back
NMB ad

यी हुन् तेल र ग्यास बेचेर अर्वपति भएकी मोडेल

Kumari bank ad

काठमाडौं । कुनैबेला मोडलिङमा चर्चित एउटी एकल महिला हाल विश्वकै धनाढ्य बनेकी छन् ।

पहिले आफ्नै पेसाबाट नाम र दाम कमाएकी तिनले श्रीमान्को निधनपछि पनि त्यसलाई निरन्तरता दिएकी छन् । पहिले एउटा मात्रै पेसा थियो उनको । पछि विवाहपछि अर्को पेसाप्रति उनी आकर्षित भइन् । अझ श्रीमान्को निधनपछि उनको काँधमा आएको जिम्मेवारी तेल र ग्यास कम्पनी सञ्चालन ‘वेल म्यानेज’ का साथ निर्वाह गर्दै आएकी छन् । ती क्रियाशील र साहसी महिला हुन्, हाल बेलायतको लन्डनमा बसोबास गर्ने (क्यारी) वङ । हाल उनी क्यारी पेर्रोडोले परिचित छिन् । फोब्र्स अखबारका अनुसार क्यारी पेर्रोडो र परिवार कुल सम्पत्ति ६ दशमलव ८ अर्ब अमेरिकी डलरसहित अर्बपतिको सूचीमा १४९ औं स्थानमा रहेको छ ।

हाल बेलायतको लन्डनमा बसोबास गर्ने उनको सम्पत्तिको स्रोतचाहिँ मोडलिङ र श्रीमान्ले खोलेको तेल कम्पनीको आम्दानी नै प्रमुख हो । फ्रान्समा धनाढ्यहरूको सूचीमा भने उनी १० औं स्थानमा रहेकी छन् । सन् २०१४ मा भने उनको नाम १२२ औं स्थानमा रहेको फोब्र्सले जनाएको छ । सिंगापुरकी नागरिक क्यारी एउटी टप मोडल पनि हुन् । सन् १९७० को दशकको शुरुमा फ्रान्सेली उद्यमी ह्युबर्ट पेर्रोडोसँग पहिलो पटक भेटेकी थिइन् ।

तेल र ग्यासको व्यापारबारे जानकारी हासिल गर्ने उद्देश्यले विश्वका अन्य मुलुकको भ्रमणमा क्रममा ह्युबर्टसँग क्यारीको देखादेख भएको थियो । पेसा नै मोडलिङ भएपछि उनको सुन्दरताप्रति मन्त्रमुग्ध नहुने कुरै थिएन । ह्युबर्टले उनीसँगको भेटलाई लामो समयसम्म ग्याप राख्न चाहेनन्, क्यारीसँग प्रणयसूत्रमा बाँधिए । त्यसपछि दुवैले आआफ्नो व्यापारमा थप क्रियाशीलता बढाए । विवाह लगतै क्यारीले आफ्नै संस्था ‘क्यारिज मोडेल्स’ सञ्चालन गरिन् भने ह्यबर्टले पहिलो व्यापार सुरु गरे । त्यस्ताका ह्युबर्टले पेर्रोडोले ‘पेरेन्को’ नामक कम्पनी खोलेका थिए । उक्त कम्पनी विश्वकै सबैभन्दा ठूलो तेल कम्पनीहरूमध्येको एक बन्न पुग्यो ।

ग्याबोन, पेरु र भियतनाम लगायतका स्थानमा खोलिएका उनको कम्पनीको वार्षिक राजस्व ५ अर्ब अमेरिकी डलरभन्दा माथि थियो । परिवारको आम्दानी बढेपछि ह्यबर्ट र क्यारीले ‘लक्जरियस’ जीवन बिताउन थाले । ह्युबर्ट पोलो खेलमा रुचि राख्थे र वाइन खान मन पराउँथे । दुवैले दुस्ख–सुख सटासाट गर्थे । तर त्यही बीच एउटा दुस्खद् घटना हुन पुग्यो ।

सन् २००६ मा ह्युबर्टको निधन भयो, जब उनी अल्पसमा हाइकिङमा थिए । त्यसपछि क्यारीको जीवनमा अर्को संघर्षको सुरुवात भयो । ह्युबर्टको निधनपछि उनको सम्पत्ति कस्को भयो भन्नेबारे अझै पनि अस्पष्ट छ । तर, क्यारी र तीन सन्तान (फ्रान्सकोइस, न्याथाली र बेट्र्राड) लाई ह्युबर्टले जिउँदै छँदा ‘पेरेन्को’ कम्पनीको सबै सम्पत्ति नामसारी गरेको विश्वास धेरैको छ ।

फ्रान्सकोइस अहिले ‘पेरेन्को’ का अध्यक्ष छन् र उनी कार रेसमा रुचि राख्छन् । न्याथाली विदेशमा वाइनमा लगानी गरेका छन् । फ्रान्सेली नागरिकहरूद्वारा उनको परिवार लन्डनबाहिर आफ्नो लगानी बढाएका छन् । क्यारीले दुई वर्षअघि मात्रै ‘क्यारिज मोडेल्स’ बेचिन् । तर, उक्त संस्था हालसम्म पनि सञ्चालनमै रहेको छ ।

