back
NMB ad

जिका भाइरसबाट भेनेजुएलामा तीनको मृत्यु, सयौँ सङ्क्रमित

Kumari bank ad

जिका भाइरसको सङ्क्रमणबाट भेनेजुएलामा कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । जिका भाइरसको सङ्क्रमणबाट ती व्यक्तिको निधन भएको प्रमाणित भएको भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले जानकारी दिएका हुन् ।

लामखुट्टेको टोकाईबाट हुने सङ्क्रमणजन्य यस रोगबाट मृत्यु भएको भेनेजुएलामा यो पहिलो घटना हो । दक्षिण अमेरिकी देश भेनेजुएलामा यसअघिदेखि यस सङ्क्रमण देखिएको हो । यस सङ्क्रमणबाट त्यहाँ हालसम्ममा कम्तीमा पनि ३१९ जना व्यक्ति सङ्क्रमित भएका बताइएको छ ।
राष्ट्रिय टेलिभिजन प्रशारणमार्फत सम्बोधन गर्दै राष्ट्रपति मदुरोले सो जानकारी दिनुभएको हो । उनले भने – देशव्यापी रुपमा यसको प्रभाव देखिएको छ र दुर्भाग्यबस आजसम्ममा तीनजनाको ज्यान गएको छ ।

उनले ६८ जना विरामीलाई उनीहरुको गम्भीरताका कारण सघन उपचार कक्षमा राखेर नै उपचार सुरु गरिएको पनि जानकारी दिए । विभिन्न देशले औषधि तथा उपचार प्रविधि सहयोग गरिरहेकोमा धन्यवाद दिँदै उनले सबै विरामीको राम्रो उपचारका लागि आवश्यक मात्रामा औषधि र प्रविधि उपलब्ध रहेको जानकारी दिए ।

दक्षिण अमेरिकी देशले पछिल्लो समयमा जिका भाइरसका विरुद्धमा सङ्घर्ष गरिरहेको समाचार आइरहेका बेला भेनेजुएलाका राष्ट्रपतिको यो भनाई आएको छ । यो सङ्क्रमणबाट सबैभन्दा धेरै सङ्क्रमितहरु ब्राजिलमा रहेका छन् । ब्राजिलमा कम्तीमा पनि १५ लाख नागरिक प्रभावित भएका छन् ।

सन् २०१५ को सुरुवातदेखि नै यस सङ्क्रमणको असर सुरु भएको हो । सो असरबाट दक्षिण अमेरिकी देशहरु बढी प्रभावित भएका छन् । यस सङ्क्रणको असरका कारण विश्व स्वास्थ्य संगठनले यसलाई विश्वमा नै एक खतरनाक महामारीको सूचीमा राखेको छ ।
२०७२ माघ २९

वि.सं.२०७२ माघ २९ शुक्रवार १६:२६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...