back
NMB ad

एनएमबी बैंक र शिखर इन्स्योरेन्समा खुल्यो जागिर

Kumari bank ad

काठमाण्डौं । क वर्गको वाणिज्य बैंक एनएमबी बैंक र शिखर इन्स्योरेन्स कम्पनीले व्यवस्थापनको डिग्री हासिल गरेकाहरुलाई लक्षित गर्दै विभिन्न पदमा जागिरको अवसर खुलाएका छन् ।

एनएमबी बैंक लिमीटेडले काठमाण्डौ, पूर्वाञ्चल र पश्चिमाञ्चल क्षेत्रका लागि विभिन्न पदमा १० वटा पदहरुमा जागिरको अवसर खुलाएको छ । डेपुटी र असिस्टेन्ट मेनेजरको तहमा रहेर काम गर्ने गरी सिनियर आरएम बिजिनेश बैंकिंगमा केही जनशक्ति माग गरेको छ । यस्तै, क्रेडिट रिस्क अफिसर र रिकभरि अफिसरका लागि समेत योग्यबाट दरखास्त आह्वान गरिएको छ ।

त्यस्तै बैंकले काठमाण्डौ उपत्यकाभित्रका शाखाहरुका लागि शाखा प्रबन्धकको पनि माग गरेकोछ । पूर्वाञ्चल र पश्चिमाञ्चलका केही शाखा कार्यालयहरुका लागि समेत ब्राञ्च म्यानेजर माग गरिएको छ । तिनै क्षेत्रका लागि जुनियर अफिसरमा रिलेशनसीप म्यानेजरको समेत माग गरेकोछ ।

सबै पदहरुमा फाइनान्स, म्यानेजमेन्ट र अकाउण्टमा कम्तीमा स्नातक गरेकोले आवेदन दिनसक्ने जनाइएको छ । सबै पदमा स्नातकोत्तर गरेकालाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ । यी सबै पदका लागि मार्च ३ भित्रमा आवेदन दिइसक्नुपर्ने छ ।

यसैगरी, बिमा कम्पनी शिखर इन्स्योरेन्सले बिमा कम्पनीको कन्सल्ट्यान्ट कम्पनी केएफएले हेल्थ इन्स्योरेन्स सेल्सको हेडमा १ जना र सोही डिपार्टमेन्टको अफिसर पदमा ५ जनाका लागि जागिरको अवसर खुलाएको हो । सेल्सको हेडमा एमबीए र अफिसर पदमा व्यवस्थापनमा स्नातकहरुले आवेदन दिन सक्ने छन् । दुवै पदमा बिमा सम्बन्धी अनुभव भएकाहरुलाई प्राथमिकतामा दिइने उल्लेख छ । आगामी मार्च १ सम्ममा दुवै पदमा आवेदन दिन सकिन्छ ।

१२ फागुन, २०७२, १.३०

वि.सं.२०७२ फागुन १२ बुधवार १४:३७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...