back
NMB ad

यातायात कार्यालयबाट २७ बिचौलिया पक्राउ

Kumari bank ad

काठमाडाैं । प्रहरीले नयाँ सवारी अनुमतिपत्र (लाइसेन्स) तथा नवीकरणमा बिचौलिया गर्ने २७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ पुरुष र ३ महिला छन् ।

यातायात कार्यालय एकान्तकुना र ललितपुरस्थित ताल्छीखेल कार्यालका कर्मचारीसँग मिलोमतो गरी बिचौलियाको काम गर्दै आएका गिरोहलाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए । चारपांग्रे निजी तथा सार्वजनिक सवारीको दर्ता, रुट परमिट, नवीकरण र प्रदूषण मापनको काममा बिचौलिया सबैभन्दा बढी सक्रिय रहेको उनले बताए ।

सेवाग्राहीबाट बढी रकम असुल गरेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको अधिकारीले बताए । ‘कर्मचारीसँगको मिलेमतोमा कागजात बाहिर ल्याएर काम गरको उजुरी आयो,’ उनले भने, ‘त्यसैका आधारमा पक्राउ गरेका हौं, बिचौलियाले प्रतिगाडी ७ सयदेखि १ हजार रुपैयाँसम्म लिन्छन् ।’ कर्मचारीले सानो कामका लागि पनि साताभन्दा बढी समय लगाउनेसमेत पाइएको उनले बताए । ‘दलालमार्फत काम गर्दा १ घण्टामा हुने गरेको छ,’ उनले भने, ‘सेवाग्राही सिधै कर्मचारीसँग जाँदा ढिलासुस्ती गरेको निकै गुनासो छ ।’

नयाँ लाइसेन्स लिन र नवीकरण गर्न जाने सेवाग्राहीलाई यातायात कार्यालयको प्रवेशद्वारबाटै मोलमोलाई गर्ने बिचौलियालाई पक्राउ गरिएको अधिकारीको भनाइ छ ।

‘हैरान बनाएको आरोप आयो,’ उनले भने, ‘सरकारी ढड्डासमेत बाहिर ल्याउँदा रहेछन् ।’ कागजातको अव्यवस्थित भण्डारण, ढिलासुस्ती र दलालको चलखेलका कारण सेवाग्राही अनावश्यक रकम बुझाउन बाध्य भएको प्रहरी निरीक्षक सुमित कटुवालले बताए । सेवाग्राहीले दलालमार्फत काम गरे एकै दिनमा आफैंले काम गरे एक साताभन्दा बढी लाग्ने गरेको उनले बताए ।

दुई वर्षअघि विशेष अदालतले यातायात कार्यालयमा बिचौलिया सक्रिय भएको भन्दै तत्काल निरुत्साहित गर्न सरकारका नाममा आदेश दिएको थियो । आदेश छल्दै बिचौलियाहरू कर्मचारीकै ‘ड्रेस’ लगाएर कार्यालय छिर्न थालेका थिए । ‘बिचौलियाले विभिन्न माध्यमबाट सेवाग्राहीलाई दु:ख दिने गर्छन्,’ एसएसपी अधिकारीले भने, ‘बिचौलियाको जालो निकै सक्रिय छ, निरुत्साहित गरी छाड्छौं ।’

सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउने तयारी गरेको उनले बताए । ललितपुर परिसरले दुई वर्षअघि यातायात कार्यालयमा निगरानी गरी ९ दलाललाई पक्राउ गरेर ६ जनालाई सार्वजनिक अपराधको अभियोगमा मुद्दा चलाएको थियो ।

(साभार : कान्तिपुर दैनिक)

वि.सं.२०७२ फागुन ११ मंगलवार ०९:०१ मा प्रकाशित

You can share this post!

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...