back
NMB ad

मधेशी मोर्चाद्वारा नाकाबन्दी फिर्ता लिने तयारी

Kumari bank ad

काठमाण्डौं । सरकार र प्रतिपक्षी नेपाली कांग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सोमबार भएको छलफलपछि ब्युँताइएको कार्यदलस्तरमा सीमांकनका विषयमा केही लिखित सहमति हुने र त्यसपछि मोर्चाभित्र पनि समयावधी तोकेर आमहड्ताल र नाकाबन्दी फिर्ता लिने तयारी सुरु भएको छ ।

मोर्चाका शीर्ष नेतृत्वतहमा पनि नाकाबन्दी खोल्ने विषयमै अझै एकमत भइनसकेपनि आन्दोलनको स्वरुप परिवर्तन गर्ने विषयमा भने सबै नेताहरू एकमत भएका छन् । नाकाबन्दी समयावधी तोकेर फिर्ता लिएपनि आन्दोलनलाई भने कुनै न कुनै रुपमा जारी नै राख्ने तयारी गरिएको छ ।

‘केही समय विराम लिएर समयावधी तोकी आमहड्ताल र नाकाबन्दी फिर्ता लिने समबन्धमा मोर्चाको शीर्ष तहमा छलफल भईरहेको छ,’ मोर्चाका एक नेताले कान्तिपुरलाई भने, ‘तोकिएको समयावधी भित्र पनि हाम्रो माग सुनुवाई नभए उक्त अवधीमा शक्ति संचय गरि फेरी नाका केन्द्रित आन्दोलनलाई उचाल्नेछौं ।’ ती नेताका अनुसार लामो समयदेखी रोकिएको सरकार र मोर्चाबीचको छलफल सोमबार अचानक हुनु प्राविधिक रुपमा त्यसकै तयारी स्वरुप भएको हो । माघ २२–२३ गतेभित्र कार्यदलस्तरमा सहमति जुटाउने प्रयत्न सफल भए एक हप्ता भित्रै राजधानीमा हुने मोर्चाको बैठकले आन्दोलनको स्वरुप कारे निर्णय लिनेछ ।

वीरगन्जमा रहेका फोरम अध्यक्ष यादवका अनुसार पनि मोर्चाको आगामि बैठकपछि मात्रै के गर्ने भन्ने ठोस निर्णय बाहिर आउँछ । ‘म अहिले भविष्यवाणी गर्दिन । गरें भने मोर्चाका अरु नेतालाई दुख हुन सक्छ । जे हुन्छ त्यसका लागि मोर्चाको आगामी बैठकसम्म पर्खिनै पर्ने हुन्छ,’ उनले भने ।

कार्यदलस्तरमा सीमांकनका विषयमा हुने सहमति तोकिएको समयावधी भित्र पुरा नभए शक्ति संचय गरेर एउटा नाका वीरगन्ज मात्रै नभइ सबै नाका ठप्प पार्ने बारे समेत मोर्चा भित्र छलफल भइरहेको छ । त्यसो गर्दा हालै विहार भ्रमणबाट बटुलिएको बिहारी नेताहरुको आश्वासनलाई समेत प्रयोग गर्दे भारतीय जनताको सहयोग पनि सीमा क्षेत्रमा लिन सकिने अनुमान केही नेताले गरेका छन् ।

‘एक हप्ता भित्र नाटकिय ढंगमा केही नयाँ कुरा हुन्छ,’ मोर्चाको सचिवालयस्तरका एक नेताले भने, ‘अहिलेको अवस्थाले मोर्चाको दोश्रो तह नेतामा पनि अन्यौलता बढाएको छ । जे भइरहेको छ शीर्षस्तरमै भइरहेको छ ।’

मोर्चाका तीनै नेता उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्रराय यादव आन्दोलनको समर्थनका लागि बिहारी नेता भेट्न पटनामा रहँदा महन्थ ठाकुरसहित अन्य पार्टीका दोश्रो तहका नेताहरु सोमबार सरकार र प्रतिपक्षी कांग्रेससहितको छलफलमा सहभागी भएर आँफैले औचित्य सकिएको घोषणा गरेको कार्यदललाई पुन ब्युँताउने निर्णय गरेका थिए । अचानक त्यो बैठक गराउनु र कार्यदललाई सक्रिय बनाउनुमा भारतीयपक्षको पनि हात रहेको स्रोतको दाबी छ ।

लामो आन्दोलनका कारण मधेसकै जनता बढी पीडित भईरहेको, तस्करीको मालसामान काठमाडौं सम्म पुगेकाले नाकाबन्दी र आमहड्तालको प्रभाव काठमाडौंमा पर्न नसकेको लगायतका कारणले मोर्चाका नेताहरूले समयावधी तोकेर आन्दोलन फिर्ता लिने तर त्यसअघि कार्यदलस्तरमा सीमांकनका विषयमा एउटा सहमति गर्ने सोचाई बनाएका छन् ।

नाकाबन्दीकै विषयमा भने मोर्चाका नेताबीच अझै मत बाझिएको छ । मोर्चास्रोतका अनुसार फोरम अध्यक्ष यादव र तमलोपा अध्यक्ष ठाकुर वीरगन्ज नाकालाई बार्गेनिङ प्वाइन्टको रुपमा राखेर अन्य नाका आँफै सहज रहेकाले नाकाबन्दी खोल्न नहुने बताइरहेका छन् भने महतो सबै नाका खुल्ला भइसकेको अवस्थामा वीरगन्ज मात्रै किन बन्द गर्ने भन्दै त्यो पनि खोल्नुपर्ने पक्षमा छन् ।

ब्युँताइएको दलिय कार्यदल मार्फत सीमांकनका विषयमा एउटा ठोस सहमति बन्ने तयारी भइरहेको र त्यसलाई लिखित रुपमा सहमति गर्न सरकार र मोर्चा दुवै पक्ष तयार हुन लबिङ भइरहेको छ । सहर र राजमार्ग केन्द्रित आन्दोलनमात्रै गर्दा मानविय क्षति मात्र भएको, मधेसका जनता बढी पीडित भएको लगायतका समस्याका कारण मधेसी मोर्चाका नेताहरू आन्दोलनको स्वरुप परिवर्तन गर्ने पक्षमा पुगेका हुन् ।

आमहड्ताल र नाकाबन्दी फिर्ता लिनेबारे विराटनगरमा रहेका सद्भावना अध्यक्ष राजेन्द्र महतोले तत्काल वीरगन्ज नाका पनि खोल्नुपर्ने बताएका छन् । मोर्चाका नेताहरू महन्थ ठाकुर र उपेन्द्र यादवले नाकाबन्दी जारी रहने बताइरहेका बेला सद्भावना अध्यक्ष महतोले वीरगन्ज नाका पनि खोल्नुपर्ने बताएका हुन ।

प्रकाशित: कान्तिपुर दैनिक, माघ २१, २०७२/ ११.००

वि.सं.२०७२ माघ २१ बिहीवार ११:५१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...