back
NMB ad

एसएलसीको प्रश्नपत्र छाप्न थालियो

Kumari bank ad

भक्तपुर । आगामी चैत १८ गतेदेखि सुरु हुने यस वर्षको एसएलसी परीक्षाकोे तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा नियन्त्रक खगेन्द्र नेपालले परीक्षालाई आवश्यक पर्ने उत्तर पुस्तिका एवम् अन्य सामग्री जिल्लामा पठाई सकिएको बताए।

उनका अनुसार यस वर्ष एसएलसी परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएका छन् र ती केन्द्रलाई आवश्यक पर्ने प्रश्नपत्र बाहेकका सबै सामग्री जिल्लामा पुर्या‍इएका छन्।

कार्यालयले जनक शिक्षा सामग्री केन्द्र सानोठिमीस्थित सुरक्षित प्रेसमा एसएलसीको प्रश्नपत्रको छपाइसमेत सुरु गरेको छ। यस वर्ष परीक्षा दिने करिब ६ लाख १५ हजार विद्यार्थीका लागि आवश्यक पर्ने प्रश्नपत्र छपाइ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा भइरहेको छ। यस वर्षको प्रश्नपत्रमा पूर्णाङ्क र समय मात्रै उल्लेख हुने भएको छ।

एसएलसीको नतिजा ग्रेडिङ सिस्टममा सार्वजनिक हुने भएकाले उत्तीर्णाङ्क उल्लेख नगरी प्रश्नपत्र छपाइ भएको कार्यालयले जनाएको छ। रासस

माद्द २८, २०७२, १.४५

वि.सं.२०७२ माघ २८ बिहीवार १३:४२ मा प्रकाशित

You can share this post!

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:५७

काठमाडौं ।  व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया...

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४७

काठमाडौँ, ४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय...

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४२

काठमाडौँ, ४ वैशाखः संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम...

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:२९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको...

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...