back
NMB ad

ब्यापार बढाउन वाणिज्य मन्त्रालयद्वारा सय दिनको कार्यक्रम

Kumari bank ad

काठमाडौं । वाणिज्य मन्त्रालयले राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यापारका कार्यलाई छिटो र छरितो रूपमा अगाडि बढाउन आगामी सय दिनमा गरिने कार्यक्रम सार्वजनिक गरेको छ ।

मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी वाणिज्य मन्त्री दीपक बोहोराले नीति तथा रणनीति तर्जुमा र कार्यान्वयन, निर्यात प्रवद्र्धन, व्यापार मेला र वस्तु तथा सेवाको विकाससम्बन्धी नयाँ कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा मन्त्री बोहोराले वाणिज्य नीति २०७२ को कार्यान्वयन योजना बनाई कार्यान्वयन गर्ने, नेपाल व्यापार एकीकरण रणनीतिको अध्यावधिक गरी मन्त्रिपरिषद्मा लगेर स्वीकृत गर्ने र निर्यात सम्भाव्य मुख्य वस्तुको निर्यात रणनीति तयार गरी लागू गर्ने बताए ।

कफी, चिया, अलैँची र अदुवालाई विशेष निर्यातजन्य वस्तुका रूपमा लिई प्रवद्र्धन गर्ने र तेस्रो मुलकमा दिइँदै आएको प्रोत्साहन तथा नगद अनुदानलाई प्रभावकारी बनाउन उद्योग मन्त्रालय र उद्योग विभागसँग समन्वय गरेर कार्यान्वयनमा ल्याउने कार्ययोजना रहेको पनि कार्यक्रममा जानकारी दिइएकोछ ।

त्यस्तै कार्यक्रममा निर्यात हुने वस्तुको गुणस्तर परीक्षणका लागि विभिन्न स्थानमा प्रयोगशालाको स्थापना गर्ने, चाँदनी दोधारामा सुक्खा बन्दरगाह निर्माणका लागि प्रारम्भिक अध्ययन थाल्ने र रसुवाको टिमुरेमा निर्माण हुन लागेको बन्दरगाहका लागि जग्गा प्राप्ति पनि १ सय दिनको कार्यक्रम भित्र राखिएको छ ।

माघ २०, २०७२/ १२.००

वि.सं.२०७२ माघ २० बुधवार १४:१९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...