back
NMB ad

सरकारी औषधी उद्योग घाटामा, निजी नाफामा ?

Kumari bank ad

काठमाडौँ । देशभर दर्ता भएका ५३ निजी औषधी उद्योग मध्ये ४५ वटा संचालनमा छन्  । संचालनमा आएका सबै उद्योग नाफामा छन्, तर सरकारको प्रत्यक्ष स्वामित्वमा रहेका उद्योगहरु भने यतिबेला धरासाही अवस्थामा पुगेका छन् ।

२०६० सालसम्म १२० किसिमका औषधिहरु अत्पादन गर्दै आएको नेपाल औषधि (तत्कालिन शाही औषधि) लिमिटेड अहिले दुई किसिमका उत्पादनमा सीमित भएको छ । १२० किसिमका औषधि उत्पादन गर्ने कम्पनीले अहिले डिस्टिल वाटर र ग्लिसिरिन मात्र उत्पादन गरिरहेको छ ।

बैशाख १२ मा गएको भुकम्पपछि चार महिना बन्द भएको कम्पनीसँग रहेका ७० प्रतिशत मेसिन तथा उपकरणहरु अझै पनि काम लाग्ने अवस्थामा छन् । कुनै बेला नाफामा रहेको कम्पनीलाई सरकारकै अर्को निकायले तगारो लगाएकाले सबै उत्पादन बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो ।

नियामक निकाय औषधि व्यवस्था विभागले फ्याक्ट्री सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ ल्याउन अनुज्ञापत्र नदिएका कारण उत्पादन रोकिएको कम्पनीका योजना प्रमुख दिनेश भट्टराई बताउँछन् ।

यता निजी क्षेत्रबाट सञ्चालित करिव ४५ वटा औषधि उद्योगहरु भने जम्मै नाफामा छन् । चलेका उद्योगहरुलाई आवश्यक कच्चा पदार्थ ल्याउन अप्ठेरो पनि छैन ।

नेपाल औषधि लिमिटेडलाई बन्द गर्ने अवस्थामा पुग्दा तात्कालिन उद्योग मन्त्री कर्णवहादुर थापा आफैँ सक्रिय भएर औषधि लिमिटेड सरकारले नै सञ्चालन गर्ने निर्णय गराएका थिए ।

तत्कालिन मन्त्रीपरिषदले नेपाल औषधि लिमिटेड संचालनका लागि उद्योग मन्त्रालयका उपसचिव दिपक घिमिरेको संयोजकत्वमा कुन मोडालिटिमा सञ्चालन गर्न सकिन्छ भनेर प्रतिवेदन पेश गर्न  निर्देशन दिएको थियो ।

बिज्ञ सम्मिलित यो समितिले विश्व स्वास्थ्य संगठनको मापदण्डमा आधारित गुड म्यानिफ्याक्चरिङ प्राक्टिस (जिएमपि) मा आधारित भएर सञ्चालन गर्न सकिने प्रतिवेदन दियो ।

जिएमपि विश्व स्वास्थ्य संगठनले मान्यता दिएको बस्तु उत्पादन गर्ने मापदण्ड हो । यसले गुणस्तरीय मापदण्ड अनुसार  उत्पादन र नियन्त्रण छ कि छैन भन्ने कुराको सुनिश्चितता गर्दछ ।

समितिको प्रतिवेदनले संस्थानको व्ययभार कम गर्न आधा कर्मचारी घटाउने र सानो आकारमा अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको प्रयोग गरेर औषधि उत्पादन गर्न सकिने निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनको सुझाव अनुसार गत असार महिनामा एक सय पचास कर्मचारिलाई स्वेच्छिक अवकास मार्फत हटाएको थियो ।

नेपाल औषधि लिमिटेडले अहिलेको अवस्थामा उत्पादन सुचारु गर्न अर्थ मन्त्रालयसँग सञ्चालन गर्नका लागि १४ करोड ५६ लाख रुपैयाँ माग गरेको छ । यो रकम उपलब्ध भयो भने ट्यावलेट, क्याप्सुल, लिक्वीड मेडिसिन र जीवनजल उत्पादन गर्ने लक्ष रहेको जनाइएको छ ।

‘बजेट निकासा भएको १२ महिना भित्र उत्पादन सुरु गरिसक्ने गरी हामीले कार्ययोजना बनाएका छौँ ।’ नेपाल औषधि लिमिटेडका कामु महाप्रवन्धक रमेशकुमार महतोले भने ‘पहिलो तीन महिनामा चार करोडको उत्पादन गर्ने र १२ महिनामा ८४ करोडको औषधि उत्पादन गर्नेछौँ ।’

Bizmandu/ प्रकाशित मिति १५ माघ २०७२/१०:४१

वि.सं.२०७२ माघ १५ शुक्रवार १०:४७ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...