back
NMB ad

नेपालले किन्यो भारतसँग प्रति युनिट ७ रुपैयाँमा बिजुली

Kumari bank ad

काठमाण्डौं । भारतसँग गरेको सम्झौता अनुसार मुज्जफुर–ढल्केवर प्रसारण लाईन मार्फत् नेपालले भारतसँग प्रति युनिट ७ रुपैयाँमा ८० मेगावाट बिजुली किन्ने भएकोछ । यसरी किनिएको बिजुली भोलिदेखि उपलब्ध हुनेछ ।

दुईदेशबीच भएको व्यापार सम्झौता अनुसार प्रति युनिट भारु ३.४४ अर्थात साढे पाँच रुपैयाँ रहेको छ। त्यसमा प्रसारण लाइन शुल्क प्रति युनिट १.५३ रुपैयाँ जोड्दा बिजुली प्रति युनिट ७ रुपैयाँ पर्ने भएको हो।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र भारत सरकारले तोकेको नोडल एजेन्सी एटिपिसी विद्युत व्यापार निगमका महाप्रबन्धक एके मग्गुले हिजो विद्युत किन्ने संझौतामा हस्ताक्षर गरेका छन् । दुई पक्षबीच भएको सम्झौताअनुसार नेपालले आउँदो असारसम्म यही बाटोबाट ८० मेगावाट बिजुली ल्याउने छ ।

धनुषाको ढल्केबरस्थित प्रसारण लाइनबाट नेपालको राष्ट्रिय प्रसारण लाइनमा यो बिजुली जोडिने छ। भारतबाट बिजुली थपिएपछि प्राधिकरणले दुई घण्टासम्म लोडसेडिङ कम हुने अनुमान गरेको छ।

४ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन ४ मंगलवार ११:२३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...