सन् २०१४ मा पहिलो पटक कम्तीमा १० अर्ब अमेरिकी डलरसहित क्यारी र उनको परिवार विश्वकै अर्बपतिको सूचीमा दर्ज भयो । यसअघि उनको परिवार फ्रान्सेली मिडियामा २ दशमलव ८ अर्ब युरोसहित धनाढ्यको सूचीमा परिसकेको थियो । क्यारी पेर्रोडोबारे एउटा रोचक प्रसंग पनि मिडियहरूमा बेला बेलामा सार्वजनिक हुने गरेको छ ।

त्यो हो, उनी आफ्नो उमेरबारे सार्वजनिक गर्न रुचाउँदिनन् । तर, पनि उनी हाल ६६ वर्षकी भएको विश्वास धेरैको छ । नामुद तेल व्यापारी ह्युबर्टकी विधवा क्यारी अहिले पनि आफूलाई एउटी सुन्दर र आकर्षक मोडेलकै रूपमा आफूलाई प्रस्तुत गर्न रुचाउँछिन् । उनका तस्बिरहरूले त्यसको पुष्टि पनि गर्छन् । उनी आफ्ना पतिको नाममा पेर्रोडो पोलो ट्रफीमा सक्रिय भूमिमा खेल्दै आएकी छन् भने फेसन पार्टीहरूमा आकर्षक र मनमोहक शृंगार गरेर उपस्थित हुने गरकी छन् । केही वर्षअघि मात्रै चिनियाँ भाषाको एउटा साइटमा सन् १९७० को दशममा क्यारीले गरेको मोडलिङका तस्बिरहरू सार्वजनिक भएको थियो । तिनै तस्बिरहरू मिडियाहरूमा प्रकाशित हुने गरेको बताइन्छ ।

जहाँसम्म ‘पेरेन्को’ कम्पनीको कुरो छ, त्यसको ‘ग्ल्यामरस’ अझै कायम छ । ग्याबोन, नाइजेरिया र इजिप्टलगायत स्थानमा यो कम्पनीले आफ्नो बचस्र्प ह्युबर्टको निधनपछि पनि जारी राखेको छ । यसको श्रेय क्यारीलाई नै जान्छ । हाल उक्त कम्पनीले प्रतिदिन कम्तीमा १ लाख ७५ हजार ब्यारेल तेल ९र त्यत्ति नै परिणामको ग्यास० उत्पादन गर्दै अन्तर्राष्ट्रिय तेल व्यापारमा आफ्नो दबदबा यथावत् राखेको छ । कम्पनीमा हाल पेर्रोडो परिवारको शत प्रतिशत कब्जा रहेको बताइएको छ । सन् २०१० मा कम्पनीको राजस्व ३ दशमलव ५ अर्ब अमेरिकी डलर रहेकामा त्यसको दुई वर्षपछि सन् २०१२ मा ५ दशमलव ९ राजस्व पुगेको थियो । त्यो अझै पनि वृद्धिकै क्रममा रहेको छ ।

सन् २०१२ मा कम्पनीको पुँजी खर्च बजेट १ दशमलव २ अर्ब अमेरिकी डलर रहेको थियो । त्यही वर्ष एक जना भियतनामी सञ्चालक कोनोको फिलिप्सले १ दशमलव २९ अर्ब अमेरिकी डलरमा भियतनाममा रहेको तेल कम्पनीको शाखा खरिद गरेका थिए । ४ सय मिलियन अमेरिकी डलरमा बीपीबाट नजिकै रहेको उत्तरी सागर क्षेत्रलाई अधिग्रहण गरी त्यसलाई विस्तार गरेको थियो ।

यसअघि यो तेल क्षेत्र पेट्रोब्रासबाट कोलम्बियामा विस्तार गरिसकिएको थियो । यसैगरी पेरेन्कोले पेरुको एउटा आदिवासीहरूको सघन बसोबास रहेको क्षेत्रमा तेल उत्पादन सुरु गरेर बजारको विस्तार गर्‍यो । तर, त्यहाँ एउटा हेलिकप्टर दुर्घटना हुँदा १२ जना ठेकेदार र एकजना कर्मचारीको दुस्खद निधन हुन पुग्यो । यसले क्यारी मर्माहत बन्न पुगेकी थिइन् । उनी अत्तालिएकी थिइन् । हाल मानिन्, हरेश पनि खाइनन् ।

आफ्नो असिम उत्साह, लगन र परिश्रमले उनले तेल र ग्यासको व्यापारलाई निरन्तरता दिइन् । फलस्वरूप यो व्यापार आजसम्म पनि फस्टाएकै छ । त्यसैले त उनी यो वर्षको विश्वकै धनाढ्य २० महिलाहरूमा १५ औं स्थानमा आफूलाई पुर्‍याउन सफल भएकी छन् । भनिन्छ, एकल महिलाले प्रगति गर्न धेरै गाह्रो हुन्छ , तर क्यारीले विभिन्न आरोह–अवरोहलाई चिर्दै सफलताको शिखरमा आफूलाई पुर्‍याएकै छिन् ।एजेन्सि 

३ फागुन २०७२

वि.सं.२०७२ फागुन ३ सोमवार १९:२७ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...