back
NMB ad

निर्माणाधीन परियोजना सम्पन्न गर्न सेना परिचालनको माग

Kumari bank ad

काठमाण्डौं । १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित सरकारले ऊर्जा संकट निवारण अवधारणापत्र स्वीकृत गरेको छ । अवधारणापत्रमा निर्माणधीन आयोजना सम्पन्न गर्न आवश्यक परेमा सेना परिचालनसम्मको प्रस्ताव गरिएकोछ ।

यसका साथै, अवधारणापत्रमा बैंक तथा वित्तीय क्षेत्रबाट जलविद्युत क्षेत्रमा लगानी वृद्धि गर्ने र बन्द हड्ताल भए प्रवर्द्धकले खर्च व्यहोर्ने गरी सरकारले सेना वा सशस्त्र प्रहरी परिचालन गर्ने योजना पनि अगाडि सारिएको छ।

अवधारणापत्रअनुसार बहुप्रतीक्षित बुढीगण्डकी जलविद्युत आयोजना र नलसिङगाढ जलविद्युत आयोजना बनाउन सरकारले छुट्टै दुई कम्पनी बनाउने भएको छ ।

यस्तै विद्युत् सम्बन्धी आयोजनामा अन्तर निकाय समन्वय अभावका कारण छिटो काम हुन नसकेकाले आयोजनाहरुको अध्ययन तथा निर्माणको चरणमा देखिने बाधा व्यवधानहरु हटाउन प्रधानमन्त्रीको अध्यक्षतामा ऊर्जा मन्त्री, वन मन्त्री, गृह मन्त्री, अर्थ मन्त्री र वातावरण मन्त्री सदस्य तथा ऊर्जा सचिव सदस्य सचिव रहने गरी विद्युत् ऊर्जा सङ्कट निवारण आयोग गठन गर्ने प्रस्ताव पनि गरिएको छ।

६ फागुन २०७२, ३.३०

वि.सं.२०७२ फागुन ६ बिहीवार १५:५६ मा प्रकाशित

You can share this post!

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...