back
NMB ad

एजेन्डाविहीन एजेन्डा लिएर प्रधानमन्त्री ओली आजदेखि भारत भ्रमणमा

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्धको ‘भत्किएको जगु पुनर्निर्माण नै आफ्नो भ्रमणको मुख्य चाहना रहेको बताएका छन् । छदिने दिल्लीयात्राको पूर्वसन्ध्यामा बिहीबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले भने, सम्बन्ध सुमधुर पार्नु र त्यसको भत्किएको जग पुनर्निर्माण गर्नु नै मुख्य उद्देश्य हो यो यात्राको ।

उनले थपे, ‘डोकोभरि केही लिएर आउने चाहना आफ्नो छैन तर मित्रता, सहअस्तित्वको आकांक्षाका साथ हामी जाँदैछौं र त्यस्तै मित्रवत् व्यवहारको अपेक्षा त्यताबाट पनि राख्दछौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ४६ सदस्यीय टोलीका साथ शुक्रबार अपराह्न नयाँदिल्ली प्रस्थान गर्ने तयारीमा रहेका ओलीले भने, ‘दूरगामी महत्त्वका विषयमा सहमति र सम्झौता गर्न खोजिरहेका छैनौं । भ्रमणबाट नोक्सान हुँदैन, दुवै मुलुकलाई लाभ हुन्छ । सबभन्दा ठूलो लाभ मित्रता प्राप्त गर्नु हुनेछ ।
प्रधानमन्त्री ओलीले नेपाल र भारतका बीचमा ‘पेन्डिङु मा रहेका विषयहरू सबै समाधान गरिहाल्ने बेला अहिले नभएको उल्लेख गर्दै ती विषयहरू समाधान गर्ने अनुकूल वातावरण भ्रमणका क्रममा सिर्जना गर्ने बताए ।

आफूले राजनीतिक दलका नेताहरू र नेपाली कूटनीतिज्ञसँग छलफल गरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले भने, ‘भ्रमणमा विवादास्पद काम गर्दैनौं । राष्ट्रलाई अहित हुने कुनै काम पनि गर्दैनौं । एजेन्डाविहीन भ्रमण भनी सोधिएको प्रश्नको जबाफमा प्रधानमन्त्री ओलीले भने, ‘एजेन्डाबिनाको भ्रमण सायद गह्रुँगो हो । एजेन्डाको भारी बोक्ने होइन, त्योभन्दा माथिको भ्रमण हो ।

तर भ्रमणको पूर्वसन्ध्यामा गठबन्धन सरकारभित्र स्पष्ट रूपमा केही असहजता र मनोमालिन्यका संकेत देखापरे । प्रधानमन्त्री कार्यालयमा संयुक्त रूपमा पत्रकारहरूसमक्ष उपस्थित हुने अपेक्षा गरिए पनि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा अन्तिम समयमा आएनन् । सरकारभन्दा भ्रमण व्यवस्थापनमा एमाले बढी हाबी भएकाले दुईबीच तिक्तता बढेको हो यद्यपि थापा प्रधानमन्त्रीसँग भारत जाँदैछन् ।

प्रधानमन्त्री ओलीले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय हितबारे छलफल गर्ने र भारतीय राष्ट्रपति प्रणव मुखर्जी र विभिन्न राजनीतिक दलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

‘नेपाल र भारतबीचको पुरानो ऐतिहासिक मित्रतापूर्ण सम्बन्धमा केही असमझदारीले दिग्भ्रमित गराउने अवस्था थियो । यो भ्रमणको लक्ष्य हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई पुरानो मित्रतामा फर्काउने र त्यसलाई मजबुत बनाउने, पारस्परिक सम्बन्ध र सम्मानलाई उचाइमा पुर्‌याउनु हुनेछु, प्रधानमन्त्री ओलीले भने, ‘हामीले धेरै महत्त्व दिएको भ्रमण हो । छिमेकी भारतले पनि महत्त्व दिएको छ । भारतले हाम्रो भ्रमणलाई सम्मानित दर्जा दिएको छ । यो भ्रमणबाट हामीले केही अपेक्षा गरेका छौं । त्यो धेरै ठूलो अपेक्षा मित्रतापूर्ण सम्बन्ध, व्यवहारमा हो । हाम्रा तर्फबाट पनि भारतलाई त्यही कुरा दिन सक्छौं । भारतबाट पनि हामीले त्यही अपेक्षा गरेका छौं ।

ओलीले थपे, ‘म कूटनीतिमा भन्दा इमानमा, मित्रतामा बढी विश्वास गर्छु । परिष्कृत भाषामा होइन, स्तरीय व्यवहारमा विश्वास राख्छु ।
भारतीय व्यापारिक समुदायसँगको छलफलमा आफूले नेपाल लगानीका लागि सुरक्षित, सहज र लाभदायक रहेको प्रस्ट्याउने प्रधानमन्त्री ओलीले बताए ।

‘भारतीय लगानीकर्ता ढुक्क हुन सकून् । नेपालमा लगानी गर्न सजिलो, लाभदायक र सुरक्षित छ भन्ने प्रस्ट्याउँछौुं, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो आन्तरिक नीतिको सारतत्त्व जनतालाई केन्द्रमा राखेर सञ्चालित छ भने बाह्य नीति राष्ट्रियतालाई केन्द्रमा राखेर सञ्चालित छ ।

भारतमा ओलीमाथि चिनियाँ कार्ड खेलेको अवधारणा देखापरेकामा ओलीले आफ्नै पारामा जबाफ दिए पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई तथा भारत दुवैप्रति कटाक्ष गर्दै, ‘म जुवाडे होइन र तासमा विश्वास राख्दिनँ । म कुनै तास कसैविरुद्ध प्रयोग गर्नेमा विश्वास राख्दिनँ । बाबुरामले प्रधानमन्त्रीका रूपमा भारतयात्राका क्रममा बिप्पा सम्झौता गरेर आफूले जुवा खेलेको बताएका थिए ।

संविधानसभाबाट जारी भएको संविधान संशोधनपछि भारतले सकारात्मक मात्रै भनेको र त्यसलाई स्वागत नगरेको प्रसंगमा प्रधानमन्त्री ओलीले भने, ‘त्यो संविधानबाट निर्वाचित प्रधानमन्त्रीलाई राजकीय सम्मान दिएपछि संविधानलाई मान्यता दिएको वा नदिएको भन्ने सोध्नुपर्छ र रुु भारतबाट अझै पनि तेल र ग्यास पर्याप्त रूपमा नआएको विषयमा सोधिएको प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘काँडो बिझेर निकालेपछि पनि केही समय दुख्छ । त्यस्तै हो ।

नेपाल र भारतका बीचमा रहेका असमझदारी र त्यसले पारेका असरहरू सम्पूर्ण रूपमा समाप्त हुने बिन्दुमा पुगेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओली फागुन १२ गते स्वदेश फर्कने कार्यक्रम छ

प्रकाशित: फाल्गुन ७, २०७२

वि.सं.२०७२ फागुन ७ शुक्रवार १२:४२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...