back
NMB ad

पुशपतिका भट्टलाई विशेष भत्ता : हवाई टिकट र ४० हजार, छोराछोरीलाई १० हजार छात्रवृत्ति

Kumari bank ad

काठमाण्डौं । पशुपतिनाथ मन्दिरका मूल भट्ट र सहायक भट्टले वर्षको एक पटक घर जान आउन हवाई टिकटसहित ४० हजार रुपैयाँ पाउने भएका छन् ।

पशुपति क्षेत्र विकास कोषले भारतको बैंग्लोर घर भएका मुल भट्ट र सहायक भट्टलाई जाने आउने टिकटसहित ४० हजार भत्ता दिने भएको हो । पशुपति क्षेत्र विकास कोषको आइतबारको बैठकले वार्षिक एक पटक घर जाने मूल भट्ट र सहायक भट्टका लागि यो व्यवस्था गर्ने निर्णय गरेको कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बताए। पशुपतिनाथ मन्दिरका मूल भट्ट एक र चार सहायक भट्ट गरी पाँच भट्टलाई हवाई टिकट र घर जान र आउन लागि टिकटसहित वार्षिक ४० हजार दिने बैठकले निर्णय गरेको हो ।

यसअघि प्रति भट्ट वार्षिक ४० हजार रुपैयाँ आवतजावतका लागि दिइने गरेकोमा कोषले यसपटकबाट टिकट दिन लागेको हो। भट्टहरुले आफ्नो घर टाढा भएकाले हवाई टिकटको सुविधा पाउनुपर्ने माग गर्दै आएका थिए।

मूल भट्ट र सहायक भट्टका छोराछोरीलाई अध्ययनका लागि कोषले मासिक १० हजार छात्रवृत्तिस्वरुप प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ। यो छात्रवृत्ति स्कूल वा क्याम्पसको खातामा छोराछोरी २२ वर्षको हुँदासम्म मात्र उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

माघ २५, २०७२, ८.००

वि.सं.२०७२ माघ २५ सोमवार १०:३७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...