back
NMB ad

रानीपोखरी पुनःनिर्माणका लागि १२ करोडको विनियोजन

Kumari bank ad

काठमाडौं भाइटीकाका दिन एकदिन मात्रै सर्वसाधारणका लागि खुला राखिने रानीपोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण आउँदो तिहारसम्ममा सम्पन्न गरिने भएको छ ।

गत वैशाखमा गएको विकाशकारी भूकम्पबाट बालगोपालेश्वर मन्दिर पूर्ण क्षति भएको थियो । झन्डै ३५० वर्षपछि काठमाडौं महानगरपालिकाले सो मन्दिरसँगै रानीपोखरीको पुनःनिर्माण गर्न लागेको छ ।

महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका लागि बोलपत्रसमेत आह्वान गरिसकेको छ । पुनःनिर्माणका लागि १२ करोडको बजेट विनियोजन गरिएको छ ।

भूकम्पपछिको पुनःनिर्माण महाअभियान सुरु गरिएको ऐतिहासिकस्थल रानीपोखरीमा पुनःनिर्माण कार्य आगामी वैशाखदेखि सुरु गर्न लागिएको छ । निर्माण कार्य सुरु भएको छ महिनामा सम्पूर्ण काम सक्ने महानगरपालिकाको योजना छ ।

पुनःनिर्माणपछि यस मन्दिरको मुहार फेरिने विश्वास महानगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीले व्यक्त गरे ।

माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुगेर पुनःनिर्माण अभियानको थालनी गरेकी थिइन् ।

प्रकाशित–अन्नपुर्ण पोष्ट २०१६ माघ १७

वि.सं.२०७२ माघ १७ आइतवार १६:४६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...