back
NMB ad

नायिका मौसमी मल्लले बेच्न थालिन चितवनमा कृषि औजार

Kumari bank ad

चितवन । नायिका मौसमी मल्लले चितवनको गैंडाकोटमा एग्री इन्पुट्स प्रालि संचालन गरेर कृषि औजार ब्यापार सुरु गरेकी छिन  ।

गैंडाकोट भृकुटी चोकमा कुनै चलचित्रको सुटिङ झैं तामझामका साथ भेला भएका ब्यबसायी, चलचित्र कर्मीको उपस्थितिमा श्रेष्ठ एग्री इन्पुटस् प्रालिको उद्घाटन कार्यक्रम गरिन । एग्री इन्पुटस प्रालिको बुधबार कार्यक्रमका प्रमुख अतिथि जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मौसमीसहित ‘समय’ चलचित्रका नायक बिक्की मल्ल पनि थिए ।

नायिका मौसमीले एग्री इन्पुटस् रहेका कृषि औजारहरुको बारेमा जानकारी गराइन् । उनले आफ्नो प्रालिमा धान काट्ने, गोड्ने, रोप्ने, मकै रोप्ने, गोड्ने, ड्याङ बनाउनेजस्ता उपकरण पाइने बताइन् ।

नेपाली युवाहरु रोजगारीको लागि वदेशिक यात्रामा रहेपछि गाउँमा काम गर्ने मानिसको अभाव रहेका कारण यस्तो उपकरणले खेती गर्न अत्यन्त सहज हुने मल्लले जानकारी दिइन् । नेपालको कृषि प्रणाली अझै पनि पुरानै शैलीमा रहेको छ । यस्ता उपकरणको मद्दतबाट छोटो समयमा धेरै काम गर्न सकिने उनको भनाइ थियो । ‘म खास चितवनमा होटल गर्न भनेर आएको थिएँ । तर अहिले जनशक्तिको अभाव र उपकरणको बारेमा कृषकलाई बुझाउन यो सानो प्रयास गरेकि हुँ’ उनले भनिन्, ‘जसले कृषकहरुमा सकारात्मक सोचको विकासको लागि मैले थालनी गरेकी हुँ ।’

प्रमुख अतिथि घिमिरेले कृषकलाई लाभदायी हुने यो प्रणालीलाई उपयोग गर्न सकेमा अत्यन्तै लाभदायी हुने बताए । सस्तो सुलभ मूल्यमा पाइने यस्ता उपकरणले मानिसलाई थोरै समयमा धेरै फाइदा पुग्ने हुनाले हरेक जिल्लाका कृषि विकास कार्यालयहरुले कृषकहरुलाई उपकरण प्रयोगको लागि परामर्श दिनुपर्ने घिमिरेको भनाइ थियो ।

६ फागुन २०७२ / ११:१९

वि.सं.२०७२ फागुन ६ बिहीवार ११:२५ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...