back
NMB ad

प्रधानमन्त्रीको उद्घोष : धरहरा म बनाउँछु

Kumari bank ad

केपी शर्मा ओली

हामी सबैलाई थाहा भएकै कुरो हो बैशाख १२ गते देखि हालसम्म पटक पटक भुकम्पका झड्काहरु गए । बैशाख १२, १३, र २९ गते ठुला–ठुला भुकम्प गए । भुकम्पका झड्काले ठुलो नोक्सान ग¥यो । त्यसबीचमा र त्यसपछि आएका विभिन्न पराकम्पहरुले नेपालको जनजिवनलाई मात्र होईन मानसिकतालाई नै एउटा आतंकित र दुखित बनायो । अत्यन्तै दुःखको घडी र अत्यन्तै विनासको क्षण रह्यो त्यो । हामीले धेरै आफन्तहरु गुमायौं, धेरै गौरव गर्ने ऐतिहासिक धरोहरहरु, ऐतिहासिक संरचनाहरु सबै गुमायौं ।

हाम्रो धरहरा पनि ढल्यो । हामी अत्यन्त दुखित् भयौँ । हामीलाई बाहिरतिर सबैबाट उद्धारका सहयोगहरु मिल्यो । उद्धारका क्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, कर्मचारी, विभिन्न संघ संस्था, सबैतिरबाट आ–आफ्नो ठाउँबाट साथ र सहयोग मिल्यो । यसको लागि मैले धेरै पटक योगदानको प्रसंसा गरिसकेको छु धन्यवाद भनिसकेको छु ।

धरहरा ढल्यो तर नेपालीहरुको आत्म विश्वास, नेपालीहरुको इतिहास, गौरब यी कुरा ढलेका होइनन् । हाम्रो राष्ट्र निर्माणको संकल्प पनि ढलेका होइन । यसै सन्दर्भमा हामीले राष्ट्रिय पुनर्निर्माण सम्वन्धि भूकम्पबाट प्रभावित क्षेत्रहरु, बिग्रिएका क्षेत्रहरु, भत्किएका घरहरु, सरकारी कार्यलयहरु सबैको पुनः निर्माण हुनुपर्छ भनेर पुनर्निर्माण ऐन बनायौं । पुनर्निर्माण प्रधिकरण बनायौं र एउटा राष्ट्रिय अभियान १९९० सालमा विनाशकारी भूकम्प जुन माघ २ गते गएको थियो, यसपालि माघ २ गतबाटै सम्मानिय राष्ट्रपति ज्यूबाट पुनर्निर्माण अभियानको थालनी ग¥यौ । माघ २ गते नै राष्ट्रपति ज्यू ले रानिपोखरिबाट पुनः निर्माणको थालनी गरिसक्नुभएको छ । अभियानको थालनी त्यसै दिन शान्ति वाटिकाबाट सुरु गरिसकेका छौँ । बस्ति निर्माणको अभ्यासको थालनी त्यसै दिन खोकनाबाट हामीले अगाडी बढाईसकेका छौँ ।

Dharahara punarnirman rastriya sankalpa

त्यस अन्तर्गत एउटा अर्को थप अभियानको रुपमा ऐतिहासिक धरोहर पुनर्निर्माणको सन्दर्भमा अलि फरक ढंगबाट अघि बढाउन लागेका छौँ । हाम्रा धरोहरहरु हाम्रा इतिहासका, हाम्रा गौरवका, कला, संस्कृतिका, हाम्रा आस्था र विश्वासका अनेकन पक्षहरुलाई प्रतिनिधित्व गर्ने संरचनाहरु धराशायी भए क्षत्विच्छेद भए । तिनिहरुलाई हामीले पुनर्निर्माण गर्नुछ । त्यसका निम्ति हामीले एउटा छुट्टै अभियान पनि थालनी गरेका छौं ।

आज हामी यस ठाउँमा हाम्रा ऐतिहासिक धरोहरहरुको पुनर्निर्माणको प्रसंगलाई लिएर विशेषतः यहाँ भेला भएका हौँ । आज हामी एउटा नयाँ संकल्प गर्दैछौं । कतिपय कुराहरुमा हाम्रा विदेशी मित्रहरुले पुनर्निर्माण गर्न सहयोग गर्ने वचन दिनुभएको छ । तर कतिपय कुराहरु हामीले अरुबाट निर्माण गरिनु हुँदैन, हामी आफुले निर्माण गर्नुपर्ने हुन्छ । अरुका सहयोग हामी अरु नै ठाउँमा खर्च गर्छौ जस्तो –ः हाम्रा अदालत भए, खासखास ठाउँहरु, अस्पताल हामीले आफ्नै खर्चमा तयार गछौैँ । आफ्नै सम्पदा, आफ्नै सम्पति, आफ्नै निर्माण, आफ्नै विधी त्यो अनुशार हामी जान्छौ ।

