back
NMB ad

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्री ओलीकाे आह्वान

Kumari bank ad

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक वृद्धिका लागि स्थानीय र बाह्य दुवै लगानीकर्ता चाहिने बताउँदै विदेशी लगानीका हकमा नेपालमा भारतीय लगानीकर्ताले स्वाभाविक रुपले नै बढी लाभ प्राप्त गर्ने बताएका छन् ।

भारतको ६ दिने राजकीय भ्रमणका क्रममा साेमबार नयाँ दिल्लीमा नेपाल उद्योग वाणिज्य महासङ्घ र कन्फडेरेसन अफ इन्डियन इन्डस्ट्री, भारतीय चेम्बर अफ कमर्स र असोचाम, भारतले आयोजना गरेको अन्तरकृया कार्यक्रममा प्रधानमन्त्री ओलीले दुवै देशका निजी क्षेत्र र व्यावसायिक समूहले एकार्कालाई राम्रोसँग चिनेकाले भारतीय उद्यमीका लागि नेपाली उद्यमी विश्वसनीय व्यावसायिक साझेदार हुने बताए । अाेलीले भने, “नेपाल तपाईंहरुलाई चाहन्छ र यसले धेरै कुरा दिन सक्छ ।”

केही वर्षयतादेखि नेपालले व्यापार र लगानी वातावरणमा सुधार र सहजीकरणका धेरै कदम चालेको, भन्सार महसुल घटाएको, कर प्रणालीलाई सहजीकरण गरेको र व्यापारसँग सम्बन्धित पूर्वाधारलाई केन्द्रित गरेको, निर्यात र आयातका नियम र विधिलाई उदार बनाएको र व्यापार सहजीकरणका उपायहरुलाई अवलम्बन गरेको जानकारी पनि दिए ।

उनले नेपालमा दर्ता भएका विदेशी कम्पनीले जमिन खरिद गर्न, आफ्नो स्वामित्वमा राख्न र बेच्न पाउने बताउँदै नेपाली र भारतीय लगानीकर्ताबीच कुनै विभेद नभएको स्पष्ट पारे । नेपालको कानुनले कुनै पनि निजी उद्योगलाई राष्ट्रियकरण नगर्ने सुनिश्चित गरेको पनि उनले जानकारी दिए । नेपालले मुलुकका प्रमुख व्यवसायिक केन्द्रहरुमा विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापना गर्ने योजना बनाएको बताउँदै प्रधानमन्त्री ओलीले ती क्षेत्र धेरैजसो नेपाल–भारत सिमाना नजिकै रहने उल्लेख गरे ।

नेपाल–भारतबीच दोहोर कर हटाउने सम्झौतामा हस्ताक्षर भइसकेको तथा नेपालमा श्रम लागत कम र प्रतिस्पर्धात्मक भएको बताउँदै उनले नेपाली जनता मिहिनेती र इमान्दार भएको भनी विश्वमै परिचित रहेकाे बताए ।

“नेपालका धेरै उत्पादनहरुले विकसित देशहरुमा शून्य भन्सार महसुलको फाइदा उठाइरहेको परिप्रेक्ष्यमा नेपालमा लगानी र उत्पादन गर्नु भनेको विश्वव्यापी क्षेत्रीय र द्विपक्षीय प्राथमिकताका योजनाबाट फाइदा पाउनु हो, नेपाल क्षेत्रीय एकीकरणबाट फाइदा पाउने कुरामा विश्वास राख्छ ।”  उनले भने ।

व्यवसाय र विकासका क्षेत्रमा भारत नेपालको मुख्य साझेदार हो भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ‘सबका साथ सबका विकास’ भनेर महत्वपूर्ण कुरा बताइसक्नुभएको प्रधानमन्त्री ओलीले उल्लेख गरे।  नेपालले खासगरी निर्माण, जलस्रोत, पर्यटन, सेवा, सूचना, प्रविधि, खानी र कृषिमा आधारित उद्योगका क्षेत्रमा लगानीलाई खुला गरेको बताउँदै उहाँले नेपालमा जलस्रोतको क्षेत्र अझ प्रमुख छनोट हुन सक्ने औँल्याए ।

नेपालले प्रमुख पर्यटकीय केन्द्र पोखरा र लुम्बिनीमा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागेको जानकारी उहाँले दिनुभयो । नेपाललाई सन् २०२२ तिर विकसित मुलुकका रुपमा पु¥याउन नेपालले मानव संसाधन, संस्था र पूर्वाधारहरुमा ठूलो मात्रामा लगानी चाहेको बताउँदै आन्तरिक र वैदेशिक निजी क्षेत्रलाई नेपालका स्रोतसाधनमा लगानी गर्न, वस्तु र सेवा उत्पादन गर्न तथा रोजगारी सिर्जना गर्न आह्वान गरे। वर्तमान सरकारले आफ्ना नीतिहरुमा सुधार गर्दै लगानीमा निजी क्षेत्रको उत्सुकताको अपेक्षा राखेको बताउँदै नेपालमा लगानीलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग दिन सरकार तयार भएको बताए ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले भारतको आर्थिक विकासबाट नेपालीहरु प्रभावित भएकाले नेपालको आर्थिक विकासका साझेदार बन्न र त्यसका लागि लगानी गर्न भारतीय निजी क्षेत्रलाई आग्रह गरे। कन्फडेरेसन अफ इन्डियन इन्डस्ट्रीका अध्यक्ष हर्षभद्रन नोटियाले दुई देशबीचको राजनीतिक सम्बन्ध सुधार भएकाले अब आर्थिक क्षेत्रमा सहकार्य बढ्ने बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद्, मुख्य सचिव डा सोमलाल सुवेदी, भारतीय आयुष राज्यमन्त्री पियुष दसानायके, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतीय राजदूत रणजित रायलगायतकाे सहभागिता रहेकाे थियाे ।

वि.सं.२०७२ फागुन १० सोमवार २३:०३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...