back
NMB ad

तारा गाउँको जग्गा फिर्ता गराएर राष्ट्रिय संग्राहलय बनाउँछु : पर्यटन मन्त्री

Kumari bank ad

काठमाडौं । पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले गलत निर्णयका कारण तारा गाउँ विकास समितिको झण्डै १५० रोपनी गुमेको जग्गा फिर्ता गराउने बताए ।

शुक्रबार साँझ ह्यात होटेलमै आयोजित टान ल्होसारको अवसरमा मन्त्री पोखरेलले अघिका समितले असमान ढंगले गरेको सम्झौताले गुमेको जग्गा फिर्ता गर्ने पक्षमा आफु रहेकाले सबैको सहयोगको अपेक्षा गरे । यो जमिनको सम्झौता खारेज गरेर यही ठाउँमा राष्ट्रिय पर्यटन संग्राहलय बनाउनु पर्छ । यसका लागि सबैले सहयोग गर्नुस मन्त्री पोखरेलले भने । तारा गाउँ विकास सरकार मातहतको तारा गाउँ विकास समितिको १५० रोपनी जग्गा होटेल ह्यात रिजेन्सिले निजी बनाएको छ ।

१२७ जात जाती र १२३ भाषा भाषीहरुको बसोबास भएको यस मुलुकमा सबैको पहिचान झल्कने राष्ट्रिय संग्राहलय सरकारले बनाउने योजना बनाएको मन्त्री पोखरेलले अवगत गराए । सोका लागि काठमाडौंमा पर्याप्त जग्गा नभएको हुँदा तारा गाउँ विकास समितिको मातहतमा रहेको ह्यात होटेलले चर्चेको जग्गालाई उपयुक्त स्थलको रुपमा हेरेको बताए ।

IMG_0191

मन्त्री पोखरेलले भूकम्पले धेरै पुरातात्विक साँस्कृतिक धरोहरहरु भत्किन पुग्दा त्यस वखत आएका आरोहीहरु त्यत्तिकै फर्किनु परेको छ मन्त्री पोखरेलले भने म घोषणा गर्न चाहन्छु, ति आरोहीहरुको फ्रिज भएका रकमहरु नलिई पुरानै शुल्कमा आरोहण गर्न पाउने निर्णय गरिएको छ । ताईहरुका पाहुना फर्काउनुस । नेपाल सरकारले म्याद थप गरिदिएको छ भन्दै आगामी दुई वर्ष समयावधि थप गरेको जानकारी दिए ।

मन्त्री पोखरेलले नेपालका पर्यटनको सबैभन्दा महत्वपुर्ण दुई वटा दर्शन र संस्कृति भएको बताउँदै मन्त्री पोखरेलले मुलुको पर्यटन प्रवद्र्धका लागि हिन्दु र बौद्ध दर्शनलाई विकास र प्रवद्र्धन गर्न सके लाखौं पर्यटक नेपालमा आउने विश्वास व्यक्त गरे ।

यो वर्ष प्रधानमन्त्रीको अध्यक्षतामा बुद्ध जयन्ती समारोह मनाउनका उच्चस्तरीय समिति बनाएको बताउँदै मन्त्री पोखरेलले आगामी मे २१ मा अन्तराष्ट्रिय बुद्ध जयन्ति मनाउन लागेको बताए । मे १९ र २० मा अन्तर्राष्ट्रिय पिस कन्फ्रेन्स मनाउन लुम्विनी नेपाल द वर्थ प्लेस अफ बुद्ध फाउण्टेन, बुद्ध वाज बर्न इन लुम्विनी नाराका साथ नेपालमा अन्तर्राष्ट्रि बुद्ध जयन्ति मनाउन लागिएको बताए ।

TAAN Lhosar
पशुपतिलाई सर्किट बनाएर विश्वभरीका हिन्दुहरुलाई आमन्त्रण गर्ने कुरा पनि पशुपति विकास कोष मार्फत काम अगाडी बढाएको मन्त्री पोखरेलले जानकारी दिए ।

कार्यक्रमका विशेष अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेले नेपालको पर्यटन व्यवसाय विनाशकारी भूकम्प र नचाहँदा नचाहँदै पनि व्यहोर्नु परेको अघोषित नाकाबन्दीको मारमा रहेका बताए । पोखरेलले भने जसको कारले हाम्रो पर्यटन व्यवसाय मात्र हैन सिंगो नेपालको अर्थतन्त्र धरासायि भयो । भूकम्पको कारणले आठ खर्व नोक्सान पुगेको थियो भने नाकाबन्दिले १५ खर्व आर्थिक क्षेति व्यहोर्नु परेको मन्त्री पोखरेलले बताए ।

ल्होसार पर्वको मध्यमबाट संसारभरीका राष्ट्रहरुलाई प्राकृतिक विपद र नाकाबन्दीकाबीच पनि नेपाल सुरक्षित छ भन्ने सन्देश दिन सकिएकोमा खुसी व्यक्त गरे । नेपाल सुरक्षित छ, प्राकृतिक प्रकोपहरु आउँछन्, जान्छन्, यी मानविय नियन्त्रण भन्दा बाहिरका कुरा भए । यो आज नेपालमा आएको प्रकोप भोली अरु कुनै ठाउँमा आउन सक्छ । नेपाल भू परिवेष्ठित मुलुक भएकाले भूकम्प तथा पहिराहरु आउने गर्छ । नदी, सागरको किनारमा भएका मुलुकहरुमा आँधी हुरी चल्न सक्छ । प्राकृतिक प्रकोपहरुलाई नेपाली मनले जितिसके । आज पर्यटन व्यवसायहरु विकसित हुँदै गएका छन्, संगठिन हुँदै गएका छन् । नेपालका केही संरचनाहरु भत्किएका पनि धेरै सम्पदाहरु सुरक्षित छ ।

IMG_0196

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न देशका राजदुत र पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो । ह्यात रिजेन्सिमा सम्पन्न कार्यक्रममा टानका अध्यक्ष चन्द्रप्रसाद रिजालको अध्यक्षतामा टान ल्होसार कार्यक्रम शुक्रबार साँझ गरिएको थियो । कार्यक्रममा टानका वरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पा र सदस्य सरिता लामा स्वागत गरेका थिए भने प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङ र महासचिव कर्ण लामाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा ख्याती प्राप्त कलाकारको साथमा तामाङ, गुरुङ र शेर्पा समुदायको साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

IMG_0199

IMG_0193

IMG_0112

८ फागुन २०७२

वि.सं.२०७२ फागुन ९ आइतवार ०७:५४ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...