने सहमति भएको हो ।
 अन्नपुर्ण पोष्ट

वि.सं.२०७२ माघ १२ मंगलवार १२:२३ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...