मलाई लाग्छ नेपालका सम्पुर्ण दाजुभाई दिदी बहिनीहरुमा सबै पेशा, व्यवसायी, उद्यमी, कर्मचारी वा हरेक पेसा व्यसायीहरुमा उक्त कुराको अपनत्व बोध हुन्छ । धरहरा कस्ले बनायो भन्दा मैले बनाएँ भन्ने हुन्छ । म तपाईहरुलाई आग्रह गर्न चाहन्छु । ऐतिहासिक धरोहर पुनर्निर्माण गर्ने संकल्प हामी गर्दै छौं । यस्ता संकल्पहरु हामी अगाडी बढाउनेछौं । र अव बन्ने धरहरामा यस पल्टको भूकम्पमा दिवंगत हुनु भएका सम्पूर्णको नाम स्मारकको रुपमा धरहरामा खाख्नेछौं ।

त्यसैगरि आज हाम्रो धरहरा भुकम्पले भत्किएको छ र धरहराको पुनः निर्माण गर्नुछ । त्यस प्रसंगमा म सम्पुर्ण नेपालीहरुलाई भन्न चाहन्छु, नेपाल भित्र बसेका जुन सुकै भाषा बोल्ने, जुन सुकै धर्म मान्ने, जुन सुकै ठाउँमा बस्ने, जुनसुकै पेशा र व्यवसाय अँगालेका भए पनि देश भित्र बसेका वा देश बाहिर पुगेका दाजु–भाई, दिदी–बहिनी जहाँ जहाँ भए पनि सबै हामी मिलेर सरकारी खर्चमा होईन, हामी आफ्नै खर्चमा, नेपाली जनाताको खर्चमा धरहरा निर्माण गर्नुपर्छ भन्ने अठोट गरौं भन्न मैले यहाँ आमन्त्रण गरेको हुँ ।

आज एउटा संकल्प हामीले गर्नु परेको छ । धरहरा सरकारी कार्यलय भवन होईन, यो काठमाडौँको पहिचान हो, नेपालीपन हो, नेपालको पहिचान हो, नेपाली जनताको गौरव हो, नेपालको इतिहास हो । यस भित्र नेपालीपन झल्किएको छ । सबै नेपाली जनताले गौरव गर्ने गरी अब यस धरहरालाई आधुनिक समयमा उस्तै देखिने गरी देखिँदा उस्तै हुन्छ ।

पहिला २५० फिट १९९० मा ढलेपछि २०३ फिटमा झा¥यो । अब त्यो भन्दा अग्लो । अग्लो भन्दा डराउनु पर्दैन । किनकी आजको विज्ञान प्रविधिको प्रयोग गरेर अझ अग्लो बनाईने छ अझ फराकिलो बनाईने छ, देख्दा उस्तै दुरुस्तै तर बलियो आधुनिक धरहरा बनाईने छ । हामीहरुको गौरव हजारौं बर्षसम्म कालान्तरसम्म रहने गरी निर्माण गरिनेछ ।

यसको निम्ति हामी नेपालीहरुले संकल्प गर्नु आवश्यक छ । मलाई लाग्छ नेपालका सम्पुर्ण दाजुभाई दिदी बहिनीहरुमा सबै पेशा, व्यवसायी, उद्यमी, कर्मचारी वा हरेक पेसा व्यसायीहरुमा उक्त कुराको अपनत्व बोध हुन्छ । धरहरा कस्ले बनायो भन्दा मैले बनाएँ भन्ने हुन्छ । म तपाईहरुलाई आग्रह गर्न चाहन्छु । ऐतिहासिक धरोहर पुनर्निर्माण गर्ने संकल्प हामी गर्दै छौं । यस्ता संकल्पहरु हामी अगाडी बढाउनेछौं । र अव बन्ने धरहरामा यस पल्टको भूकम्पमा दिवंगत हुनु भएका सम्पूर्णको नाम स्मारकको रुपमा धरहरामा खाख्नेछौं । एउटा प्रतिकको रुपमा हुनेछ ।

