back
NMB ad

डा. भक्तमानलाई भ्रष्टाचार मुद्दा

Kumari bank ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा.भक्तमान श्रेष्ठले पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले पदको दुरुपयोग गरी एक करोड ६७ लाख ५७ हजार १ सय १३ रुपैया सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेकको भन्दै मुद्दा दायर गरेको हो। श्रेष्ठले अस्पतालमा सेवा प्रवेश गरेदेखि नै सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैर–कानूनी रुपबाट सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ विपरितको काम गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

श्रेष्ठसँग उनले आर्जन गरेको सम्पत्ति विगो कायम गरी असुल हुनुपर्ने अख्तियारको आरोप पत्रमा उल्लेख छ । अपहरणमा परी ठूलो रकम फिरौती बुझाएर मुक्त भएको चर्चामा आएका श्रेष्ठलाई अख्तियारले आइतबार अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको हो।

क्यान्सर अस्पताल चितवनमका प्रमुख डाक्टर श्रेष्ठले अस्पतालवाट अवैध सम्पत्ति आर्जन गरेको दाबी गरिएको छ । श्रेष्ठलाई ऐनको दफा २० को उपदफा बमोजिम जरिवाना र कैद सजाय हुन साथै स्रोत पुष्टि हुन नसकेको सम्पत्ति जफत हुनुपर्ने अख्तियारको आरोप पत्रमा उल्लेख छ । अख्तियारले अवैध सम्पत्ति आर्जन गरी लुकाउने काममा संलग्न रहेको भन्दै श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई समेत प्रतिवादी कायम गरेको छ ।

नागरिक/३ फागुन २०७२

वि.सं.२०७२ फागुन ३ सोमवार ०७:१६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...