back
NMB ad

गैंडा चितवनमा जन्मिएर भारतमा चर्न जाँदैमा इन्डिएन राइनोसर हुन्छ ?

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शमौ ओलीले एक सिङे गैंडालाई गैंडाकै रुपमा चिनाउनु पर्ने बताएका छन् ।

आइतबार बालुवाटारमा आयोजित राष्ट्रिय पर्यटन परिषदको पहिलो बैठकमा सम्बोधन गर्दै एक सिङे गैंडा नेपालमा मात्र पाइने भएकाले यसको अरु कुनै नाम हुन नसक्ने बताए । ओलीले एक सिङे गैंडा नेपालको पहिचान हो, दुई सिङे अफ्रिकाको भएहो उनले भने युरोप र अमेरिका जहाँ गैंडा पाइन्न त्याहींकाले बायोलोजिकल साइटिफिक भनेर राइनो, राइनोसर नाम राखिदिएका छन् । गैंडालाई नेपाली नाम नै काफी छ अरु नामले चिनाइनु आवश्यक नभएको उनले तर्क गरे ।

ओलीले एक प्रसंग कोट्याउँदै गैंडालाई इण्डियन राइनो भनेर लेखिएको एक पोष्टरमा आफुले प्रतिवाद गरेको बताउँदै जन्मिएको छ चितवनमा कहाँबाट इण्डियन राइनो भयो ? भारतमा चर्न जाँदैमा उसको पहिचान अर्को हुन नसक्ने ओलीको दावी थियो । हात्ती माथि चढेर गैंडा हेर्न पाइने अवसर, त्यो पनि चिडिया खानामा हैन खुला जंगलमा नेपालमा पाइन्छ ओलीले भने ।

बैठकमा पर्यटन सचिव कुमार राइले मन्त्रालयको कार्यक्षेत्र, पर्यटन नीति, राष्ट्रिय पर्यटन परिषदको संरचना, तत्कालिन सुधारको कार्यदिशा, नेपालको पर्यटनको वर्तमान अवस्था र तत्कालिन चुनौतिहरु विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

paryatan parisad photo 2

कार्यपत्र माथि छलफल गर्दै टानका अध्यक्ष एवं परिषदका नव नियुक्त सदस्य चन्द्रप्रसाद रिजालले पर्यटन व्यवसायीलाई व्यवसायी कार्ड उपलव्ध गराइनु पर्ने, भूकम्प र नाकाबन्दिकैबीचमा पनि २० करोड भन्दा बढी लगानी गर्ने व्यवसायीलाई प्रोत्साहन स्वरुप आयकरमा ७० प्रतिशतसम्म छुट दिइनु पर्ने, कोलारा नाका खुला गर्नु पर्ने बताए । रिजालले हुदहुद लगायत हिमपहिरोका कारण दुर्घटनामा पर्नेलाई तक्काल उद्वार गर्न नसक्दा अन्तराष्ट्रियस्तरमा नकारात्मक सन्देश गएको भन्दै छिटो र सुरक्षित रेस्क्युमा ध्यान दिन आवश्यक रहेको बताए ।

नाट्टाका अध्यक्ष एवं नवनियुक्त सदस्य मधुसुदन आचार्यले नेपाल वायुसेवा निगमसंग पर्याप्त जहाज नहुँदा पर्यटन प्रवद्र्धनमा उल्लेखनीय काम हुन नसकेको भन्दै अवको दिनमा निगमसंग कम्तिमा १० वटा जहाज हुनु पर्ने बताए । छलफलमा भाग लिने क्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दिपकराज जोशीले वि.सं. २०७३ लाई आन्तरिक पर्यटन वर्ष र सन् २०१७ लाई पर्यटन प्रवद्र्धन वर्ष घोषणा गरेर जानु पर्ने सुझाव दिए ।

परिषदका उपाध्यक्ष पर्यटन मन्त्री आनन्द पोखरेलले स्वागत गरेको बैठकमा उपप्रधाान एवं रक्षा मन्त्री भीम रावल, उपप्रधान एवं उर्जा मन्त्री टोपबहादुर रायमाझी, अर्थ मन्त्री विष्णु पौडेल, गृह मन्त्री शक्ती बस्नेत लगायत मन्त्रीहरु र नव नियुक्त सदस्यहरुको उपस्थिति थियो ।

०२ फागुन २०७२ / ५:१३

वि.सं.२०७२ फागुन २ आइतवार १७:२३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...