back
NMB ad

सञ्चारमन्त्रीद्वारा एक साताभित्रै सेवामा सुधार गर्न टेलिकमलाई निर्देशन

Kumari bank ad

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाल टेलिकमको मोबाइल सेवामा एक साताभित्रै सुधारको अनुभूति हुने गरी प्रविधि परिचालन गर्न टेलिकमलाई निर्देशन दिएका छन्।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यसहित उच्च अधिकारीलाई बुधबार मन्त्रालयमा उपस्थित गराएर मन्त्री राईले टेलिकमको मोबाइल सेबाप्रति जनताको गुनासो बढेकाले छिटो सेवा सुधार गर्न निर्देशन दिएका हुन्। राईले टेलिकम पदाधिकारीसँग सेवा सुधारका लागि भएका विभिन्न प्रयासका बारे जानकारी पनि लिएका थिए।

मन्त्रालयका निमित्त सचिव एकनारायण अर्यालसहितको छलफलमा राईले तत्काललाई काठमाडौं उपत्यकालाई विशेष प्राथमिकतामा राखेर एक महिनाभित्र पूर्णरुपमा गुणस्तरीय सेवा उपलब्ध गराउन निर्देशन दिँदै देशका सबै भू–भागमा थ्रीजी सेवा विस्तार गर्ने र टुजी विस्थापित गरी फोरजिमा जाने कार्यक्रमसमेत टेलिकमसँग मागेको सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार मातृका पौडेलले जानकारी दिए।

छलफलमा टेलिकमका प्रबन्ध निर्देशक आचार्यले लोडसेडिङका कारण टेलिकमका बिटिएस टावर डाउन हुने हुँदा नेटवर्कमा समस्या आउने गरेको भन्दै पर्याप्त ब्याकअपको काम भइरहेको जानकारी दिए। रासस

१२ फागुन २०७२, १२.००

वि.सं.२०७२ फागुन १२ बुधवार १२:४० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...