back
NMB ad

सानेपास्थित कवाडी गोदममा आगलागि, एक करोड बढीको क्षति

Kumari bank ad

काठमाडौं । टेकुको कालोपुलस्थित बल्खुजाने बाटोमा रहेको सगमाथा इन्जिनियरिङ कलेज अगाडी रहेको भरत अधिकारीको एसआर सप्लायर्स नामको कागजको कार्टुनको कवाडी गोदाम बिहान ६ बजे एक्कासी लागेको आगो नियन्त्रणमा आएको छ ।

आगलागिबाट गोदम पूर्णरुपमा जलेको छ भने गोदाममा पार्किङ गरि राखिएका दुईवटा गाडी पनि जलेका छन् । यस्तै बन्डलि कुनै प्रकारको मानविय क्षति भने भएको छैन ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सुशील यादवका अनुसार आगलागिबाट करिब एकरडेढ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । ‘बा१३च ६५०४ नम्बरको मारुती कार र बा६च १५४४ नम्बरको टाटा मोबाइलमा पनि आगो लागेको छ,’ उनले भने, ‘बन्डलिङ गर्ने मेसिन पनि जलेको छ ।’

महानगरिय प्रहरी प्रभाग सानेपाका प्रहरी निरिक्षक हरी ओलीका अनुसार आगो निभाउन काठमाडौं, ललितपुर र भक्तपुरका दमकल घटनास्थल पुगेका थिए । ‘कार्टुनको गोदाममा आगो लागेकोले नियन्त्रणमा लिन धेरै समय लाग्यो,’ उनले भने, ‘कुनै मानविय क्षति भने भएन ।’

निरिक्षक ओलीका अनुसार के कारणले आगो लागेको हो भन्ने यकिन भइसकेको छैन । ‘बिहान ४ बजेसम्म कामदारहरुले काम गरेर सुत्न गएको र ६ बजेतिर आगो लागेको देखेको बताएका छन्,’ उनले भने ।

प्रकाशित/ २०७२ फाल्गुन १

वि.सं.२०७२ फागुन १ शनिवार ११:०८ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...