अहिले तत्काल म बनाउँछु धरहरा कार्यक्रमको बैंक खाता मेरो एक महिनाको तनाखाबाट सुरु गर्न म आग्रह गर्न चाहन्छु । पुनर्निर्माण प्राधिकरणका कर्मचारीहरुले भोली खाता खोल्नुस । खाता खोल्दा मेरो एक महिनाको तनाखा दाखिल गरेर आर्थिक संकलन सुरु गर्नुस ।

यो धरहरा बैशाख १२–२९ श्राद्ध दिवस भन्नुस वा स्मृति दिवस भन्नुस (स्मृति दिवस) को रुपमा मनाइने प्रचलन पनि सुरु गरिनेछ । दिवंगत सबैलाइ स्मरण गर्ने छौं । त्यस प्रकारको कार्यक्रमहरु राखेर जानेछौं । यसको बनावट अलि फरक ढंगले भन्नाले यहाँ गाडी राख्ने ठाउँ छैन, त्यसका मुनी तीन तल्ला पार्किङको लागी छुट्यार माथि विशाल धरहरा निर्माण हुनेछ । यो धरहरा कस्ले बनाउँछ ? म तपाईलाई सोध्न चाहन्छु । म भन्छु हरेक नेपालीले बनाउँछ । एक–एक नेपालीले बनाउँछन् । धरहरा मैले बनाउँछु भन्ने नाराका साथ आर्थिक संकलन अभियान चलाइनेछ । त्यसका निम्त छुट्टै खाता खोल्छौं र त्यसबाट धरहरा निर्माण हुन्छ । तपाईहरु सहमत हुनुहुन्छ धरहरा म बनाउँछु भन्ने नारामा ? (दर्शक दिर्घाबाट आवाज आउँछ) म बनाउँछु …

त्यस कामका निम्त अहिले तत्काल म बनाउँछु धरहरा कार्यक्रमको बैंक खाता मेरो एक महिनाको तनाखाबाट सुरु गर्न म आग्रह गर्न चाहन्छु । पुनर्निर्माण प्राधिकरणका कर्मचारीहरुले भोली खाता खोल्नुस । खाता खोल्दा मेरो एक महिनाको तनाखा दाखिल गरेर आर्थिक संकलन सुरु गर्नुस । म सम्पुर्ण नेपाली दिदी बहिनी दाजुभाईहरु संसारका जुनसुकै कुनामा भएका भए पनि आग्रह गर्न चाहन्छु, हामी देश बनाउन सक्छौं । हामी देशलाई नयाँ ढंगले उठाउन सक्छौं । नयाँ तरिकाका साथ उठाउन सक्छौं । त्यस हिसावले धरहराको पुनर्निर्माण अगाडी बढाउनका निम्ति आग्रह गर्दछु । मैले विश्वास लिएको छु । सरकार त यसमा आगि पर्ने नै छ । सम्पुर्ण राजनीतिक दलहरु अन्य संघ संस्थाहरु व्यापारिक घरानाहरु अथवा विभिन्न पेशा व्यवसायका सबै दाजुभाई दिदी बहिनीहरुले यसरी रकम संकलन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

धरहरा तुरुन्त बन्छ । सायद त्यस रकमले हामी अरु धरोहरहरुको पनि निर्माण गर्न सक्दछौं । अहिले मैले केही कुराहरु भनें । त्यही आकारको तर त्यो भन्दा ठुलो र बलियो धरहरा निर्माण हुन्छ । अरु कामहरु हामी गर्छौं । सबै दिवंगतहरुको नामराख्ने स्मारकको रुपमा समेत रहने गरि प्रबन्ध गरिने, बैशाख १२–२९ मा यसको स्मृति गर्न सरकारले कुनै दिन तोक्ने छ । त्यस दिन दिवंगतहरुको स्मरण गर्ने र श्रद्धा सुमन अर्पर्ण गर्ने दिनको रुपमा समर्पण गर्न सक्छौं । यि सन्दर्भ लिएर हामी अगाडी बढ्नेछौं । अरु सोच र दृष्टिकोणहरु नेपाली जनताले मिसाउन सक्नेछन् । ति दृष्टिकोणहरु उपयुक्त भए सामेल गरेर अगाडी बढाइनेछ । यही आग्रहका साथ सबैलाई धरहरा म बनाउँछु भन्ने अभियानमा लाग्न अनुरोध साथ धन्यवाद भन्न चाहन्छु ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरोहर पुनर्निर्माण राष्ट्रिय संकल्प कार्यक्रममा ब्यक्त गरेको बिचारको सम्पादित अंश ।

४ फागुन २०७२ / ८:१५

वि.सं.२०७२ फागुन ४ मंगलवार २०:४९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...