साग महिला फुटबल फाइनल नेपाल पराजित

काठमाडौं । बाह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागअन्तर्गत महिला फुटबलमा नेपाली टोली रजत पदकमै चित्त बुझाउन बाध्य भएको छ ।

भारतको गुवाहिटीमा सोमबार भएको फाइनलमा ४–० गोलको फराकिलो अन्तरले पराजित हुँदै नेपाल रजत पदकमा सिमित भएको हो ।

समूह चरणमा भारतलाई १–१ को बराबरीमा रोकेका नेपाली महिला खेलाडी फाइनलमा भने भारतसँग स्तब्ध बने । पहिलो हाफमा १ गोल गरेको भारतले दोस्रो हाफमा ३ गोल थपेको थियो ।

प्रकाशित: फाल्गुन ३, २०७२

२०७२ फागुुण ३ गते १८:२७ मा प्रकाशित

You can share this post!

अदुवाले बजार पाउन सकेन

नेपाल–भारतबीच विद्युत खरिद गर्ने सम्झौता

Related posts