back
NMB ad

सिद्धार्थ ग्यासमा सिल, ३ सय २ वटा अवैध सिलिण्डर समेत जफत

Kumari bank ad

धादिङ । धादिङ स्थित सिद्धार्थ ग्यास उद्योगमा सरकारले सिलबन्दी गरेकाे छ । आपूर्ति मन्त्री गणेश मान पुनको नेतृत्वमा नापतौल विभाग, उपभोक्ता हित तथा आपूर्ति व्यवस्थापन समितिसहितको टोलीले उद्योगमा सिलबन्दी गरेकाे हाे । अनुगमन टोलीले ३ सय २ वटा अवैध ग्यास सिलिण्डर समेत जफत गरेको छ ।

उद्योगमा म्याद सकिएका ८ सय ६ वटा सिलिण्डर रङरोगन लगाएर बजार पठाउन थालिएको भेटिएपछि सिलबन्दी गरेको हो । नमूना परीक्षण गर्दा सिलिन्डरमा आधा किलो लेदो जमेको भेटिएको थियो । हाइड्रोलिक परीक्षण नगरी लेदो राखेर तौल बढाइएको र बजार पठाएको पाइएपछि सिल गरिएको जनाइएको छ ।

सिलिण्डरहरुमा लेदो बढी हुने, विष्फोट हुने र रेगुलेटर जोड्ने ठाउँबाट ग्यास लीक भई आगलागी हुने सम्भाबना बढी रहन्छ ।

त्यस्तै टोलीले सुगम ग्यास उद्योगमा पनि कैफियत फेला पारेको छ । उद्योगले बजारमा पठाउनु भन्दा पहिले  चुहावट परिक्षण  नगरेको पाइएको हाे ।  सुमन ग्यासले व्यवस्थापनमा समेत कुनै चासो नदिइएको र सिलिण्डर पनि हाइड्रोलिक नगरी बजार पठाउने गरेको टोलीले जनाएको छ ।

वि.सं.२०७२ फागुन १२ बुधवार १७:२२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...