back
NMB ad

दुई न्यायाधिशद्वारा यौन दुर्व्यवहार

Kumari bank ad

महोत्तरी । महिलामाथि यौन दुर्व्यवहारको अभियोग लागेका दुई जिल्ला न्यायाधीशमाथि छानविन हुने भएको छ।

महोत्तरीका न्यायाधीश प्रकाश ढुंगाना र पूर्णप्रसाद बास्तोलाले रक्सीले मातेर एक महिलालाई हातपात गरेको घटना सार्वजनिक भएपछि उनीहरुमाथि छानविन हुन लागेको हो। कान्तिपुर दैनिकमा समाचार छ। प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनीहरुलाई सोमबार सर्वोच्चमा बोलाएका छन्।

‘घटनामाथि सार्वजनिक टिप्पणीसमेत उठिसकेपछि यसबारे छानबिन हुन लागेको हो’ सर्वोच्चको उच्च स्रोतले भन्यो ,‘समग्र न्यायसेवामै र न्यायाधीशको गरिमामै प्रश्न खडा भएकाले छानबिन र दोषी ठहरिएमा कारबाही गर्न सम्माननीयज्यूले तत्परता देखाउनु भएको हो ।’

महोत्तरीको एक होटलमा न्यायाधीशद्वयले रक्सीले मातिएका अवस्थामा एक महिलामाथि आइतबार हातपात गरेको अभियोग लागेको छ । बास्तोलाले महिलालाई पाखुरामा समातेर अभद्र भाषामा होटलको कोठामा लैजान खोजेपछि उनी चिच्याएको स्थानीय वासिन्दाले प्रहरीमा बयान गरेका छन् ।

महिला कराएपछि न्यायाधीश भाग्न खोज्दै कारमा चढेका थिए । स्थानीय बासिन्दा र पीडितका आफन्तले उनलाई पक्राउ गरी प्रहरीलाई बुझाइदिएका थिए । तर प्रहरीले पक्राउ गर्नुका बदला न्यायाधीशलाई उम्काउने काम गरेको पीडित पक्षको दाबी छ ।

११ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन ११ मंगलवार १०:३७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...