काठमाण्डौं । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले आफ्नो मन्त्रालयले नेपाललाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने योजना ल्याएको बताएकी छन्।
नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ पेसागत विभागले शनिवार संयुक्त रूपमा आयोजना गरेको पेसाकर्मी महिलाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मानवीले भारतले लगाएको नाकाबन्दीबाट पाठ सिक्दै खास गरी नेपाली महिला आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन्।
महिला सङ्घ पेसागत विभागका संयोजक शिला क्षेत्रीले मुलुकका विभिन्न स्थानमा महिलामाथि भइरहेका हत्या, हिंसा, बलात्कार लगायत महिलामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गरिनुपर्ने बताइन्। अधिवक्ता विष्णुमाया भुुसाल र नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष पुण्यप्रसाद ढकालले अधिकारका लागि महिला नै सक्रिय बन्नुपर्नेमा जोड दिए। रासस
माघ १६, २०७२/ ४.००
वि.सं.२०७२ माघ १७ आइतवार १२:०६ मा प्रकाशित