back
NMB ad

धनुषामा दुई काँग्रेस कार्यकर्ता माथी गोली प्रहार, एकको मृत्यु अर्का गम्भीर

Kumari bank ad

काठमाडौँ । क्षेत्रीय अधिवेशनमा खटिएका नेपाली काँग्रेसका दुई कार्यकर्ताको गोली हानी हत्या भएको छ । धनुषाको गणेशनाथ चारमान नगरपालिका २ मा नेपाली कांग्रेस क्षेत्रिय अधिवेशनका बुथ प्रतिनिधि ३५ वर्षीय नसिम रायलाई गोली प्रहार भएको छ । उनलाई अज्ञात समूहले गोली प्रहार गरेको हो ।

उनलाई उपचारको लागि जनकपुर अस्पतालमा राखिएको छ । अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारको लागि काठमाडौं लगिंदै छ ।

जनकपुर अस्पताल पुगेका कांग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले लोकतान्त्रिक गणतन्त्र संस्थागत भएका केही पक्षलाई चित्त नबुझेकाले उनीहरुले कांग्रेस महाधिवेशन लक्षित गरी हिंसा मच्चाउने प्रयास गरेको टिप्पणी गरे ।

गएराति धनुषाकै पूर्वी क्षेत्र बालाबाखरमा शुक्रबार राति कांग्रेस नेता राजेन्द्रप्रसाद यादवको  भएको थियो । यादवको पनि अज्ञात समूहले धनुषाको बालाबाखर–४ मा गोली हानेर हत्या गरेको बताइएको छ ।

यादव कांग्रेस बालाबाखरका  इकाइ समितिका पूर्व सभापति समेत थिए । बिहेभोजमा सहभागी भएर घर फर्कदै गर्दा बालाबाखर–४ मा अज्ञात समूहले ५० वर्षीय यादवलाई गएराति साढे ९ बजेतिर गोली हानी हत्या गरेको धनुषाका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले जानकारी दिए। यादवको पेट, छाती र घाँटीमा गोली लागेको छ।
यादव आफ्नी भान्जीको बिहे सकेर घर फर्कदै गर्दा दुई–चार जनाको समूहमा आएका अज्ञात समूहको टोलीले गोली हानी हत्या गरेको पोखरेलले बताए।  पोखरेलका अनुसार यादवको शव बिहे भोजबाटै फर्कदै गरेका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्याको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२३ माघ २०७२ / १०:५०:१९

वि.सं.२०७२ माघ २३ शनिवार १०:५० मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...